प्रमुख खबर

​एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै (यसरी हेर्नुहोस नतिजा)

काठमाडौं ९ असार ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा शनिबार (आज) प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज अपराह्न ४ बजे नतिजा सार्वजनिक हुने जानकारी गराएको छ । यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै  प्राविधिक धारतर्फ  ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ । परीक्षा… विस्तृत समाचार

​नक्सा पास नभएका काठमाडौंका घरले सहुलियत पाउने

काठमाडौं । नक्सा पास नभएका तर निर्माणको विधि र प्रक्रिया पुरा गरेको घरहरुलाई काठकमाडौं महानगरपालिकाले विशेष सुविधा दिने भएको छ । काठमाडौँ महानगरपालिकाले नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि विशेष व्यवस्था ल्याएको छ ।  निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याएको कामपाले जानकारी दिएको छ ।  कामपाका… विस्तृत समाचार

​जिल्ला न्यायाधीशमा २२ जनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषदले विभिन्न जिल्ला अदालतमा रिक्त रहेको जिल्ला न्यायाधीश पदमा नियुक्तीका लागि २२ जनाको नाम सिफारिस गरेको छ ।  बिहीबार साँझ बसेको बैठकले रिक्त दरबन्दी पदपूर्तिका लागि सिफारिस गरेको न्याय परिषदले जनाएको छ । न्याय, कानुन र सरकारी वकिल समूहबाट २२ न्यायाधीश सिफारिसमा परेका छन् । सिफारिसमा परेकाहरुमा न्याय सेवाबाट सबैभन्दा धेरै १४ जना, कानुनबाट ३ र सरकारी वकिल समूहबाट पाँच जनाको नाम सिफारिस… विस्तृत समाचार

​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा

काठमाडौं, ८ असार।  प्रहरी र गुप्तचरका अधिकारीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन तीन कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएकाहरुविरुद्ध मुद्दा दायर गरिएको हो।  राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत (इन्सपेक्टर) दोलखबहादुर कार्की, नेपाल प्रहरीका सइ विकास कार्की र जन जागृत माध्यमिक विद्यालय, करुवानी, रुपन्देहीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सर्वजीतप्रसाद चौधरी भन्ने सर्वजीत थारुविरुद्ध पनि मुद्दा दायर भएको हो।  … विस्तृत समाचार

रसियामा जारी विश्वकपमा १० हजार नक्कली टिकट बिक्री

काठमाडौं । रसियामा जारी महाकुम्भ खेल विश्वकप फुटबल २०१८ मा गलत काम समेत भएका छन् । टिकट किनेर विश्वकप हेर्न पुगेका हजारौं चिनियाँ दर्शक अलपत्र परेपछि नक्कली टिकट काटेर बिक्री गरिएको रहस्य खुलेको हो । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार टिकट प्रमाणित हुन नसकी गेटबाट भित्र छिर्न नपाएकाहरुलाई रसियाली प्रहरीले बलपूर्वक फर्काउनु परेको छ । बुधबार पोर्चुगल र मोरक्कोबीचमा भएको खेलमा चिनियाँ एक हजार दर्शक रंगशालाभित्र… विस्तृत समाचार

काठमाडौंको वायु प्रदुषण अन्तर्राष्ट्रिय मिडियामा

काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा सम्पदाको शहरको रुपल चिनिने नेपालको राजधानी काठमाडौं अब बिस्तारै कहाली लाग्दो प्रदुषणको शहर भनेर चिनिने भएको छ । नेपालभित्र त काठमाडौंको प्रदुषण नभोग्ने मानिस विरलै होलान् । तर, अब अन्तर्राष्ट्रिय रुपमा समेत काठमाडौं उपत्यका प्रदुषित शहरको रुपमा आफ्नो इमेज बिगार्ने भएको छ ।  द गार्जिएन नामक चर्चित अन्तर्राष्ट्रिय समाचार संस्थाले काठमाडौंको प्रदुषण र सडक बिस्तारपछि जनताले भागेको नारकीय जीवनको तस्विरलाई उच्च… विस्तृत समाचार

सरकारविरुद्ध संघर्ष गर्ने कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष

काठमाडौं ।  दुई तिहाई बहुमत प्राप्त सरकारले प्रमुख प्रतिपक्ष दलसँग सहकार्य नगरेको भन्दै संघर्ष गर्ने निर्णय गर्दै कांग्रेसका जिल्ला सभापतिहरुको भेला हेटौडामा सम्पन्न भएको छ । तीन दिने भेला विवादका बीच चार दिनसम्म चलेको थियो ।  भेलाले हेटौडा घोषणा पत्र जारी गर्दै आगामी दिनमा पार्टीका लागि सुझाव र संघर्षमा जाने निर्णय गरेको हो । भेलामा निर्वाचनमा पराजय व्यहोर्नुको कारण खोज्ने भनेपनि निर्वाचनमा पार्टीले भागेको पराजय… विस्तृत समाचार

बेईजिङमा नेपाल–चीनबीच यस्तो भयो सम्झौता

काठमाडौं/बेईजिङ नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । नेपालको विकासमा कोशेढुंगा सावित हुने उक्त सम्झौताले नेपालले तेस्रो मुलुकसँग व्यापार तथा पारवहन सुविधाको लागि नयाँ अध्यायको सूत्रपात भएको रुपमा हेरिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको छ दिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा… विस्तृत समाचार

मन्त्रीहरूलाई फसाद्, सचिव-सहसचिवलाई एकवर्ष नपुगी सरुवा गर्न नपाइने

काठमाडौं ८ , असार । सरकारका सचिव र सहसचिवलाई एक वर्ष नपुगी अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानुन बनाइँदै छ । मन्त्री र सचिवबीच मनमुटाव हुनेबित्तिकै वा मन्त्रीले भनेअनुसारका काम गर्न असमर्थता जनाउनेबित्तिकै हटाउने प्रचलनलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो । कतिपय मन्त्रीले आफूअनुकूलको काम गराउन पनि जतिबेलै आफूले चाहेका सचिव ल्याउने र हटाउने गरेका छन् । ‘संघीय निजामती सेवाको… विस्तृत समाचार

​गुप्तचर पनि संघीय संरचनामा

काठमाडौं, ८ असार।  राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)ले जनकपुर र बुटवलमा नयाँ प्रदेश कार्यालय स्थापना गरी कर्मचारी खटाएको छ।  प्रदेशका नयाँ कार्यालयहरुमा अनुसन्धान निर्देशक(डिआईजी)लाई समेत पठाइएको छ। प्रदेश नम्बर १ मा सुनिल ढकाल, २ मा सुमन बैद्य, ३ मा हरिहर पौडेल, ४ मा कुलदिप थापा, ५ मा टेकेन्द्र कार्की, ६ मा मधु कार्की र ७ मा प्रकाश पाण्डेलाई पठाइएको छ।  संघीयतामा विभाग केन्द्रीय संरचनामै नै सञ्चालन हुने… विस्तृत समाचार