बजार

विल गेट्स सम्पत्ति घट्यो, जेफ बेजस पहिलो धनाढ्य

एजेन्सीहरु, २३ फागुन । लामो समयसम्म विश्वको सबैभन्दा धनीको सूचिमा आफ्नो नाम सूचिकृत गर्न सफल कम्प्युटर सफ्टवयेर माईक्रोसफ्टका मालिक विल गेट्सको सम्पत्तिमा ह्रास आएको छ । उनको आम्दानी घटेको छ, जसका कारण विश्वको पहिलो नम्वरबाट दोस्रो नम्वरमा पुगेका छन् । विल गेट्सलाई उछिन्दै इन्टरनेटमा सामान खरिद बिक्री गर्ने कम्पनी एमेजनका सिइओ विश्वका सबैभन्दा धनी ब्यक्ति बनेका छन् । फोब्र्सले प्रत्येक वर्ष सार्वजनिक गर्ने धनाढ्यको सूचिमा… विस्तृत समाचार

अन्तिमसम्म हरियो नै रहला त नेप्से ?

काठमाडौं, २१ फागुन ।  आइतबार ९५ प्रतिशत कारोबारको मूल्य घटेर राताम्मे बनेको नेपाल स्टक एक्सचेन्जको कारोबार सोमबार विहानदेखि केही सुधार आएको छ । सोमबार विहानदेखि नेप्सेको गिरावटमा ब्रेक लाग्दै हरियो देखिएको छ ।  लगानीकर्ताहरु आज तत्काल लगानी गरिहाल्ने मुडमा देखिएका छैनन् । यद्यपि कारोबार भने सामान्य बृद्धि भएको छ । सोमवार विहान ११ः३० बजेको तथ्याङ्क अर्थात आधा घण्टामा १४ अंकले बृद्धि भई १३१८ पुगेको छ… विस्तृत समाचार

अपडेटः नेप्से ५४ अंकले तल झर्यो, शेयर बजार खुलेको एक घण्टामा झण्डै सर्किट ब्रेक !

अपडेटः नेप्से ५४ अंकले तल झर्यो आइतवार विहानैदेखि तल झर्ने क्रममा रहेको नेप्सो कारोवारको उत्तराद्र्धमा समेत तल झर्न रोकिएको छैन । अपरान्ह २ बजे कारोबार तल झरेर नेप्से १२९१ मा आईपुगेको छ । आइतवार विहान कारोबार सुरु हुँदा नेप्से १३४५ मा थियो । लगातार नेप्सेमा गिरावट आएपछि लगानीकर्ताहरु अत्तालिएका छन् । आइतबार सेयर कारोबार भएका सबै कम्पनीको इन्डेक्स रातो भएको छ ।  आइतवार गुमाउनेहरुमा सबैभन्दा… विस्तृत समाचार

​हेभी इक्विपमेन्टको लाइन्सेन्स सहज

काठमाडौं, २० फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १४ फागुनमा सवारी तथा यातायात व्यवस्था नियमावली, ०५४ लाई आठौँ संशोधन गर्दै अब पहिलोपटक नै हेभी इक्विपमेन्टको लाइसेन्स लिन पाउने व्यवस्थासहित राजपत्रमा सूचना प्रकाशित गरेको हो । हेभी इक्विपमेन्ट चलाउन सानो सवारीको लाइसेन्स लिनैपर्ने यसअघिको व्यवस्था हटेपछि लाइसेन्स लिन सहज भएको छ । यस्तो व्यवस्थापछि अब हेभी इक्विपमेन्टका चालक उत्पादन गर्न समस्या नहुने मन्त्रालयका प्रवक्ता राजेन्द्रराज… विस्तृत समाचार

पचास लाख पर्यटक ल्याउन ठोस कार्ययोजना आवश्यक

काठमाडौं, १३ फागुन । आर्थिक समृद्धि र विकासको लक्ष्यसहित गठन भएको वर्तमान वाम गठबन्धनको सरकारले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउन ठोस कार्ययोजनाका साथ काम गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।  आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रमा अब पनि घिसेपिटे तरिकाले काम नचल्ने भन्दै व्यवसायीले बदलिँदो परिस्थितिअनुसार कामकाजी पर्यटन नीतिको आवश्यकतामा समेत जोड दिएका छन् ।  चीन र भारतजस्ता आर्थिक विकासको… विस्तृत समाचार

