मूलखबर

पाँच वर्ष ओली नै प्रधानमन्त्रीः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै आगामी पाँच वर्ष प्रधानमन्त्री हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।  भरतपुर महानगरपालिका–२२ पदमपोखरीस्थित अमर माध्यमिक विद्यालयको वार्शिकोत्सवका अवसरमा प्रमुख अतिथिको रुपमा मन्तव्य दिँदै प्रचण्डले सो कुरा बताएका हुन् ।  नेकपा एमाले र माओवादी केन्द्र एकता भएर बन्ने नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट ओली आगामी पाँच वर्षसम्म अध्यक्ष बन्ने बताएका छन्… विस्तृत समाचार

पिपलको बोटमा पानी हाल्नै प्रधानमन्त्री ओली बालुवाटार प्रवेश

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन् । बालुवाटारमा यसअघि आफैले रोपेको पिपलको बोटमा पानी चढाउँदै प्रधानमन्त्री ओली भित्र प्रवेश गरेका थिए । यसअघिका प्रधानमन्त्रीहरुले बालुवाटार प्रवेश गर्दा कालो बोको बलि दिने गरेका थिए । आइतबार साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकाल प्रधानमन्त्री भई बालुवाटार छोड्दा गतबर्ष साउन १९ गते समृद्धिको प्रतीकस्वरुप… विस्तृत समाचार

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदै

काठमाडौं, ७ फागुन । एक सय ४ वर्षिय राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेदेखि मनाइदै आएको प्रजातन्त्र दिवस यस वर्ष पनि सरकारले विविध कार्यक्रम गरी मनाउदैछ । सरकारी तहमा गठित मूल समारोह समितिको आयोजनामा काठमाडौंको सैनिकमञ्चमा विहान ९ बजे विशेष कार्यक्रम गरी ६८ औं प्रजातन्त्र दिवस मनाइदैछ भने सिंहदरवार । प्रजातन्त्र दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ ।… विस्तृत समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दलहरुप्रति कटाक्ष

काठमाडौं, ६ फागुन । ६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार साँझ एक शुभकामना सन्देशमार्फत पूर्व राजा ज्ञानेन्द्र शाहले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न चिन्ह उठाएका छन् ।  करिब दुई सय ५० वर्षसम्म नेपालमा शासन गरेका शाह बंशीय राजतन्त्रका अन्तिम उत्तराधिकारी ज्ञानेन्द्र शाहले २०६३ बैशाख ११ गते आफूमा निहित रहेको राजकीय सत्ताको प्रयोग गरी जनतामा परिवर्तनको अवसर दिएको समेत दावी गर्दै दलहरुले जनतालाई सुख र समृद्धि दिन… विस्तृत समाचार

चार घण्टा लामो छलफल निष्कर्षविहिन

काठमाडौं, ६ फागुन । गत असोज १७ गतेको सम्झौताको जगमा उभिएर पार्टी एकता गर्ने प्रयास गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले आइतबार चार घण्टा लामो छलफल गरेका छन् । सो छलफलबाट समेत निष्कर्ष निकाल्न कठिन भएको छ ।  यसअघि पनि पटक पटक घण्टौ छलफल गरिसकेका दुई नेताका बीचमा आइतवारको वार्ताश्रृंखलाले समेत एकता चाहेका आम जनतालाई कुनै नयाँ खुशी दिन सकेन ।  पार्टी एकता र… विस्तृत समाचार

कार्यदलको बैठकअघि ओली–प्रचण्डबीच ‘वान टू वान’ छलफल

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा माओवादी केन्द्रका बीचमा आज हुने भनिएको पार्टी एकता संयोजन समितिको बैठकअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज पनि ‘वान टू वान’ वार्ता हुने भएको छ ।  पार्टी एकताको विषयमा दुई पार्टीका बीच अझै केही कुराहरु मिलाउन बाँकी रहेको तथा छलफलका नयाँ विषयहरु आएकाले थप छलफल हुन लागेको हो ।… विस्तृत समाचार

एनएलजी इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारणसभा

काठमाडौं, ४ फागुन । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बा¥हौं वार्षिक साधारणसभा यही फागुन ३ गते बिहीबार नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौंमा सम्पन्न भएको छ ।  कम्पनीले आव २०७३÷०७४ मा खुद नाफा रु. २३.०९ करोड आर्जन गरेको छ । कम्पनीकोे १२ औं साधारणसभाबाट हाल कायम रहेको चूक्तापूँजी मा २५ प्रतिशतका दरले वोनश दिने निर्णय पारित गरेको छ । उपरोक्त वोनश शेयरपश्चात कम्पनीको चूक्ता पुँजी  ६४ करोड चार… विस्तृत समाचार

​‘हारेका ठूला नेता राष्ट्रियसभामा जानुहुँदैन’

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पराजीत केही उच्च नेताहरुलाई राष्ट्रियसभाको मनोनीत सिटमा लैजाने चर्चा चलिरहेको छ । मनोनीत हुने ३ सिटमा एमाले, कांग्रेस र माओवादी केन्द्रले एक एक भागबण्डा गर्ने र त्यसमा पराजीत भएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका बामदेव गौतम र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई लाने कुरा बाहिर आएको छ ।  ‘पराजीत भएकाहरु ५ बर्षसम्म जनताले जहाँ बस भनेका छन्, त्यहीँ बस्नुपर्छ… विस्तृत समाचार

​टेलिकमको फोरजी सेवा फाइभ जी बराबर हुने

काठमाडौं, ६ पुस ।  सम्झौता सम्पन्न भएको ९ महिनाभित्र सेवा संचालन गरी ३० महिनाभित्र आयोजना सम्पन्न गर्नेगरी नेपाल टेलिकमले बहुचर्चित फोरजी सेवा छिट्टै संचालनमा ल्याउने भएको छ । यसअघि नै मुलुकभर दु्रतगतिको डाटा इन्टरनेट सेवा उपलब्ध गराउने फोरजी प्रविधिमा टेलिकमलाई लैजान खोज्दा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई निकै असहजता सृजना गरिएको थियो । सरकार नियन्त्रित संचार संस्था भएकाले हरेक निर्णयहरु बोर्डबाट स्वीकृति लिनपर्ने र कानुनी… विस्तृत समाचार

​जागिर लम्ब्याउन एआईजीहरुको दौडधुप

काठमाडौं, ४ पुस । चुनाव सकिएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भावी आईजीपीका लागि दौडधुप सुरु भएको छ । चैतदेखि दुवै संगठनमा नेतृत्व फेरिने भएकाले भावी आईजीपीका दावेदारहरु एमाले र माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध विस्तारमा लागिसकेका छन् ।  अब एमाले र माओवादीको सरकार बन्ने लगभग पक्का भएकाले आईजीपीका भावी दाबेदारहरु एमाले र माओवादी नेताहरुसँग दोस्ती बढाउन लागेका हुन् । आईजीपीका भावी दाबेदारहरु बाम गठबन्धनका नेताहरुसँग… विस्तृत समाचार