बजार

​केएफसीलाई चुनौती दिदै भ्यालि एक्सप्रेस, महाराजगंजमा तेस्रो शाखा

काठमाडौं, ११ कात्तिक ।   मासुजन्य व्यवसायमा नेपालमा सफल कम्पनी भ्याली कोल्ड स्टोरले फाष्टफुड व्यवसायमा पनि लगानी बढाएको छ । कम्पनीले अन्तराष्ट्रिय चेक कम्पनीले प्रयोग गर्दै आएका प्रविधिको प्रयोग गरी मासुका विभिन्न परिकारहरु बनाई बिक्रि सुरु गरेको छ ।  कम्पनीले भ्याली एक्सप्रेस रेष्टुरेन्टको तेस्रो शाखा बुधबार महाराजगंजमा उद्घाटन गरेको छ । चितवन र नयाँबजारमा पहिलेदेखि नै शाखा  संचालनमा छन् । भ्याली एक्सप्रेसबाट ग्रिल्ड चिकेन, चिकेन… विस्तृत समाचार

भारतीय लगानीको यूटीएललाई जीएसएम अनुमति

काठमाडौं, २१ भदौ । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले जीएसएम मोबाइल सहितको दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको छ ।  डेढ दशकअघि ‘लिमिटेड मोबिलिटी’ को लाइसेन्स पाएको भारतीय लगानीको कम्पनी यूटीएल जीएसएम मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाउने चौथो कम्पनी भएको खबर सरस्वती ढकालले कारोबार दैनिकमा लेखेकी छन् । यसअघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा सञ्चालनका लागि अनुमति पाइसकेका छन् ।  आधारभूत टेलिफोन सेवाको… विस्तृत समाचार

जब तिब्बती हटिया खुल्यो

काठमाडौं, १८ भदौ । गोरखा सामागाउँ–५ का मिङ्मार लामा साउन २६ गते गाउँको गन्नेमान्ने पाँच जनाका साथमा तिब्बतको कोङदाङ सहर गए । अघिल्ला वर्षहरूमा जस्तै त्यहाँको सरकारका प्रतिनिधि (स्याङताङ) भेटेर सीमानाका खुलाइदिन आग्रह गरे । हरेक वर्ष यार्सागुम्बा टिपिसकेपछि खुल्ने नाका यस वर्ष खुल्न ढिला भइसकेको थियो । स्याङ्ताङले भदौ १० गतेभित्र नाका खुलाउने निर्णय गरी टेलिफोन गर्ने वचन दिए । नभन्दै भदौ १० गतेदेखि… विस्तृत समाचार

५५ करोडमा बिक्यो सीता एयर

काठमाडौं, १७ भदौ । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ । विराटनगरका व्यपारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्णस्वामित्व खरिद गरेको छ । यो वायुसेवा खरिद–बिक्री सम्बन्धमा दुई महिना अगाडि नै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता… विस्तृत समाचार

​नेपाल टेलिकमको ‘फेस्टिवल अफर’

काठमाडौँ, १६ भदौ । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’ का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।  यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।  उपभोक्ताले रु ४० मा पाँच सय एमबी सात दिनका लागि र रु ८५ मा… विस्तृत समाचार

​‘साना व्यापारी होइन, बिचौलियामाथि कारबाही गरियोस्’

शर्मिला पाठक  काठमाडौं, ८ भदौ । साना व्यवसायीलाई भन्दा बिचौलियालाई अनुगमन र कारबाही गर्न व्यवसायीले सरकारसँग माग गरेका छन् ।  चाडबाडको समय नजिक आएपछि सरकारले साना व्यापारीलाई अनुगमन तीव्र पारेको भन्दै भन्सार र बिचौलियाले नै उपभोक्तालाई अत्यन्तै ठगेकाले उनीहरुलाई नै सरकारले कारबाही गर्नुपर्ने बताएका छन् । पाँच वर्षदेखि मखनगल्लीमा खाद्य सामग्रीको पसल गर्दै आएका ‘चौलागाईं किराना पसल’का सञ्चालक शिव कुँवर ३ लाख लगानी गरी दुई–चार… विस्तृत समाचार

नेप्से परिसूचक घट्ने क्रम जारी

काठमाडौँ, ५ भदौ । माओवादी नेतृत्वमा सरकार बनेपछि घट्न थालेको सेयर बजार आइतबार पनि उकालो लाग्न सकेन । धितोपत्र बजारमा सेयरको कारोबारमा कमी आउने क्रम आइतबार पनि जारी छ ।  अघिल्लो साता तीन दिन सार्वजनिक बिदाका कारण पूरा समय कारोबार हुन नसकेको बजारमा आइतबार १२.६३ अङ्कले नेप्से परिसूचक घटेको हो । कुल १४२ कम्पनीको १० लाख ३१ हजार ५६६ कित्ता सेयर रु ६८ करोड ७७… विस्तृत समाचार

भोजपुर खुकुरीको पाइन झर्न थाल्यो !

भोजपुर, २ भदौ । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन संकटमा पर्दै गएको छ ।  दक्ष कालीगढ तथा कोइला अभावले यो व्यवसाय संकटमा परेको व्यवसायीको भनाइ छ । भोजपुरे, सिरुपाते, चित्लाङले, कोथीमोडालगायतका खुकुरी निर्माण हुने यहाँको भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म भए पनि दक्ष कालीगढ नहुँदा खुकुरी उत्पादन हुन नसकेको व्यवसायी सन्तोष विश्वकर्माले बताए ।  व्यवसायलाई… विस्तृत समाचार

सेयर बजार सत्र अङ्कले उक्लियो

काठमाडौँ, १ भदौ । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको सेयर बजार बुधबार थोरै उक्लिएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से आज १७.४९ अङ्कले बढेर एक हजार ७३४.९४ विन्दुमा पुगेको छ । कुल १४५ कम्पनीको १६ लाख ९७ हजार ९१२ कित्ता सेयर रु एक अर्ब सात लाख पाँच हजार मूल्यमा कारोबार भएको छ ।  ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.६३ विन्दुले बढेको… विस्तृत समाचार

दूरसञ्चार कम्पनी धमाधम बिक्री, नियामक बेखबर

काठमाडौं, ३२ साउन । लगानीको अनुपातमा आकर्षक प्रतिफल दिने दूरसञ्चार क्षेत्र विस्तारसँगै कम्पनी किनबेचले पनि तीव्रता पाएको छ । पछिल्लो ६ महिनाको अवधिमा नेपालका तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको सेयर किनबेच भएको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् । बहुराष्ट्रिय लगानीको एनसेल र स्मार्ट टेलिकमसहित स्वदेशी लगानीको सीजी टेलिकमको स्वामित्व परिवर्तन भएको छ । एनसेल र सीजी टेलिकम्युनिकेसनको शतप्रतिशत तथा स्मार्ट टेलिकमको ३० प्रतिशत सेयर… विस्तृत समाचार