कोक खाने ४० जनालाई रसियामा विश्वक हेर्ने मौका

काठमाडौं, ८ फागुन । बोटलर्स नेपालले यसैवर्ष रसियामा हुने विश्वकप–२०१८ मा ४० जना नेपालीलाई रसिया लैजाने भएको छ । कोक खाने मध्येबाट छनौट गरी ४० जना नेपाललाई नेपालबाट विश्वकप फुटबल हेर्न रसिया लैजाने मंगलबार जनाएको छ ।  कोकाकोला ४० जना नेपालीलाई रसिया विश्वकप प्रत्यक्ष हेर्न लैजाने सम्बन्धमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बोटलर्स नेपालका प्रबन्ध निदेृशक पुनित वास्र्नेले ‘कोक खाम रसिया जाम’… विस्तृत समाचार

​जिओनी ए वान लाइट अब अझ सुपथ मूल्यमा

काठमाडौं, ४ फागुन । जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनी टेलिटक नेपाल प्रालिले जिओनी ए वान लाइट फोनको मूल्य कम गरी रू.२०,५७० मा नै उपलब्ध गराउने जानकारी दिएको छ ।  ५.३० इन्च टचस्क्रिन रहेको जिओनी ए वान लाइटमा १.३ गिगाहर्ज ओक्टा–कोर मिडियाटेक एम.टी. ६७५३ भी प्रोसेसर रहेको छ र ३ जि.बि. ¥याम रहेको छ । ३२ जिबीबाट २५६ जिबिसम्म इन्टरनल स्टोरेज बढाउन सकिने… विस्तृत समाचार

​पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ बन्यो महासंघ

काठमाडौं, ४ फागुन । क्याटरिङ तथा पार्टीप्यालेस व्यवसायीहरूको छाता संगठन नेपाल पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीसंघ (इभेन्ट एण्ड भेन्यु एसोसिएन अफ–नेपाल) देशको पाहाडी क्षेत्र बाहेक सातै प्रदेशमा शाखा विस्तार गर्न सफल भई महासंघमा रूपान्तरण भएको अध्यक्ष अनिल शर्माले जानकारी दिइएका छन् । करिब ८ वर्षअघि मात्र ७ व्यवसायीरुको अगुवाईमा संघलाई इभा नेपालको नाम दिई विधिवतरुपमा दर्ता गरिएको थियोे । संघले नेपालभरका  पार्टी प्यालेस तथा क्याटरिङ… विस्तृत समाचार

​केएल टावरमा मोबाइल मेला

काठमाडौं, २ फागुन । राजधानीको चुच्चेपाटीस्थित केएल टावरमा रहेको केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित मोबाइल मेला सुरु गरेको छ ।  भ्यालेन्टाइन डे अवसर पारेर एउटा मोबाइल खरिदमा जोडीलाई नै मोबाइल दिने उद्देश्यले अफर ल्याइएको कम्पनीले बताएको छ ।   केएल टावरको भुइँतलामा रहेको मोबाइल हबले हरेक मोबाइल खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित ‘अफरभित्र पनि अफर’ नामक मोबाइल मेला… विस्तृत समाचार

​सूर्योदय लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत

काठमाडौं, २८ माघ । स्याङ्जाको पुतलीबजारमा मुख्य कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तिय संस्थाको तीन लाख ३३ हजार दुई सय कित्ता सेयर सूचिकृत भएकोछ । नेप्सेले आइतबार सूचना जारी गर्दै सो कुराको पुष्टि गरेको हो । सो लघुवित्त कम्पनीले केन्द्रीय बैंकले तोकेको चुक्ता पुँजि पु¥याउने उद्देश्यले ७० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । थप भएका शेयरहरु प्रतिकित्ता ९११ रुपैयाँका दरले समायोजन गरिएको नेप्सेले जनाएको छ… विस्तृत समाचार