मूलखबर

बागमती सफाईमा हवाई सुन्दरीको साथ

काठमाडौं १८ भाद्र । बागमति सरसफाई अभियानको २२५ औं हप्ताको कार्यक्रममा विभिन्न संघसंस्थाका हजारौ हातहरुसंगै रातो पहिरनमा सजिएका सुन्दरीहरुले पनि साथ दिएका छन् । सिनामंगलस्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा रहेको ५ टन फोहोर संकलन गर्नमा वागमति सम्यता अभियन्ताहरु नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीलाई ति सुन्दरीहरुले पनि साथ दिएका हुन ।  सिजन मिडियाद्धारा आयोजीत मिस एयर होस्टेस २०१७ मा सहभागी ४० जना प्रतियोगीहरु… विस्तृत समाचार

​आयल निगमको जग्गा खरिद प्रकरणः संसदीय समिति नै भ्रष्टाचारी जोगाउने खेलमा

काठमाडौं ।  नेपाल आयल निगमले जग्गा खरिदका क्रममा गरेको ६७ करोड रुपैयाँ अनियमिततामा सुरुमा निकै कडिकडाउ ढंगले छानबिनमा उत्रिएका संसदीय समितिका सभापतिदेखि सदस्यहरु अहिले एकाएक सुस्ताएका छन् । गोपाल खड्काले सडकमै गरेको एक अरब भन्दा ठूलो भ्रष्टाचारको उजुरी तामेलीमा राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमको जग्गा खरिदमा ६७ करोड भ्रष्टाचारको छानबिन गर्ने आशा जनमानमा थिएन । तर संसदीय समितिहरुले निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन… विस्तृत समाचार

​अमेरिकी दुतावासको टेवल फार्म

काठमाडौं । अमेरिकी दूतावासले नेपालको कृषि क्षेत्रको सफलतालाई उजागर गर्न ‘टेबल फार्म’ कार्यक्रमको सुरुवात गरेको छ । बजारको आर्थिक क्षमतालाई अधिकतम अवसर दिने उद्येश्यले अमेरिकी दुतावासले यस्तो कार्यक्रम आयोजना गरेको जारी विज्ञप्तीमा जनाईएको छ । कार्यक्रममा कृषि व्यवसायका प्रमुख, खरीददार, आपूर्तिकर्ता, वित्तीय सेवा प्रदायक तथा किसानहरूको उपस्थिती रहेको थियो । यसलाई कृषिसंग सम्बन्धित निकायको साझा थलोको रुपमा विकास पुग्छ भन्ने मान्यता दुताबासले लिएको छ ।… विस्तृत समाचार

​सशस्त्र प्रहरीको खरिदमा यसरी हुन्छ घोटाला

काठमाडौं, २५ साउन । सशस्त्र प्रहरी बलको खरिदमा अनियमितता गरेको आरोपमा त्यतिबेलाका बहालवाला संगठन प्रमुखसहित तीन जना भूतपूर्व आइजीपी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । खरिद प्रकरणमा भएको अनियमिततामा चार पूर्वआइजीपी मुद्दा खेपिरहेका छन् । चार पूर्वआइजीपीविरुद्ध मुद्दा परे पनि सशस्त्रमा खरिदमा अनियमितता रोकिन सकेको छैन । सशस्त्र प्रहरी बलमा गतबर्ष गुणस्तर फेल भएर फिर्ता लाने भनिएका दसौं… विस्तृत समाचार

बालिकाको मृत्युपछि अस्पतालले दियो पाँच लाख

काठमाडौँ, २४ साउन । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ ।  सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पु¥याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए ।  सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न… विस्तृत समाचार

​काठमाडौंका नगरपालिकामा एमालेको खाता खुल्यो

काठमाडौं, ३ जेठ । काठमाडौंको शंखरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठ मेयरमा बिजयी भएका छन् । उप मेयरमा एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ बिजय भएकी छिन् । काठमाडौंका नगरपालिकाहरुमा एमालेको विजय सुरुवात शंखरापुरबाट भएको छ । शंकरापुर नगरपालिकामा एमाले विजयी मेयरमा विजयी सुवर्ण श्रेष्ठले ४८३३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका शंकर तिवारीले २९५० मत पाएका छन् । १८८३ मतान्तरले श्रेष्ठले जितेका छन् । माओवादीकेन्द्रका मेयरका… विस्तृत समाचार

​भरतपुरमा ज्ञवालीको अग्रता कायमै

काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा २ सय ७२ मत बढीले अग्रता हासिल गरेका छन् । ज्ञवालीले १ हजार १ सय ३२ मत प्राप्त गरेका छन् भने दाहालले ८ सय ६० मत पाएकी छिन् ।  विस्तृत समाचार

‘मधेसी मोर्चाको नियतमै खोट’

भक्तपुर, ४ चैत । एमाले नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राईले मधेसी मोर्चाको नियतमै खोट भएकाले तोकिएकै मितिमा कुनै पनि हालतमा निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । ‘मधेसी मोर्चा कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको छ,’ रफत सञ्चार क्लबद्वारा बिहीबार आयोजित साक्षात्कारमा उनले भने, ‘पटक–पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चा कुनै पनि हालतमा संविधान संशोधन गर्न चाहेको छैन, विभिन्न बहानाबाजी… विस्तृत समाचार

एमाले अखिलमा विवाद, महासचिव महरले बोलाए विशेष भेला

काठमाडौं, २५ साउन । एमाले निकट अनेरास्ववियुमा संस्थापन पक्ष निकट नेताहरुबीच नै विवाद चर्किएको छ । विभागको कार्यविभाजनदेखि नै अध्यक्ष नवीना लामासँग असन्तुष्ट रहेका महसचिव ऐन महरले आगामी भदौ ४ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा केन्द्रीय कमिटीको विशेष भेला बोलाएका छन् । संगठनमा निर्णय नगरी उनले भेला बोलाएको अध्यक्ष लामाले दृष्टिलाई बताइन् । उनले भनिन्, मलाई भेला बोलएको बारेमा केही थाहा छैन । जसले फेसबुकमा… विस्तृत समाचार

यस्ता छन् मन्त्रीपरिषद्का ५ निर्णय

काठमाडौं, २ असार  बिहिबारको मन्त्रीपरिषद् बैठकदे विभिन्न  ५ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ   बैठकले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले २०७३ साउनभित्र भाषा आयोग, स्थानीय तहको निर्वाचन र न्याय प्रशासनसम्बन्धी ऐन ल्याउने, प्रदेशको सीमाङ्कनका लागि सुझाव लिन सङ्घीय आयोग गठन गर्ने, भदौभित्र उच्च अदालत गठन गर्ने, असोजभित्र संवैधानिक निकाय र… विस्तृत समाचार