प्रमुख खबर

​दुई महिनामा के गरे प्रधानमन्त्रीले ?

काठमाडौं, २५ साउन । प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्दा सदाचार नीति ल्याउने पहिलो निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले ६२ दिनसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् । निर्धा्रित समयभित्र सम्पत्ति विवरण नबुझाएर प्रधानमन्त्रीले भ्रष्टाचार निवारण ऐन २०५९ को उल्लंघन गरेका छन् । प्रधानमन्त्री देउवाले गत २४ असारमा सदाचार नीतिको मस्यौदामा हस्ताक्षर गर्दै सदाचार नीति ल्याउने पहिलो निर्णय गरेका थिए । नयाँ पत्रिकामा खबर छ ।  उपप्रधानमन्त्री तथा… विस्तृत समाचार

किन निलम्वित भएनन् खड्का ?

काठमाडौं, २५ साउन । नेपाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादातादेखि संसदीय समितिको एउटै निष्कर्ष छ – जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो । सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्यो । भ्रष्टाचार अभियोग लाग्नासाथ प्रमाण नष्ट गर्न सक्ने भन्दै सम्बन्धित अधिकारीलाई निलम्बन गरेर थप अनुसन्धान… विस्तृत समाचार

प्रहरी संगठनका ‘मेरुदण्ड’हरुमाथि किन अन्याय ?

काठमाडौं, २५ साउन  नेपाल प्रहरीमा डिएसपीदेखि एआईजीसम्मका पदहरुमा बढुवा भइसकेको छ । गत ३१ असारमा एकैदिन सबै पदमा रातारात बढुवा सिफारीस गरियो । बढुवा भएका सबैले फुली समेत लगाइसकेका छन् ।  उच्च पदहरुको रातारात बढुवा हुँदा तल्लो तहको पदको बढुवा भने रहस्यमय तरिकाले रोकिएको छ । सईबाट इन्सपेक्टरमा बढुवा भने महिनौंदेखि रोकिएको छ ।  रिक्त भएको एक महिनाभित्र सबै पदपुर्ती गरिने भन्दै गृहमन्त्री जनार्दन शर्मा… विस्तृत समाचार

​राप्रपा फोड्न तीन करोडको चलखेल

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । २०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् । २०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाएका थिए ।   राप्रपा विभाजनका लागि आवश्यक ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पु¥याउन प्रधानमन्त्री देउवाले रकम लगानी… विस्तृत समाचार

​भ्रष्टसामु निरीह अख्तियार

काठमाडौं, २४ साउन । इन्धन भण्डारका लागि ६ गुणा महंगोमा जग्गा खरिद गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैले पनि कारबाही नगर्नुले सुशासनकै खिल्ली उडाएको छ । खोलाको बगर खरिद गरेको पुष्टी भइसक्दा पनि अख्तियार बहिरो जस्तै सुनेको नसुन्यै गरिरहेको छ । कर फस्र्योट आयोगबाट २१ अर्ब रुपैयाँ कर छुट दिने आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई… विस्तृत समाचार

​प्रचण्डकी तेस्रो बुहारी बिना पनि घरेलु हिंसाको शिकार ?

काठमाडौं, २४ साउन । प्रचण्ड परिवारमा तेस्री बुहारीका रुपमा भित्रिएकी बिना मगर पनि घरभित्रै यातनाको शिकार भएकी छिन् । प्रचण्डपुत्र प्रकाश दाहालसँग उनको सम्बन्ध बिग्रदै गएको छ । घरभित्रै भएको एक झगडामा दुई साताअघि उनी अस्पताल नै भर्ना हुनुपरेको छ । स्रोतका अनुसार उनको अनुहारमा ठुलो चोट लागेको छ । नर्भिक अस्पतालमा केही दिन भर्ना नै भएर उनको उपचार गरिएको थियो । जुन घटना निकै… विस्तृत समाचार

प्रदेश २ मा तालमेल खोज्दै एमाले

काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसंँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन्… विस्तृत समाचार

​गच्छदारले केरमेट गरे संसदीय समितिको निर्णय

काठमाडौं, २४ साउन । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेर संवैधानिक आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको खुलासा भएको छ । गच्छदारको ‘बदमासी’ बाहिर आएपछि २५ साउनमा बस्ने संसद् बैठकबाट पारित गर्ने तयारी गरिएको उक्त विधेयक कार्यसूचीबाट हटाइएको छ । नयाँ पत्रिकामा खबर छ । सामाजिक न्याय तथा मानवअधिकार समितिमा विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमा ६ महिना लामो छलफलपछि निस्किएको… विस्तृत समाचार

​बीरगंज महानगरपालिकामा एमालेद्वारा उम्मेदवार घोषणा

वीरगन्ज, २३ साउन । नेकपा एमालेले तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ । प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो ।  अन्सारी भर्खरै नेकपा (एमाले)मा प्रवेश गर्नुभएको हो र उहाँ वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुनुहुन्छ भने सोफिया आचार्य भने एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी… विस्तृत समाचार

​किन भयो सहसचिव सरुवा अलपत्र ?

काठमाडौै, २३ साउन । शेरबहादुर देउवा नेतृत्वको सरकारले विभागीय प्रमुखमा सरुवा भएको ६ महिना पनि नपुगेका सहसचिवहरुलाई अन्यायपूर्वक सरुवा गरेको छ । देउवा नेतृत्वको सरकारले एक बर्ष पनि नपुगेका सहसचिवहरुलाई सरुवा गरी प्रशासन क्षेत्रमा आतंक मच्चाएको छ ।  सरकारले ३६ सहसचिव सरुवा तथा पदस्थापन गरेको ४ दिन बितिसकेको छ । तर सरुवा भएका सहसचिवहरुलाई कुन मन्त्रालयमा भएको हो भन्ने आइतबारसम्म पनि अन्योल छ । गृह… विस्तृत समाचार