मध्य

बसको ठक्करबाट मध्यरातमा दुईको मृत्यु

चितवन, ७ भदौ । चितवनको भरतपुरमा सोमबार मध्यरात बसको ठक्करबाट मोटरसाइकलमा यात्रारत दुई जनाको मृत्यु भएको छ ।  पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ३६ प २२६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल… विस्तृत समाचार

चितवनमा पनि सुनिए खलपात्र

चितवन ६ भदौ । कवि मुकुन्द खलपात्र शनिबार नारायणघाटस्थित नारायणी कला मन्दिरमा एकल कविता वाचनमा प्रस्तुत भए ।  उनलाई कर्मी नाट्य समूह तथा अराजक अक्षर समूहले थिएटर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यसाथ कविता वाचनका लागि दर्शकमाझ उभ्याएको हो । उनले ‘आमा’, ‘नमस्ते सर’, ‘अर्धनग्न सगरमाथा’, ‘बिकिलिक्स विहंगम’, ‘पोस्टमार्टम पृथ्वी’, ‘पशुपति कोलाज’लगायत करिब दुई दर्जन कविता सुनाए । उनको कविता सुन्न चितवनका चर्चित कविहरु प्रेमविनोद… विस्तृत समाचार

दृष्टि अनलाइनमा समाचार आएपछि...

शान्ता अधिकारी/चितवन । वैदेशिक रोजगारको सिलसिलामा कतारमा ज्यान गुमाएका भण्डाराका धनेश्वर चौधरीको परिवारले क्षतिपूर्ति रकम पाएका छन् । २०७० साल वैशाख २९ गते कतारमा सडक दुर्घटनामा परि मृत्यु भएको चौधरीको मृतकका परिवारले क्षतिपूर्ति रकम पाएका हुन् । दृष्टि साप्ताहिकले साउन ११ गतेको अंकमा ‘प्रशासनमा थन्किएको पैसा पीडितले पाएनन्’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । तीन महिना अगाडिदेखि प्रशासनमा थन्किएको पैसा समाचार मार्फत गाउँलेले थाहा पाएपछि… विस्तृत समाचार

राजनीतिको चेपुवामा बछ्यौली रेडक्रस

शान्ता अधिकारी, १८ साउन/चितवन । विश्वभर मानवीय सेवाका लागि ख्याती कमाएको रेडक्रसलाई राजनीतिक र व्यक्तिगत स्वार्थमा केन्द्रित गर्दा कस्तो अवस्थामा पुग्दोरहेछ भन्ने उदाहरण बनेको छ, पूर्वी चितवनमा रहेको रेडक्रस बछ्यौली उपशाखा । रेडक्रस उपशाखाको भवन विवादका कारण अहिलेसम्म खुल्न सकेको छैन । भवनमा झ्यालका सिसा फुटेका छन् भने भित्र फोहोर धुलोको थुप्रिएको छ । शाखा सभापति राममणि खनालले मनपर्दी ढंगले रेडक्रस सञ्चालन गरेको, परिवारवाद लादेको,… विस्तृत समाचार

बाँदरझुला विवादले निम्तियो समस्या

शान्ता अधिकारी, १८ साउन/चितवन । चितवन राष्ट्रिय निकुञ्जले वनक्षेत्र खाली गर्न भन्दै असार २६ गते सार्वजनिक सूचना जारी गर्‍यो । ‘३५ दिने सूचना’ जारी मात्रै भएन, केही दिनमै बाँदरझुला वस्ती खाली गर्न हात्तीसमेत पठायो । ‘निगरानी’का लागि भन्दै हात्ती पठाएको निकुञ्जको भनाइ रहे पनि यहाँका बासिन्दा भने बस्ती नै छाड्नुपर्ने भन्ने त्रासमा छन् । माडी नगरपालिकाको वडा नं. १२ मा पर्ने बाँदरझुलामा मध्यवर्ती क्षेत्र अतिक्रमण… विस्तृत समाचार

