मध्य

चितवनमा बाबुको हत्या

चितवन, २३ असोज । भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन् । साँझ ७ः४५ बजे बाबु छोराबीच झगडा हुँदा छोरको खुकुरी प्रहारबाट बाबु वसन्तप्रसादको बायाँ कानको तल्लो भागमा चोट लागेकाले चितवन मेडिकल कलेजमा उपचारका गराउने क्रममा उनको मृत्यु भएको हो… विस्तृत समाचार

ट्रकको ठक्करबाट चितवनमा दुईको मृत्यु

रत्ननगर (चितवन), २१ असोज । पूर्वी चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीचोकमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।  बिहीबार साँझ पूर्वी चितवन भण्डारातर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६७४० नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  मृत्यु… विस्तृत समाचार

मकवानपुरमा आगलागीबाट शिशुको मृत्यु

हेटौंडा, १९ असोज । मकवानपुरको भैंसे–७ खोप्लाङमा मंगलबार राति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको छ ।  आगलागीमा उनका दिदी र दाइ— ६ वर्षीया वर्षा तिमल्सिना र चार वर्षीय बादल तिमल्सिना सख्त घाइते भई भैंसेस्थित सुपारेटार ब्यारेकमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । बच्चाले टुकी खेलाउँदा खरको छानामा सल्केर भएको आगलागीबाट करिब  दुई लाख बराबरको क्षति भएको… विस्तृत समाचार

एनआरटी क्लब ‘ए’ डिभिजनमा बढुवा

काठमाडौं, १९ असोज । न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ ।  हलचोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गर्दै पुनः ‘ए’ डिभिजनमा बढुवा भएको हो ।  अन्तिम खेलमा बराबरी भए पनि बढुवा हुने अवस्थामा रहेको एनआरटीले अन्ततः स्पष्ट… विस्तृत समाचार

डायमन प्रतिभा पुरस्कार गौतमलाई

काठमाडौं, १८ असोज । राजधानीमा सोमबार उपन्यासकार डायमनशमशेर राणाको ९९औं जन्मजयन्ती मनाइयो । नेपाली आख्यान साहित्यमा पु¥याएको योगदानबारे चर्चा गरेर उनको स्मरण गरिएको हो । उक्त अवसरमा आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘डायमन प्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो । नेपाल साहित्यिक पत्रकार संघका नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज शर्माले गौतमलाई पुरस्कार प्रदान गरेका थिए । शर्माले पुरस्कृत व्यक्तित्वका बारेमा प्रकाश पार्दै भने, ‘गौतम आख्यान साहित्यमा विशिष्ट क्षमता भएका… विस्तृत समाचार

बसले नियन्त्रण गुमाउँदा तीनको मृत्यु, ६० घाइते

हेटौंडा, १६ असोज । मकवानपुर जिल्लाको पश्चिम भेकमा पर्ने हाँडीखोला–२ मकरीबाट जिल्ला सदरमुकाम हेटौँडातर्फ आउँदै गरेको ना४ख ४३०७ नम्बरको बस मकरी नजिकै अनियन्त्रित भई घुम्तीमा ठोक्किँदा बसका तीन यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।  सो बसका यात्रुमध्ये हाँडीखोला–२ बस्ने २० वर्षीय पनिस लामिछाने, २१ वर्षीय सूर्यबहादुर लामा र नाम नखुलेकी एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दसैं–बजारमा आएका करिब… विस्तृत समाचार

​पहिरो जाँदा हेटौंडा–कुलेखानी सडक अवरुद्ध

हेटौंडा, १६ असोज । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौंडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आइतबार बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।  आइतबार बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको… विस्तृत समाचार

पहिरोले एकको मृत्यु, दुई बेपत्ता

मेलम्ची, १५ असोज । अविरल वर्षाका कारण गए राति २ बजे पहिरो जाँदा राम्चे–६ मा केही टहराभन्दा माथिबाट पहिरो खस्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।  सिन्धुपाल्चोक राम्चे–६ पुरानोगाउँ भन्ने स्थानमा पहिरो जाँदा तीन टहरा पुरिएका हुन् । पहिरामा परी चन्द्रकान्त तिमिल्सेनाका जेठा छोरा रामकुमारको मृत्यु भएको छ भने कान्छा छोरा उद्धव र कान्छी बुहारी सम्झना अझै… विस्तृत समाचार

‘एमालेसँग गुनासो गर्ने नैतिक हक छैन’

बर्दिवास, १४ असोज  । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त मधेसी मोर्चालाई संविधान संशोधनको सवालमा एमालेसँग गुनासो गर्ने नैतिक हक नभएको बताएका छन् ।  महोत्तरीको बर्दिबासमा नेकपा एमाले महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाले एमाले नेतृत्वको सरकार गिराउन र नयाँ सरकार गठनका लागि नै संविधान संशोधनको… विस्तृत समाचार

तीन दाजुभाइ नौ वर्षदेखि पुर्पक्षकै लागि थुनामा

–गोपालप्रसाद बराल  बर्दिवास, १४ असोज । सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्ष्भित्रै हुने अदालती तालिका भए पनि महोत्तरी जिल्लाको सुन्दरपुर—९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षका लागि थुनामा छन् ।  आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार यादव र वीरेन्द्र यादव आपूmविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना भइसक्दासम्म… विस्तृत समाचार