चलचित्र

चलचित्र ‘गाँठो’ बजारमा

इटहरी, २६ साउन । नयाँ परिवेशमा मानिसको व्यक्तिगत जीवनशैली र समाजभित्रको मानवीय सम्बन्धका विषयलाई समेटेर तयार पारिएको कथानक चलचित्र ‘गाँठो’ चाँडै दर्शकमाझ आउने बताइएको छ ।  इटहरी मलमा आज आयोजित पत्रकार सम्मेलनमा चलचित्र गाँठोले नयाँ पुस्तामा त राम्रो व्यापार गर्ने तथा पुराना पुस्तालाई पनि राम्रो सन्देश दिने उद्देश्यले चलचित्र निर्माण भएको जानकारी दिइयो ।  विशेषगरी कास्कीको पोखरा र गुल्मी तथा आसपासका मनोरम दृश्यसँग रमाउँदै कलाकारले… विस्तृत समाचार

गाउँबाटै निरन्तर छिनाम (भिजुलसहित)

भिजुअल हेर्न यहाँ क्लिक गर्नुहोस् । काठमाडौं, २३ साउन । संगीतकार शरण छिनामलाई ‘बाटो हिँड्ने बटुवा’ बोलको गीतले दर्शक÷श्रोतामाझ चिनाएन मात्र कि संगीत र शब्दतर्फ ‘हिट्स अवार्ड’ नै दिलायो । योसहित सातवटा गीत समेटिएको एल्बम ‘बटुवा’ उनले २०६४ सालमा बजारमा ल्याएका थिए । अहिले उनी अर्को एल्बमको तयारीमा जुटेका छन् । ‘बटुवा २’ बजारमा ल्याउने तयारी रहेको उनी सुनाउँछन् ।  ‘बटुवा’ एल्बम निकालेर जन्मथलो पाँचथर… विस्तृत समाचार

चलचित्र निर्देशक समाजमा महिलाको नेतृत्व

काठमाडौं, १६ साउन ।  देशका महत्वपूर्ण पदमा धमाधम महिलाहरुले नेतृत्व गरिरहदा चलचित्र निर्देशकहरुको संस्थामा नेतृत्वमा पनि महिला  बिजयी भएकी छिन् । चलचित्र निर्देशक समाजको अध्यक्षमा सुचित्रा श्रेष्ठ विजयी भएकी हुन् ।  शनिबार राजधानीमा सम्पन्न समाजको ११औा साधारणसभामा सुचित्राले  आफ्ना प्रतिस्पर्धी राजु केसीलाई ३४ का विरुद्ध ६९ मतले पराजित गरेकी हुन् । तीन वर्षीय कार्यकालका लागि भएको निर्वाचनबाट समाजको उपाध्यक्षमा रक्षासिंह राणा र दीपक खाण विजयी… विस्तृत समाचार

​केपी ओलीबारे के भन्छन् कलाकार ?

 रेजिना पाण्डे  काठमाडौं, १२ साउन ।   राम्रो काम गरेको भनेर प्रशंसा बटुलेका प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा परेपछि आइतबार राजिनामा दिएका छन् ।  सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् । राजिनामा दिएपछि संसदमा सालिन भाषण गरेकोले ओलीको निकै प्रशंसा  र चर्चा भइरहेको छ । राम्रो काम गरेको सरकारलाई नौ महिनामा नै गिराइएको भन्दै  सर्वसाधरणले कांग्रेस र माओवादी केन्द्रको आलोचना गरिरहेका… विस्तृत समाचार

​केपी ओलीले हारेर पनि जिते:राजेश हमाल

काठमाडौं, १० साउन ।  आइतबार राजिनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता झन् बढ्दै गएको छ । राम्रो काम गर्दा गर्दै षड्यन्त्रपूर्वक तरिकाले हटाइएकोमा सहानुभुती राख्दै धेरैले उनको प्रशंसा गरेका छन् ।  आइतबार संसदमा राजिनामा दिने क्रममा निकै सालिन भाषण गरेका कारण ओलीको उचाई बढेको हो । महानायक राजेश हमालले समेत ओलीको प्रशंसा गरेका छन् । ओलीले हारेर पनि  जितेको नायक हमालको प्रतिक्रिया छ ।… विस्तृत समाचार