प्रशासनमा थन्किएको पैसा पीडितले पाएनन्

शान्ता अधिकारी/चितवन । चितवन भण्डारा–४ का धनेश्वर चौधरीको करिब ५८ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय चितवनमा आएर बसेको तीन महिना भयो । यो रकम लिन अहिलेसम्म कोही प्रशासन कार्यालय आएका छैनन् । चौधरीको राहदानी नं. २४६३६०२ हो । तर, चौधरी कुन देशमा थिए र कहिले मृत्यु भयो भन्ने कुनै जानकारीसमेत प्रशासनमा छैन । न प्रशासनले सम्बन्धित मृतकका परिवारलाई यसबारे जानकारी नै गराएको छ । चौधरीको… विस्तृत समाचार

चितवनमा २८८८ हेक्टर वन अतिक्रमण

शान्ता अधिकारी/चितवन । जिल्ला वन कार्यालय चितवनको कुल वन क्षेत्रफलमध्ये दुई हजार आठ सय ८८ हेक्टर जमिन अतिक्रमण भएको जिल्ला वन कार्यालय चितवनले जनाएको छ । ती अतिक्रमित वन क्षेत्रफलमा सात हजार चार सय ९३ वटा स्थायी एवम् अस्थायी भौतिक संरचना निर्माण भएको जिल्ला वन कार्यालय चितवनका वन अधिकृत गणेश रायले जानकारी दिए । वन मासेर घर, टहरा, मन्दिर, गुम्बा, चर्च, स्कुललगायतका स्थायी एवम् अस्थायी… विस्तृत समाचार

​क्यान्सर अस्पतालमा बिचौलिया ‘आउट’

शान्ता अधिकारी/चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनले कर्मचारीसहित बाहिरी बिचौलियालाई पक्राउ गरी निगरानी बढाएपछि अस्पतालको आन्तरिक आम्दानी बढेको छ । जसका कारण बिरामीसमेत लाभान्वित भएका छन् ।  प्रशासनको कदमपछि क्यान्सर अस्पतालमा दैनिक संकलन हुने राजस्वमा दोब्बर बढेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. सिबी पुनका अनुसार अहिले दैनिक ६ लाख रुपैयाँसम्म राजश्व संकलन हुन थालेको छ । बिचौलियाको बिगबिगी हुँदा भने दैनिक… विस्तृत समाचार

वृद्ध भत्ताले बढायो खुशी : ‘बल्ल हाम्रा कुरा बुझने सरकार आयो’

शान्ता अधिकारी/चितवन । ‘हाम्रा कुरा बुझने सरकार आयो, अव हाम्रो तलव पनि बढ्यो ।’– देवघाटस्थित गलेश्वर आश्रममा बस्दै आएका स्याङ्गजा पुतली बजारका ८२ वर्षिय विद्यानन्द गिरी यतिबेला निकै खुशी छन् । चितवनको उखरमाउलो गर्मी छल्न आश्रम परिसरकै चौतारीमा जम्मा भएर समकक्षीहरुसँग शित्तल खाँदै बसेका गिरी सरकाले यसै आर्थिक वर्षमा वृद्धि गरेको वृद्ध भत्ता दोब्बर भएपछि औधी खुशी भएका हुन् । चाउरी परेका गाला । गेरुधारी… विस्तृत समाचार

बाँदरमुढे घटनाको ११ वर्ष, पीडित भन्छन् : न्यायको आशा मर्दै गयो

शान्ता अधिकारी/ माडी, चितवन । ४३ जना निर्दोष सर्वसाधारणको ज्यान लिने गरी भएको बाँदरमुढे घटनाको ११ वर्ष बितेको छ । चितवनको माडीस्थित बाँदरमुढे खोलामा ०६२ साल जेठ २३ गते ना. १ख ३२४५ नम्बरको सार्वजनिक बसमा माओवादीले बम बिस्फोट गराउँदा धेरै निहत्थाले ज्यान गुमाएका थिए । ७२ जना घाइते भए । यो घटनाका पीडित पछिल्लो ११ वर्षदेखि न्यायको प्रतीक्षामा छन् । तर, वर्षाैं कुर्दा पनि न्याय… विस्तृत समाचार