प्रमुख खबर

​पेशागतमा प्याकुरेल प्यानल बिजयी

काठमाडौं, ५ असार । पेशागत महासंघको छैटौं महाधिवेशनबाट अध्यक्षमा विश्वनाथ प्याकुरेल निर्वाचित भएका छन् । शनिबार भएको महासंघको निर्वाचनमा प्याकुरेलले ३७१ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी बाबुराम थापाले २५७ मत ल्याएका छन् । प्याकुरेल दोस्रो पटक महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको महासचिवमा प्याकुरेल समूहकै विष्णु लामिछाने निर्वाचित भएका छन् । उनले ३५८ मत पाएका छन् । महासचिवमा पराजीत… विस्तृत समाचार

​सचिवमा कनिष्टको दौड

काठमाडौं, ५ असार । स्वास्थ्य मन्त्रालयको रिक्त सचिव बढुवाका लागि तीव्र चलखेल सुरु भएको छ । जेठ अन्तिमदेखि स्वास्थ्य मन्त्रालयमा सचिव रिक्त छ । सचिव नभएको र निमित्त सचिव डा. पद्मबहादुर चन्दलाई अख्तियारी नदिएकाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका धेरै काम रोकिएका छन् ।  लोकसेवा आयोगका अध्यक्ष वा उनले तोकेका सदस्य अध्यक्ष रहने सचिव बढुवा समितिले तीनजनाको नाम सिफारिस गर्ने कानुनी ब्यवस्था छ । बढुवा समितिमा मुख्यसचिव… विस्तृत समाचार

संसद्ले पाउला त नियमावली ?

काठमाडौं, ४ असार । संविधानसभा व्यवस्थापिका–संसदमा रूपान्तरण भइसकेको पनि नौ महिना बितिसकेको छ । तर, संसद्ले कार्यसञ्चालन नियमावली पाउन सकेको छैन । प्रमुख सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको विवादले नियमावली मस्यौदामा सहमति जुट्न सकेको छैन । संसदीय सुनुवाइ विशेष समिति कति सदस्यीय हुने भन्ने विवादले मस्यौदा समिति पनि अल्झिएको छ । यद्यपि, विवाद समाधाननजिक पुगेको नेताहरूले बताएका छन् । यही विवादको सेरोफेरोमा छलफल गर्न शनिबार नेपाली… विस्तृत समाचार

झरनामा सेल्फि खिच्ने क्रममा लडेर मृत्यु

म्याग्दी, ४ असार ।  म्याग्दी, असार ४ – म्याग्दीको दाना-२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको ज्यान गएको छ । रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने(७ का २४ वर्षका सन्तोष घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरीका अनुसार साथीसँगै मुस्ताङ घुम्न जान हिँडेका घिमिरे आफ्नो तस्बिर खिच्ने क्रममा चिप्लिएर झरनाको तलाउमा खसेका थिए… विस्तृत समाचार

जो डाक्टर बन्छु भन्छिन्

बुटवल, ४ असार । एसएलसी (प्रवेशिका) परीक्षाको नतिजाअनुसार सैनामैना नगरपालिकास्थित सुनगाभा पब्लिक उच्च माविकी समीक्षा सुवेदीले जीपीए ४ प्राप्त गरेकी छन् । विद्यालयका प्राचार्य तिलब केसीले समीक्षाले प्राप्त गरेको यो  उपलब्धि देशभरमै सर्वोत्कृष्ट भएको दाबी गरे । उनका अनुसार समीक्षाले आठवटै विषयमा ‘ए प्लस’ ग्रेड हासिल गरेकी छन् । एसएलीको नतिजा आएपछि समीक्षालाई बधाई र शुभकामना दिनेको लर्को लाग्यो । विद्यालयले बाजागाजासहित र्याली निकालेर खुसियाली… विस्तृत समाचार

‘निर्वाचन गर्न कांग्रेस र मोर्चाको सहमति चाहिन्छ’

विराटनगर, ४ असार । प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहालले स्थानीय निकायको निर्वाचन गर्न प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष दाहालले स्थानीय निर्वाचन आवश्यक भए पनि सबै दललाई सहमतिमा नल्याएसम्म वातावरण नबन्ने दाबी गरे । ‘मुख्य दलहरूबीच सहमति नभई निर्वाचन हुन सक्दैन,’ उनले भने, ‘निर्वाचनका लागि आवश्यक ऐन–कानुुन बनाउन पनि… विस्तृत समाचार

प्रदेश कमिटी बनाउँदै एमाले

काठमाडौं, ४ असार । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) संविधानसभाबाट जारी ‘संघीय’ संविधानअनुरूप पार्टी संरचनालाई रूपान्तरणमा लागिपरेको छ । पार्टीको सातवटा प्रदेश कमिटी बनाउने गृहकार्य पूरा भएको एमालेले जनाएको छ । जेठ २४ गते बसेको स्थायी समिति बैठकले पार्टीको प्रदेश संरचना गठनको गृहकार्य गरी पेस गर्न संगठन विभाग र सचिवालयलाई जिम्मा दिएको थियो । प्रदेश कमिटीमा संयोजक पदाधिकारी वा स्थायी कमिटी सदस्य कोबाट गर्ने, सदस्यमा… विस्तृत समाचार

​कानुन विपरीत निमित्त सचिवको जिम्मेवारी

काठमाडौं, ४ असार । सामान्यतया मन्त्रिपरिषदले वा मुख्यसचिवले निमित्त सचिव तोक्ने ब्यवस्था छ । तर स्वास्थ्य मन्त्रालयले कानुन विपरीत टिप्पणी उठाएरै निमित्त सचिव तोकेको छ । मन्त्रालयका तत्कालीन सचिव शान्तबहादुर श्रेष्ठले निमित्त सचिवको जिम्मेवारी १२ औं तहका डाक्टर पद्मबहादुर चन्दलाई तोकेका छन् । १२ औं तहका बरिष्ठ डाक्टर सेनेन्द्रराज उप्रेतीलाई निमित्त दिनुपर्नेमा कनिष्ट चन्दलाई मन्त्री रामजनम चौधरीले निमित्त दिएका छन् । १२ दिनअघि प्रधानमन्त्री कार्यालयमा… विस्तृत समाचार

रेमिट्यान्समा संसदीय समितिको चासो

काठमाडौं, ३ असार । संसदीय समितिले विदेशी मुलुकसँंग श्रम सम्झौता गर्दा वा सम्झौता नवीकरण गर्दा अनिवार्य नेपाली कामदारले कमाएको रकम बैंकिङ प्रणालीमार्फत भित्र्याउने प्रावधान समावेश गर्न नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।  व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबारको बैठकले विदेशमा रहेका नेपालीले बैंकिङ प्रणालीमार्फत नेपालमा विपे्रषण पठाउँदा लाग्ने कमिसन तथा शुल्क नेपाल सरकारले व्यहोर्ने नीतिगत व्यवस्था गर्न नेपाल सरकार, अर्थ… विस्तृत समाचार

​गुजरात हत्याकाण्डमा डेढ दशकपछि फैसला

काठमाडौं, ३ असार । भारतीय अदालतले सन् २००२ मा गुजरातमा भएको हिंसामा संलग्न भएको आरोप लागेका ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।  उक्त अदालतले शुक्रबार ११ जनालाई आजन्म र १२ जनालाई सात वर्षको कैद सजाय सुनाएको हो । अदालतले कारबाहीको फैसला गरेका यी सबैजसो हिन्दू धर्मावलम्बी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको संलग्नता पुष्टि हुन लामो समय लागेको थियो । करिब ३०० जनासँग बयान… विस्तृत समाचार