चलचित्र

​सिर्जनाको स्वरमा रिमाको पिडा

काठमाडौं, ३ जेठ । गायिका सिर्जना गुरुङको स्वरमा ‘किन दुख मान्छौं’ बोलको गीत सार्वजनिक भएको छ ।  युट्युबबाट सार्वजनिक गरिएको यस गीतमा विपी वाग्लेको शब्द संगीतमा   सिर्जना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ । पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।… विस्तृत समाचार

​ऐश्वर्या भन्छिन्, ‘महिलाले मेकअप गर्नु मुर्खता होइन’

काठमाडौं, ३ जेठ । फ्रान्समा जारी ७१औं कान्स फिल्म फेस्टिवलमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आर्कषक बन्दै आएकी छन् । यी बलिउड सुन्दरीले बिहीबार पत्रकारसँग संक्षिप्त कुुराकानी गर्न भ्याइन् । पत्रकारहरुले उनलाई ‘किन समाजमा महिला कमजोर देखिन्छन् ?’ भन्ने प्रश्न सोधेका थिए । ऐश्वर्याले पत्रकारहरुको प्रश्नमा भनिन्, ‘समाज यस्तो सोचाइबाट माथि उठ्न जरुरी छ । सोच्छन् कि मेकअप गर्ने महिलासँग दिमाग हुँदैन ।’ कुराकानीकै क्रममा ऐश्वर्याले… विस्तृत समाचार

​पंकज उदासको फिल्म जस्तै प्रेमकथा

काठमाडौं, ३ जेठ । गजल प्रेमीको मनमुटुमा सधै बस्न सफल गजलकार हुन् भारतीय गायक पंकज उदास । सयौ कालजयी गजलका यी स्रष्टाले आज ६७औं जन्मदिन मनाउँदैछन् । १७ मे १९५१ मा गुजरातमा एक जमिन्दार परिवारमा जन्मिएका पंकजले गजलमार्फत नै आफूलाई संसारभर चिनाएका छन् । पंकजको प्राय सबै गजल प्रेममिल छन् । उनको आफ्नै प्रेम जीवन पनि कुनै फिल्मको कथाभन्दा कम छैन । कुरा ७० को… विस्तृत समाचार

​पासाङसँग आँचलको रोमान्स

काठमाडौं, ३ जेठ । मोडल तथा अभिनेत्री आँचल शर्मा अभिनित ‘त्यो पहिलो नजरलाई’ दर्शकले रुचाएका छन् । पासाङ योञ्जन लामा निर्देशित उक्त भिडियोमा आँचलको निकै बोल्ड दृश्य दिएकी छन् । भिडियोमा आँचलसँग भिडियोका निर्देशक तथा भिजे पासाङले रोमान्स गरेका छन् । एञ्जिला गौचनको स्वर रहेको यस भिडियो मेरो अनलाईन टिभी र पिवाइएल टिभीमार्फत सार्वजनिक गरिएको हो ।  ‘थाहा पाए तिमो बानी’ नामक गीतबाट कुनैबेला  चर्चा… विस्तृत समाचार

​‘रेस–३’बारे सलमानको यस्तो खुलासा

काठमाडौं, २ जेठ । बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस–३’ को ट्रेलर सार्वजनिक भएको छ । आम दर्शक यस फिल्मको पर्खाइमा छन् । यसैबीच सलमानले ‘रेस–३’लाई लिएर एक खुलासा गरेका छन् ।  सलमानले दुर्ई वर्षअघि यो फिल्म गर्न इन्कार गरेका थिए । ट्रेलर सार्वजनिक गरेपछि सलमानले भने, ‘मलाई यो फिल्मका लागि दुई वष पहिलो अफर आएको थियो । मलाई लागेको थियो, रेस जस्तो थ्रिलर फिल्मका… विस्तृत समाचार

​१८ बुँदे सम्झौतामा के छ ?

काठमाडौं, २ जेठ । चलचित्र प्रर्दशकको संस्था नेपाल चलचित्र संघ र निर्माताको संस्था नेपाल निर्माता संघबिच १८ बुँदे सहमति भएको छ । निर्माताले चलचित्र नै चल्न नदिने भन्दै आन्दोलनको धम्की दिएपछि यी दुई संघबीच सम्झौता भएको हो । चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हस्ताक्षर गरेको १८ बुँदे सम्झौता पत्रमा आखिर के छ त ? यी १८ वटा बुँदाले निर्माताहरुको… विस्तृत समाचार

​अभिनेत्री स्टिवर्ट नांगो खुट्टाले हिडेपछि...

काठमाडौं, २ जेठ । हलिउड अभिनेत्री क्रिस्टन स्टिवर्ट कान्स फिल्म फेस्टिवलमा आलोचित बनेकी छन् । यी अभिनेत्रीले कान्सको नियम तोडेकी छन् । कान्समा रेड कारपेटमा नांगो खुट्टाले हिड्न पाइँदैन । तर, क्रिस्टलले नियमको वास्तै नगरी हातमा स्याण्डल लिएर खाली खुट्टाले हिडिइन् । प्रशंग सोमबारको हो । उनी सुरुमा रेड कारपेटमा कालो हिल्स लगाएर झल्किइन् । तर, त्यसको केही मिनेटपछि रेड कारपेटमा उनले फोटोग्राफरलाई केही पोज… विस्तृत समाचार

​सारिकाको ‘मनको कुनामा...’

काठमाडौं, २ जेठ । पछिल्लो समय मोडल सारिका केसी म्युजिक भिडियोमा व्यस्त हुँदै आएकी छन् । सारिका आधुनिक र लोक दुवै गीतको भिडियोमा जम्दै आएकी छन् । यिनै सारिका अभिनीत  ‘मेरो मनको कुनामा’ बोलको भिडियोमा सुार्वजनिक भएको छ । जसमा रमेश थापासँग रोमान्स गरेकी छन् ।  शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत ‘मेरो मनको कुनामा’ मा जमुना गैरे र विशाल पाख्रिनको संयुक्त… विस्तृत समाचार

​भिडियोविनै करोडभन्दा बढी भ्युअर्स

काठमाडौं, १ जेठ । गीतकार दर्पण राईको ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतले भिडियोविनै एक करोड बढी दर्शक तथा श्रोता पाएको छ । हो, ‘तिम्ले बाटो फेरेऊ अरे’को यु–ट्युबमा एक करोड बभ्युअर्स । म्युजिक भिडियोको जमानालाई चनौती दिँदै आफ्नो गीतले करोड बढी भ्युअर्स पाएको अवसरमा मोडल तथा भिडियो निर्देशकसमेत रहेका दर्पणले केक काटेर खुुशी बाँडेका छन् ।   मंगलबार राजधानीमा गीतमा सम्बन्धित कलाकार तथा पत्रकारको भेला गरी… विस्तृत समाचार

एउटै स्टेजमा दर्जन व्यवसायी मोडल

काठमाडौं, १ जेठ । नेपालका ब्यवसायी तथा उत्कृष्ट मोडल नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्कालगायत २४ मोडल एउटै स्टेजमा प्रस्तुत हुँदैछन् । आगामी ११ जेठमा सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा हुने ‘दलजित सुदान फेसन रनवे–२०१८’मा यी मोडल एकसाथ ¥याम्पमा उत्रिन लागेका हुन् । नेपालमै पहिलोपटक १९२ फिट लामो युसेफ ¥याम्प स्टेजसहित शो हुन लागेको आयोजकले जनाएको छ । सोमा नेपालका… विस्तृत समाचार