चलचित्र

​अमेरिकामा अन्जु र राजुसँगै झुमे दर्शक

काठमाडौं । गायिका अञ्जु पन्तसँगै अमेरिकाका नेपाली दर्शक झुमेका छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित ‘नेपाली म्युजिक फेस्टिभल–२०१८’मा अञ्जुले नचाउन सफल भएकी हुन् । नाफा नकमाउने उद्धेश्यले सन् २००६ मा अमेरिकामा दर्ता भएको नेपालीहरुको समाजसेवी संस्था हिमालयन फाउन्डेसन कर्पले जुलाई १४ मा आयोजना गरेको सो फेस्टिभलमा चर्चित गायिका अन्जुसँगै अर्काए चर्चित गायक राजु लामाका साथमा द एक्स ब्याण्डले आफ्ना सुमधुर गीत प्रस्तुत गरेका थिए ।… विस्तृत समाचार

भिडियोमा आयो पल र आँचलको प्रेम (भिडियोसहित)

काठमाडौं । चलचित्र क्षेत्रमा चर्चित जोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘जुनमा राखुँ तिमीलाई’ बोलको गीतमा पल र आँचलको प्रेमिल भाव देख्न सकिन्छ । प्रदीप ढकाल र निकिता थापाको स्वरको गीतमा बिष्णु बाबु देवकोटाको शब्द र गायक ढकालकै संगीत छ । बिकास सुवेदीको निर्देशनमा बनेको भिडियोलाई नायक पल शाहले नै कोरियोग्राफी गरेका छन् । अनिल कुमार… विस्तृत समाचार

​काठमाडौंमा सुनिए सिक्किम–दार्जिलिङका कवि

काठमाडौं । २०५औँ भानुजयन्ती तथा आफ्नो छैठौँ वार्षिक उत्सवको  अवसर पारी भारतका सिक्किम, दार्जिलिङ, सिलगुडी, मिरिकलगायतका कविहरुलाई काठमाडौं निम्त्याएर नेपाली वाङ्मय परिषद्ले नेपाली कविताका बारेमा अन्तरक्रिया गर्नुका साथै विशेष कविगोष्ठीको आयोजना गरेको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, आख्यान विभाग प्रमुख मातृका पोखरेल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नारद हार्तम्छालीको पनि उपस्थिति… विस्तृत समाचार

​‘भारत’छाडेर हलिउड फिल्ममा प्रियंका

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ प्रोजेक्ट ‘भारत’लाई थाँती राखेर न्युयोर्क गएकी छन् । हलिउड फिल्मको सुटिङका लागि उनी त्यहाँ गएको बताइएको  छ । प्रियंका बलिउड फिल्म ‘भारत’का लागि अनुबन्धित छिन् । तर, ‘भारत’भन्दा पहिले उनी हलिउड फिल्ममा व्यस्त हुने भएकी छन् । भनिन्छ, प्रियंकाले हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’मा अभिनय गर्दैछिन् । जसमा प्रियंका हलिउड स्टार लियाम हेम्सवर्थका साथ देखिने भएकी छन्… विस्तृत समाचार

​राजकुमारको ‘बाजेले भन्थे...’ (भिडियो)

काठमाडौं । गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे...’ बोलको गीत तथा  भिडियो सार्वजनिक भएको छ । उक्त गीत युट्युवमार्फत सार्वजनिक गरिएको हो । यसे गीतको भिडियोलाई राजकुमार महर्जनले निर्माण गरेका हुन । ‘यो मन’ नामक एल्वममा समावेश रहेको यस गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन तथा निर्देशन गरेका हुन् । गीतमा निराजन प्रधान र मनिषा श्रेष्ठलाई फिचरिङ  गरिएको छ । गायक गिरीको जन्मदिनको अवसर पारेर… विस्तृत समाचार