तीन घुम्ती सिनेमाभित्रको इन्द्रमाया

प्रा.डा. सावित्री कक्षपती । राजनीतिमा म समाजवादी हुँ भने साहित्यमा अराजकतावादी भन्दै आफ्नो लेखनलाई स्थापित गरेका उपन्यासकार बिपी कोइरालाको प्रसिद्ध अस्तित्ववादी उपन्यास ‘तीन घुम्ती’ सिनेमा बनेर दर्शक सामू आइसकेको छ । काठमाडौंका विभिन्न सिनेमा हलमा यो प्रदर्शन भइरहेको छ । उपन्यासको केन्द्रीय पात्र इन्द्रमाया, जसको केन्द्रीयतामा उपन्यासको कार्यव्यापार अगाडि बढ्दै गएको छ, उनलाई दरिली, स्वाभिमानी अस्तित्ववादी पात्रको रूपमा स्थापित गरिएको उपन्यास हो तीनघुम्ती । उपन्यासको… विस्तृत समाचार

​राजेश हमाल महिला बनेपछि...

काठमाडौं, २२ असार ।    ‘सुपरस्टार’   राजेश हमालको नेपाली सिने जगतमा एउटा यस्तो समय थियो, जतिवेला राजेश हमालले खेलेका फिल्म भनेपछि  सुपरहिट हुन्थे ।  त्यहीकारण उनलाई महानायकको उपाधी समेत  दिइएको छ ।  पछिल्ला केही वर्षयता राजेश हमाल फिल्मकै कारण भन्दा पनि सामाजिक सञ्जालमा ‘राजेश दाइ’का कारण चर्चित छन् । तर, यसको अर्थ के होइन भने उनले फिल्ममा अभिनय गर्नै छाडेका छन् । उनी अभिनीत… विस्तृत समाचार

तस्बिरमा चलचित्र पुरस्कार वितरण

दीर्घ साधना सम्मान बुसन्धरा भुसाल, पुरस्कार अभिनेतातर्फ दयाहाङ राई, अभिनेतृतर्फ नम्रता श्रेष्ठलाई प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । साथमा सूचना तथा सञ्चारमन्त्री शेरधन राई ।   विस्तृत समाचार

​नम्रता र दयाहाङ उत्कृष्ट

काठमाडौं, १६ असार ।  नायिका नम्रता  श्रेष्ठ र नायक दयाहाङ राई  यो वर्षको उत्कृष्ट कलाकार घोषित भएका छन् ।    चलचित्र विकास बोर्डले राईलाई उत्कृष्ट अभिनेता तथा श्रेष्ठलाई उत्कृष्ट अभिनेत्री घोषणा गरेको हो ।  बोर्डले बिहिबार राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको हो । जसमा अभिनेतामा कबर्डी कबर्डीबाट दयाहाङ राई र अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठको नाम चयन भएको छ । यस्तै पशुपतिप्रसाद उत्कृष्ट चलचित्र बनेको छ… विस्तृत समाचार

​ सौगात मल्लकी प्रेमिका को हुन् ?

काठमाडौं, १० असार ।  लुट फिल्मबाट नेपाली फिल्म क्षेत्रमा लोकप्रियता कमाएका नायक सौगात मल्ल अविवाहित हुन् । केही वर्षपहिले उनी नायिका सरिता  गिरीसँग प्रेम सम्बन्धमा थिए । तर उनीहरुबीचको प्रेसम  सम्बन्ध  लामो समय टिक्न  सकेन  ।  पछिल्लो समय सौगात अर्की युवतीसँग प्रेम सम्बन्धमा छन्, तर त्यसलाई उनले गोप्य राखेका छन् । गत बुधबार उनको नयाँ फिल्म लुकामारीको पोखरामा प्रिमियर थियो, जसमा उनलाई पत्रकारहरुले प्रेमसम्बन्धबारे प्रश्न… विस्तृत समाचार