प्रमुख खबर

माओवादी बैठकमा के के भयो निर्णय ?

काठमाडौं, २३ असार माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा गृहमन्त्री शक्ति बस्नेतको आलोचना भएको छ । धनुषाको एक विद्यालय व्यवस्थापन समितिको विवादमा अनावश्यक बल प्रयोग गरी आफ्नै पार्टीका पोलिटब्युरो सदस्यसहित ६ नेता–कार्यकर्तालाई पक्राउ गराएको भन्दै गृहमन्त्री बस्नेतको आलोचना भएको हो । धनुषाको जनता माविको विद्यालय व्यवस्थापन समितिको विवादमा पोलिटब्युरो सदस्य तथा धनुषा जिल्ला इन्चार्ज रामचन्द्र मण्डलसहित ६ जनालाई १८ असारमा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको… विस्तृत समाचार

अस्पताल पुग्दा सामान्य थिए शशांक

काठमाडौं, २३ असार । मंगलबार बेलुका ८ बजे ओम अस्पताल पुग्दा कांग्रेस महामन्त्री डा. शशांक कोइराला सामान्य अवस्थामै थिए । सँगै रहेका सहयोगी भरत तिवारीका अनुसार पेटमा खराबी भएका कारण अस्पताल लगिएको थियो । उनी बस्ने टोखाबाट अस्पताल आउन करिब ४० मिनेट लाग्छ । सवा ७ बजेतिरै शशांक निवासबाट निस्किएका थिए । चिकित्सकले सामान्य चेकअप गरी भर्ना गरेको कान्तिपुर दैनिकमा खबर छ । ‘अस्पताल आउँदा… विस्तृत समाचार

​सरकार फेर्ने एजेन्डा ओझेलमा

काठमाडौं, २३ असार । मंगलबार सुरु भएको नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो बैठकमा सरकार फेर्ने एजेन्डाले प्राथमिकता पाउन सकेको छैन । नौ बुँदे सहमति पालना नगरेर नेकपा (एमाले)ले धोका दिएको निष्कर्षमा पुगेको माओवादी केन्द्रले सहमतिको सरकार गठनको पहल गर्ने निर्णय गरिसके पनि पोलिटब्युरोमा त्यसबारे घनीभूत छलफल हुन नसकेको तीर्थराज बस्नेतले कारोबार दैनिकमा लेखेका छन् ।  शनिबार केन्द्रीय कार्यालयको बैठकले सत्ता साझेदार दल एमालेप्रति असन्तुष्टि जनाउँदै पार्टी… विस्तृत समाचार

​चीनतिरका हिमताल फुटेको अनुमान

काठमाडौं, २३ असार । चीनतिरका हिमताल फुटेका कारण मंगलबार राति भोटेकोसीमा अकस्मात बाढी आएको हुन सक्ने विशेषज्ञले औंल्याएका छन् । हिमताल फुटेर वा डेब्रिज (गेगर, ढुंगा, रूख बिरुवा, लेदो) सहित ठूलो पहिरो आएका कारण अकस्मात बाढी आएको हुन सक्ने उनीहरूको अनुमान रहेको कान्तिपुर दैनिकमा खबर छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का तर्फबाट त्रिविको भूगोल विभागका प्राध्यापक डा.नरेन्द्रराज खनाल, इसिमोडका हिमताल विज्ञ प्रदीपकुमार… विस्तृत समाचार

कोइरालाको स्वास्थ्यमा सुधारको संकेत

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिए पनि अझै गम्भीर छ । चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका महामन्त्री कोइरालालाई अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । बान्ता गर्ने क्रममा उनको फोक्सोमा खाना अड्किएपछि निमोनियाको संक्रमण देखिएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न डा लव जोशीले स्वास्थ्य केही सुधारोन्मुख देखिए पनि अझै गम्भीर नै रहेको जानकारी… विस्तृत समाचार

माओवादी केन्द्रले आरोपित सांसदबारे छानबिन गर्ने

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र)ले आफ्ना आठ जना सांसदले नक्कली कागजात र किर्ते गरेर नक्कली सहयोगी बनाई केही व्यक्तिलाई विदेश लैजान लागेका विषयमा आएको समाचारको सत्यताबारे छानबिन गर्ने भएको  छ ।  बुधबार बसेको पोलिटब्युरो बैठकले अमिक शेरचनको नेतृत्वमा महासचिव कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल रहेको छानबिन समिति गठन गरेको हो । प्रवक्ता भुसालले समितिलाई सात दिनभित्र छानबिनसम्बन्धी प्रतिवेदन तयार पारेर बुझाउन बैठकले… विस्तृत समाचार

‘एमाले राष्ट्रिय सहमतिको सरकार चाहन्छ’

काठमाडौं, २२ असार । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने आफ्नो पार्टीको नीति रहेको बताएका छन् ।  भियतनाममा भएको कम्युनिस्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेपालले यस्तो बताएका हुन् । उनले बहुमतीय सरकारको विकल्प पुनः बहुमतीय सरकार हुन नहुने र राष्ट्रिय सरकारका लागि प्रमुख तीन दलले संयुक्त रुपमा प्रयास गर्नुपर्ने बताए… विस्तृत समाचार

​शशांकलाई भेटेपछि सुजाता भावुक

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न नेतृ सुजाता कोइराला पनि ओम अस्पताल पुगिन् ।  शशांककी दिदी रहेकी सुजाता भाइलाई भेटेर फर्किंदा निकै गम्भीर र भावुक देखिइन् । सुजाता आँसु पुछ्दै बाहिरिएकी थिइन् । सुजाताले करिब आधा घन्टा अस्पतालमा बिताएकी थिइन् । शशांकलाई उपचारका लागि भर्ना गरिएको खबर पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेता अस्पतालमा भेट्न… विस्तृत समाचार

​पूर्वसभासद् सदरुलको हत्यामा पत्नी र छोरीलाई जन्मकैद

राजविराज, २२ असार । पूर्वसभासद् मोहम्मद सदरुल मियाँ हकको हत्या अभियोग लागेका उनका श्रीमती नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला सुनाएको हो । मुख्य आरोपित सिरहाको चतरी–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई सर्वस्वसहित जन्मकैद सुनाइएको अदालतले जनाएको छ… विस्तृत समाचार

बाढीले २ सय घर जोखिममा

चौतारा, २२ असार । चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुका साथै २०० घर उच्च जोखिममा परेका छन् ।  तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाले जनाएको छ । नदी कटानले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्की सडक कटान गरिसकेको र… विस्तृत समाचार