प्रमुख खबर

​चीनले निर्वाचनका लागि नौ मिलियन युयान सहयोग गर्ने

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।  चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार उक्त भेटमा चीनका राष्ट्रपति सीले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय… विस्तृत समाचार

​‘वैशाख ३१ सम्म अब कसो नबाँचूँला ?’

काठमाडौं, १४ चैत । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ हात्तीमुडाका बद्रीनाथ भट्टराईले ८१औं वसन्त पार गर्दै थिए । अहिले उनको उमेर एक शताब्दी अर्थात् १ सय वर्ष पुगेको छ । त्यस बेला मतदान गर्न जाँदा भट्टराईले साथमै बोकेर लगेका उनका नाति पुष्पराज २० वर्षका तन्नेरी भएका छन् । मतदानपछि त्यही वर्ष जन्मिएकाहरूको उमेर पनि १८ वर्ष नाघिसकेको छ । पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो… विस्तृत समाचार

​‘मधेसमा एमाले पहिलो शक्ति’

काठमाडौं, १४ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसमा पार्टीलाई पहिलो शक्तिका रूपमा ल्याउने अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन  दिएका छन् । मनोनीत केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यहरूलाई आइतबार पार्टी कार्यालय धुम्बाराहीमा शथप ग्रहण गराउँदै ओलीले यस्तो निर्देशन दिएका हुन् । राजधानी दैनिकमा खबर छ । पार्टी र राष्ट्रको शिरमाथि उठाउन आ–आफ्नो कार्यक्षेत्रमा सक्रियताका साथ लाग्न निर्देशन दिँदै ओलीले आउने तीनै तहको… विस्तृत समाचार

कांग्रेसमा वरीयता विवाद

काठमाडौं, १४ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट गठन भएको केन्द्रीय कार्य सम्पादन समितिको वरीयतामा चर्काे विवाद देखिएको छ । आइतबारबाट केन्द्रीय कार्यालय सानेपामा सुरु कांग्रेस केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचीमाथि छलफल गर्दै २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ विभागको टुंगो लगाएको हो । राजधानी दैनिककमा खबर छ । गएको महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएका डा. शेखर कोइरालाले केन्द्रीय कार्यसम्पादन समितिको वरीयतामा… विस्तृत समाचार

यी हुन् एमाले केन्द्रमा थपिएका नेता

काठमाडौं, १४ चैत । नेकपा (एमाले)को केन्द्रीय कमिटीका पूर्ण तथा वैकल्पिक सदस्यमा मनोनयन भएका नेताहरुले शपथग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन् ।   शपथग्रहण गर्ने केन्द्रीय कमिटी सदस्यहरुमा धर्मनाथ साह (सिराहा), रामचन्द्र यादव (सिराहा), गंगा यादव (सिराहा), धर्मनाथ यादव (सिराहा), रामचन्द्र साह तेली (पर्सा), रामदयाल मण्डल (महोत्तरी), रत्नेश्वर गोइत (धनुषा), रवीन्द्र बैठा (सर्लाही),… विस्तृत समाचार

टीएमजेमा गुराँस टिप्न प्रतिबन्ध

तेह्रथुम, १३ चैत । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ ।  तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो । यी जिल्लाका करिब २५ गाविस क्षेत्रफलमा फैलिएको टिएमजे क्षेत्रमा यतिबेला… विस्तृत समाचार

देउवाविरुद्ध पौडेल पक्ष

काठमाडौं, १३ चैत । लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ । कान्तिपुर दैनिकमा खबर छ… विस्तृत समाचार

​हात्तीलाई जाँडरक्सीको लत लागेपछि !

काठमाडौं, १३ चैत । मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ । यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वस्तीमा ।  निकुञ्जबाट निस्केर हात्ती बस्तीमा पस्छन् र खोजी खोजी जाँड रक्सी खान्छन्, अनि घर भत्काउने, मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन् ।… विस्तृत समाचार

​पाक–बंगलादेशसँगको सीमा बन्द गर्दै भारत

काठमाडौं, १३ चैत । छिमेकी मित्रराष्ट्र भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने गृहकार्य अघि बढाएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । राजधानी दैनिकमा खबर छ । आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न ती दुई देशसँगको सिमा नाका बन्द गर्नुपर्ने गृहमन्त्री सिंहको भनाइ छ । ‘भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा सम्भव भएसम्म छिटो… विस्तृत समाचार

​बल्ल पाउने भए साहको परिवार राहत

काठमाडौं, १३ चैत । बिभिन्न सञ्चार माध्यममा समाचार आएपछि सरकारले मोरङ अमाही बरियातीका बासुदेव साहको परिवारलाई पूर्वघोषित १० लाख राहत उपलब्ध गराउने भएको छ । साहलाई ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले गोलीहानी हत्या गरेको थियो । भोली बिराटनगरमा हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री बिमलेन्द्र निधिले शहीदका परिवारलाई क्षतिपूर्ति रकमको चेक हस्तान्तरण गरिने बताईएको छ ।  २०६७ जेठ ११ गते एसएसवीको गोली प्रहारबाट… विस्तृत समाचार