​पुस्तकमा नेपालीभाषी भुटानी पीडा

काठमाडौं । भुटानमा नेपालीभाषीमाथि गरिएको अत्याचारमा केन्द्रित रहेर नेपालीभाषी भुटानी साहित्यकार तुम्बेहाङ लिम्बूद्वारा लिखित ‘किनाराको प्रश्न’ कविता संग्रह बजारमा आएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य परिषद् भुटानको आयोजना र घनश्याम सांस्कृतिक प्रतिष्ठानको सहआयोजनामा भएको कार्यक्रममा संग्रहको समालोचक तथा सौन्दर्य चिन्तक निनु चापागाईं, समालोचक प्रा. डा. गोपीन्द्र पौडेल, प्राज्ञ तथा कवि श्रवण मुकारुङ, र साहित्यकार सीता शर्माले संयुक्त रुपमा सार्वजनिक गरे ।  उक्त संग्रहसँगै नेपाली… विस्तृत समाचार

​मंगलबारदेखि बक्स अफिस प्रणाली

काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा लामो समयदेखि बहसमा रहेको बक्स अफिस प्रणाली ‘ई–टिकेटिङ सिस्टम’ १ साउन मंगलबारदेखि लागू हुने भएको छ । तत्कालका लागि उपत्यकाभित्रका सिनेमा हलमा ‘बक्स अफिस प्रणाली’ लागू गर्न लागिएको हो । पूर्वनिर्धारित मितिअनुसार १ साउनदेखि उपत्यका सिनेमा हलहरुमा बक्स अफिस प्रणाली लागू गर्न लागिएको हो । विकास बोर्डको अध्यक्ष निकिता पौडेलको नियुक्तीसँगै बक्स अफिस प्रणाली ‘इ–टिकेकटिङ’बारे बहसले तिव्रता पाएको थियो ।… विस्तृत समाचार

कपडा व्यवसायी संघको फेसन शोमा दर्जन मोडल

काठमाडौं । फेसनप्रति हिजोआज सबैको चासो बढ्दै गएको छ । यससँगै फेसन शोहरु पनि धमाधम हुन थालका छन् । फेसन शो कपडा तथा पहिरन उत्पादकका लागि प्रचारको राम्रो ‘प्लेटफर्म’ हो ।  यस्तै, नेपाल कपडा तथा सिलाई व्यवसायी संघले पनि पहिलोपटक ‘फेशन शो’ गरेको छ । राजधानीमा शनिबार आयोजित ‘एनसिएमटीए फेशन शो २०१८’ मा दर्जनबढी मोडलहरु विभिन्न परिवेश र संस्कृति झल्काउने भेषभुषामा ¥याम्पमा हिँडेका थिए । … विस्तृत समाचार

​‘इन्गेजमेन्ट’ त भयो, अब विवाह कहिले ?

काठमाडौं । नेपाली फिल्मकी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज प्रेममा थिए । जसलाई आधिकारिता दिएका छन्, इन्गेजमेन्ट गरेर । पछिल्लो पुस्ता विशेषगरी कलाकारहरु ‘लिभ इन टुगेदर’मै बढी रमाउन चाहन्छन् । तर, ‘फेमिलियर’ प्रेम रोमान्समा रहेका प्रियंका र देशराजले औंठी साटेर समाज र आफ्ना सहकर्मीलाई ‘हामी अर्जिनल जोडी’ भन्ने देखाएका छन् । शनिबार यी चर्चित प्रेमजोडीले ‘इन्गेजमेन्ट’ गरेपछि फिल्मी अनलाइनहरुले ‘ब्रेकिङ’ र ‘एस्क्लुसिभ’ भन्दै… विस्तृत समाचार

​‘टाइटल विनर फेशन शो’मा विजेता मोडलहरु

काठमाडौं । विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरुलाई एउटै स्टेजमा उतारिएका छन् । पेजेण्ट नेपालले १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरुलाई लिएर ‘टाइटल विनर फेसन शो’ गरेको हो । पहिलोपटक आयोजित उक्त शोमा पहिलो सिक्वेन्स टिशर्ट राउण्ड, दोश्रो क्रियटिभ डिजाईन तथा विभिन्न वेष्टेज वस्तुबाट निर्मित पहिरनहरुको डिजाइन प्रस्तुत गरिएको थियो । ममता बस्नेत, जानुका राई, सुमित रजकलगायतको डिजाइनमा उपाधी विजेता मोडलहरुले ¥याम्प नापेका थिए… विस्तृत समाचार