मूलखबर

राष्ट्रपतिसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं, २८ जेठ । स्विट्जरल्यान्डका राजदूत डा. उर्स हरेनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच रहँदै आएको आपसी सम्बन्ध, सहयोग र हितलगायत विषयमा छलफल भएको थियो । राजदूत हरेनले नेपालमा रही निर्वाह गरेको भूमिकाको सराहना गर्दै राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।   विस्तृत समाचार

अख्तियारले खोज्ने भयो हदबन्दी भन्दा बढी जग्गा

काठमाडौं, २८ जेठ  । हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणि दीक्षित र उनका पिता कमलमणि दीक्षितको हदबन्दी भन्दा बढी जग्गा रोक्का गर्न आदेश दिएको भोलिपल्ट शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार त्यस्ता जग्गा सबै खोजी गरी नेपाल सरकारका नाममा कायम गर्न निर्देशन दिएको छ । अख्तियारको विज्ञप्तिमा उल्लेख छ–भूमिसुधार ऐन–२०२१ विपरीत हदबन्दीभन्दा बढी लुकाई छिपाई राखेको जग्गा खोजी गरी सत्य–तथ्य पत्ता लगाउन गठित छानविन समितिले भूमि सुधार… विस्तृत समाचार

​वामदेव पनि फेरिए, भन्छन्,–सरकार परिवर्तन गर्नु हुँदैन

पोखरा, २६ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिसाएका वामदेव गौतमको पनि कुरा फेरिएको छ । तत्काल वर्तमान सरकार परिवर्तन नहुने उनले बताएका छन् ।    प्रेस चौतारी नेपाल कास्कीले बुधबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन सरकार अगाडि बढेकाले अहिले नै सरकार नढल्ने दाबी गरे ।   राष्ट्रिय सहमतिको सरकार… विस्तृत समाचार

​एमालेमा सात सय भन्दा धेरै नेताले पाए जिम्मेवारी

काठमाडौं, २२ जेठ । महाधिबेशनको करिब २ वर्षपछि नेकपा (एमाले) ले ३१ वटा विभागलाई पूर्णता दिएको छ । पार्टी महासचिव ईश्वर पोखरेल नेतृत्वको टिमले विभागलाई पूर्णता पाएको हो । विभागमा पूर्णतासँगै सात सय भन्दा धेरै नेताहरुले जिम्मेवारी पाएका छन् ।  एमालेले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा ३१ वटै विभागका प्रमुख, उपप्रमुख र सदस्यहरुको नाम सार्वजनिक गरेको छ । पार्टी   इश्वर पोखरेल र बरिष्ठ नेता झलनाथ खनालसहित… विस्तृत समाचार

४ रेक्टरमाथिकाे ४६०अाैं पराकम्प

काठमाडाैं, २१ जेठ । सिन्धुपाल्चोक सेरमाथाङ आसपास केन्द्रविन्दु बनाएर शुक्रबार  बिहान ५ बजेर १० मिनेट जाँदा अर्काे एउटा पराकम्प गएको छ । काठमाडाैंमा पनि धक्का महसुस  गरिएको पराकम्प ४.४ रेक्टर स्केल मापन गरिएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ को महाभूकम्पपछि गएकाे ४ रेक्टर स्केलमाथिकाे याे ४६०अाैं  पराकम्प थियाे । विस्तृत समाचार

निजामती ट्रेड युनियन निर्वाचन: कर्मचारी संगठनको सानदार जीत

काठमाडौं, १९ जेठ । बुधबार भएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन परिणाम अनुसार नेपाल निजामती कर्मचारी संगठनले फराकिलो अग्रता हासिल गरेकाले ट्रेड युनियनमा संगठन पहिलो शक्ति बन्ने भएको छ । जम्मा ११७ विभागीय र जिल्ला समितिमा प्राय: सबै परिणाम आएको छ । १ सय १७ विभागीय र जिल्ला समितिमा ८० भन्दा बढी मन्त्रालय, विभाग र जिल्लामा निजामती… विस्तृत समाचार

लाेकप्रिय बजेटदेखि तर्स्याे कांग्रेस, एकै दिन तेस्राेपटक संसद अवरूद्ध -

काठमाडाैं, १७ जेठ । सरकारले लाेकप्रिय बजेट ल्याएपछि तिल्मिलाएकाे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले त्यसकाे प्रतिकार सुरू गरेकाे छ । साेमबार व्यवस्थापिका संसदकाे बैठक तीनपटक अवरूद्ध पारेर कांग्रेसले संसद अब मुठभेडतिर लैजाने संकेत दिएकाे छ । बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसद तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बजेटको विवरण संसदमा पेश हुनु अगावै पत्रपत्रिकाबाट सार्वजनिक भएकोमा आपत्ति जनाउँदै छानबिनको माग गरे । उनकाे मागपछि कांग्रेस… विस्तृत समाचार

पदकमा भागशान्ति जिन्दाबादः मदन ‘नेपालरत्न, अाश्रित ‘माने न मुने’

नवाैं गणतन्त्र दिवशकाे अवसर पारेर सरकारले हजाराैंलाइ मानपदवी, अलंकार, पदक र प्रशंसापत्रकाे घाेषणा गरे पनि सबै ठूला पदक भने पार्टी र नेताहरूले अाअाफ्ना मान्छेका लागि भागशान्ति जिन्दाबाद गरेका छन् । यसरी भागशान्ति गर्ने नाममा पदक दिएर मानभन्दा पनि कतिकाे अपमान र अधिकांश त मानपदवीकै अपमान गरिएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना स्वर्गीय पति मदन भण्डारीलाई मरणोप्रान्त राष्ट्रपतिले दिने सबैभन्दा उच्च पदक ‘नेपाल रत्न’ प्रदान… विस्तृत समाचार

बजेटबारे को के भन्छन् ?

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७३/०७४ को बजेटबारे अर्थविद तथा उद्योगी ब्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणा बजेटले निजी क्षेत्रको माग समेटेकाले बजेट निजी क्षेत्रमैत्री भएको बताउँछिन् । बजेटले मुख्यगरी उद्योग र कृषिक्षेत्रलाई समेटेकोले यसबाट कृषि क्षेत्रको उत्पादन बढाउन मद्दत पुग्ने देखिन्छ भन्दै राणाा भन्छिन्,  कार्यक्रम राख्ने तर कार्यान्वयन नहुने भएकाले मूल्यबृद्धि हुने संभावना… विस्तृत समाचार

सहकारी ठग्नेलाई बैंकिङ कसुरमा कारबाही

काठमाडौं, १४ जेठ । सहकारी संस्थाको रकम हिनामिना गर्ने र अवैध ढुकुटी खेल्नेहरु पनि बैंकिङ कसुरको दायरामा ल्याउनेगरी ऐन बन्ने भएको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०७१ मा यस्तो व्यवस्था गरिएको हो । बचत समूहमा रकम हिनामिना गर्नेदेखि ढुकुटीलाई पनि ठगीका रुपमा बैंकिङ कसुरमा कारबाही हुनेछ । ब्यवस्थापिका संसदको मंगलबार बसेको बैठकले बैंकिङ कसुर तथा संजाय ऐन… विस्तृत समाचार