चलचित्र

जात्रा पोज

चलचित्र ‘जात्रा’को प्रिमियर शोमा कलाकार प्रेक्षा बज्राचार्य (बायाँ) र वर्षा राउत ।  विस्तृत समाचार

धुर्मुस–सुन्तलीको फिल्म देखाउँदै मन्त्रालय

काठमाडौं, २० कात्तिक । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न गराउन जिल्ला विकास समितिहरुलाई परिपत्र गरेको छ । फाउन्डेसनद्वारा निर्मित सो चलचित्र ‘प्रथम नेपाली बालमैत्री चलचित्र’ भएको दाबी गर्दै मन्त्रालयले प्रदर्शनका लागि आवश्यक व्यवस्था मिलाइदिन १६ वटा जिल्लालाई पत्रिपत्र गरेको राजधानी दैनिकमा समाचार छ । मन्त्रालयले हाल ललितपुर, काभ्रे, सिन्धुपाल्चेक, रामेछाप, दोलखा, नुवाकोट महोत्तरी लगायतका जिल्लालाई पत्रिपत्र गरेको… विस्तृत समाचार

चलचित्र छायाङ्कन स्थल बन्दै पाल्पा

–कृष्ण दर्नाल  पाल्पा, १९ कात्तिक । पछिल्ला वर्षमा पाल्पा चलचित्र छायाङ्कन गर्ने केन्द्र बन्न थालेको छ । ग्रामीण परिवेशसहित रमणीय क्षेत्रका रुपमा रहेको पाल्पालाई चलचित्र छायाङ्कनका लागि रोज्न थालेपछि यहाँका सुन्दर स्थल देश तथा विदेशका मानिसले समेत हेर्ने अवसर पाउने भएका छन् ।  पहाडी जिल्ला पाल्पामा कथावस्तुले मागेजस्तै गरी आवश्यक चलचित्र छायाङ्कन गर्न सहज हुने भएपछि पछिल्ला वर्षमा साना तथा ठूला चलचित्रका लागि धाउन थालेका… विस्तृत समाचार

​किन फिल्म खेल्न छाडे आर्यन ?

काठमाडौं, ८ कात्तिक ।  नायक आर्यन सिग्देलले नयाँ फिल्ममा अभिनय नगरेको  करिब एक वर्ष भइसक्यो । आखिर किन उनले नयाँ फिल्ममा अभिनय गरीरहेका छैनन् ? फिल्म नपाएर होइन ।  पछिल्लो समय आफ्नो ब्यानरका फिल्ममा मात्रै अभिनय गर्ने घोषणा गरेका आर्यनलाई निर्माताले निरन्तर नै ‘फिल्म अफर’ गरिरहेका हुन्छन् । तर, उनी बाहिरी ब्यानरका फिल्ममा अभिनय गर्न रुचि नै देखाउँदैनन् । किन त आर्यन फिल्म खेल्दैनन् ?… विस्तृत समाचार

​फिल्म हेर्दा पनि उपहार

काठमाडौं । कार्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले हजार समाऔँ, लाख कमाऔँ अफर सार्वजनिक गरेको हो । जात्रा नेपाली फिल्म फेसबुक पेज लाइक गरेर जो कोहीले उक्त अफर लिन सक्नेछन् । जात्रा फिल्मको अफिसीयल पेजमा रहेको छोटो भिडियोबाट क्लीक गरेर हजारको नोट समाएर यो अफरमा सहभागी हुन सकिने निर्देशक… विस्तृत समाचार

‘भकुन्डो’सँग जोडिँदै व्याकुल माइलाको जन्मथलो

काठमाडौं, २ कात्तिक । राष्ट्रिय गान सर्जक व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको थाक्लेस्थित दूधकोसी किनारमा उनकै नामबाट फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । फुटबलका माध्यमबाट गाउँको विकासमा लागिपरेका स्थानीय युवालाई राष्ट्रिय गान सर्जक माइलाले साथ दिँदै आएका छन् । त्यसअनुरूप स्थानीय क्षेत्रमा सकारात्मक प्रभावसमेत देखिन थालिसकेको छ । दसैं–तिहार आसपास सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्डकप यसपटक मनसुनको असरले फागुनमा सरेको आयोजकले जनाएको छ ।… विस्तृत समाचार

प्रियंका र दीपाश्रीको चुम्बनले दीपकलाई आपत् !

काठमाडौं, २८ असोज । दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्कापन्जा’ छैटौं हप्तामा लागेको भन्दै नायिका प्रियंका कार्कीले रमाइलो तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा प्रियंका र दीपाश्रीले अभिनेता दीपकराज गिरीलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । दीपकराज र प्रियंका यस चलचित्रमा मुख्य भूमिका छन् । प्रियंकाले फेसबुक पोस्टमार्फत दर्शकलाई धन्यवाद भनेकी छन् । विस्तृत समाचार

मोडल र निर्देशकको भेट

फ्रान्समा आयोजित लुमियर फेस्टिभल उद्घाटन समारोहमा मोडल तथा गायिका डेनियल्ला पिकसँग निर्देशक क्वाइन्टिन टारन्टिनो । तस्बिरः एपी विस्तृत समाचार

पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक

इस्लामावाद (पाकिस्तान), १६ असोज । पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको संघले पाकिस्तानभर भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।  केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरुको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आईएमपीपीए)ले पाकिस्तानी कलाकार तथा चलचित्र प्राविधिकहरुलाई भारतीय चलचित्र उद्योग (बलिउड) मा… विस्तृत समाचार

‘म त मान्दिनँ’ भन्दै छन् राजेश पायल

काठमाडौं, १६ असोज । गायक राजेशपायल राई उर्फ ‘राई इज किङ’को ‘म त मान्दिनँ’ भन्दै दर्शक तथा श्रोतामाझ आएका छन् । यो गीतको भिडियो यू– ट्युबबाट सार्वजनिक भएको छ । ‘दर्शन नमस्ते–२’ एल्बममा समावेश यो गीतमा पदम किरातीको शब्द, विनोद खम्बूको संगीत छ ।  चर्चित गायक राईको केही दिनअघि मात्र ‘दर्शन नमस्ते–३’ एल्बम सार्वजनिक भएको छ । यो म्युजिक भिडियो पूर्वका भेडेटार र इटहरीको मनोरम… विस्तृत समाचार