बजार

​ओयो अबदेखि इसेवामा आवद्ध

काठमाडौं । उचित मूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा आयोजित एक कार्यक्रमकाबीच इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयाका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भयो । हस्ताक्षर कार्यक्रमपश्चात् इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन… विस्तृत समाचार

​आइएमई र ग्रान्डी अस्पतालबीच छुट सम्झौता

काठमाडौं । आइएमई लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सेवाग्राहीलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउने भएका छन् ।  यो सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुने जनाइएको छ । त्यसैगरी चिकित्सकीय परामर्शलगायत विभिन्न दश प्रकारका ल्याब परीक्षण सेवाका लागि १ हजार ५ सय रुपैयाँ शुल्कमा स्वास्थ्य परीक्षण प्याकेजसमेत प्राप्त गर्न… विस्तृत समाचार

​नयाँ बिमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्सको उद्घाटन

काठमाडौं । नेपालमा निर्जिवन बिमा गर्ने कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधवार आफ्नो कारोबार सुरु गरेको छ । नेपालको १८ औं निर्जिवन बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी लि.ले बुधबारदेखि औपचारिक रुपमा कारोबार आरम्भ गरेको हो ।  कम्पनीले आगामी आर्थिक बर्षभित्रै ४५ वटा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य तय गरेको सञ्चालक समितिका अध्यक्ष कुनाल क्यालले जानकारी दिए ।  विगत १० वर्षदेखि कम्पनी स्थापनाको… विस्तृत समाचार

​कसरी बचाउने डेरी उद्योग ? – सुमित केडिया, उद्योगी

कृषि प्रधान देश नेपालमा कृषिका उत्पादनको बजार भने राम्रो   छैन । किसानहरुले उत्पादन गरेको दुध नै नबिक्ने अवस्था छ । यतिबेला सडकमा दुध पोखेर कृषकहरु आन्दोलन गरिरहेका छन् । कृषि प्रधान देश नेपालले दुग्धजन्य उत्पादनहरु बिदेश निर्यात गर्न सक्नुपर्ने हो, तर, बाटोमा पोख्ने अवस्था किन आयो ? धेरैको चिन्ताको विषय बनेको छ। नेपाल डेरी एसोसियनका पूर्व अध्यक्ष तथा केडिया अर्गनाइजेसनका सुमित केडिया यो क्षेत्रमा सरकारले… विस्तृत समाचार

सातै प्रदेशसभामा आज बजेट भाषण

संघीय संसदले बजेट भाषण गरेको दुई सातापछि आज सात वटै प्रदेश सभामा बजेट भाषण हुदैछ । प्रदेश सरकारका अर्थमन्त्री (आर्थिक मामला तथा योजना मन्त्री) ले संसद समक्ष बजेट प्रस्तुत गर्नेछन् । आजै अपरान्ह बस्ने बैठकमा सातै प्रदेशका अर्थमन्त्रीहरुले आ–आफ्नो प्रदेश सभामा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट भाषण गर्न लागेका हुन् ।  केन्द्र सरकाले जेठ १५ गते आर्थिक वर्ष ०७५/७६ को बजेट सार्वजनिक गरेको थियो… विस्तृत समाचार

​विश्वकप फुटबलका लागि सामसङको ‘फिल द गेम’ योजना

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसर पारेर सामसङ टिभीहरूको खरिदमा ‘फिल द गेम’ योजना ल्याएको छ । योजनामा टिभीको मूल्यमा छुटसहित अन्य अफर पनि ल्याएको हो ।  योजनाअनुसार सामसङका एसयुएचडी टिभी, कर्भड टिभी, युएचडी टिभी, स्मार्ट टिभी, नन स्मार्ट टिभी, एफएचडी, एचडी टिभीका विभिन्न मोडेलमा बढीमा २७ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । यसबाहेक सम्पूर्ण टेलिभिजनमा २ वर्षको फुल वारेन्टी… विस्तृत समाचार

​सहमतिपछि शेयर कारोबार सुचारु

काठमाडौं । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने विषयमा आन्दोलनकारी शेयर लगानीकर्ता र सरकारी वार्ता टोलीबीच भएको सहमतिपछि हिजोदेखि बन्द शेयर कारोबार खुलेको छ । आजै १ बजेदेखि नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार सुरु भएको नेप्सेले जनाएका छ ।  यो समाचार तयार गर्दासम्म (१३ः३० बजे) सम्म १५ जनाले शेयर कारोबार गरिसकेका छन् । आन्दोलनपछि खुलेको शेयर कारोबार हरियो सूचांकसहित अघि बढिरहेको छ… विस्तृत समाचार

​आज पनि शेयर कारोबार ठप्प, मन्त्रालयमा वार्ता

काठमाडौं ।  सरकारले अव्यवहारिक रुपमा हकप्रद  र बोनस शेयरलाई प्राथमिक शेयरबाट छुट्टाएर कर गणना गर्ने निर्णयको विरोधमा आन्दोलनमा होमिएका शेयर लगानकर्ताहरुले आज पनि आन्दोलन जारी राखेका छन् । शेयर लगानीकर्ताको आन्दोलनको कारण बुधवार यो समाचार तयार गर्दासम्म नेपाल स्टक एक्सचेन्जमा कुनै पनि कारोबार भएको छैन ।  हकप्रद र वोनश शेयर कारोबारमा बुक भ्यालुकै आधारमा पूँजीगत लाभकर लिने सरकारको निर्णयको विरोधमा मंगलबारदेखि शेयर लगानीकर्ताहरुले कारोवार नै… विस्तृत समाचार

शेयर कारोबार ठप्प, अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !

काठमाडौं ।  मंगलबार विहानैदेखि नेपालको शेयर कारोबार ठप्प हुन पुगेको छ । मंगलबार शेयर कारोबार नभई बजार बन्द भएका छ ।  बजेटमार्फत शेयर कारोबारमाथि थप कर लगाएको सरकारले बोनस र हकप्रद शेयरमाथि समेत अनावश्यक करको भार थोपरेपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।  सोमबारदेखि नै आन्दोलनमा रहेका शेयर कारोबारीहरुले मंगलवारदेखि सम्पूर्ण शेयर कारोबार नै ठप्प बनाएका छन् । नेप्सेका अनुसार मंगलबार एक कित्ता पनि शेयर कारोबार भएको… विस्तृत समाचार

ठूला आयोजनामा लगानी गर्दा सम्पत्तिको स्रोत खोल्नु नपर्ने

काठमाडौं । सरकारले पूर्वाधारका क्षेत्रमा लगानी बृद्धि गर्न बजेटमार्फत नयाँ व्यवस्था गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत आगामी आर्थिक वर्षको बजेटमार्फत गरेको व्यवस्थामा ठूला परियोजनामा गरिएको लगानीको सम्पत्तिको स्रोत खोजिने छैन ।  बजेटमै यस्तो व्यवस्था गरेपछि नेपालमा कालोधन लुकाउनेहरुलाई राष्ट्र समृद्धिको मार्गमा अघि बढ्न सहयोग गर्दै ठूला आयोजनामा लगानी गरेमा सरकारले त्यस्ता सम्पत्तिको स्रोत नखोज्ने व्यवस्था गरेको हो ।  सरकारले आगामी आर्थिक बर्षको… विस्तृत समाचार