संगीत

संगीतकार र गायिकाभन्दा जेठो गीत

भिजुअल हेर्न यहाँ क्लिक गर्नुहोस् ​ ​काठमाडौं, २४ पुस । संगीतकार तथा गीतकार शरण छिनाम ‘बटुवा २’ एल्बमको तयारीमा छन् । गीत रेकर्डिङको काम सकेर अन्तिम तयारीमा रहेको बताउने संगीतकार छिनामले हालै युट्युबमार्फत एउटा गीत सार्वजनिक गरेका छन् ।  ‘प्रीतिको फूल फुल्नै नसक्ने मेरो छाती कुनै मरुभूमि होइन, आँसुको दह जम्नु नै पर्ने मेरो आँखा कुनै तलाउ होइन’ बोलको उक्त गीतमा निखिता थापाले स्वर भरेकी छन्… विस्तृत समाचार

‘कुन पापीको आँखा लाग्यो’मा विनोद

भिजुअल हेर्न यहाँ क्लिक गर्नुहोस् । काठमाडौं, १० पुस । भोजपुर गोगनेका युवा विनोद सिप्तुङ्खा प्रायः विदेशतिरै रहन्छन् । सामाजिक कार्यमा उनको चासो मात्र होइन, सक्रियता देखिन्छ । उनी पछिल्लो समय भने मोडलका रूपमा देखापरेका छन् ।  उनले विनोद खम्बूको स्वर–संगीत तथा किराती जेबी राईको शब्द रहेको ‘दुई मुटु हाम्रो जोडिएजस्तै थ्यो, कुन पापीको आँखा लाग्यो’ बोलको गीतमा अभिनय गरेका हुन् । यो गीतको भिडियो… विस्तृत समाचार

लन्डनमा भेटियो झलकमानको गीत

काठमाडौं, ८ मंसिर । ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्...’ गीतबाट ख्याति अर्जेका लोकगायक झलकमान गन्धर्वको ४३ वर्ष पुरानो एउटा नयाँ डिस्क रेकर्ड गीत बेलायतका संस्कृतिविदको घरमा फेला परेको छ । कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले समाचार लेखेका छन् । लोकगायक गन्धर्वले यो संसार छाडेको १३ वर्षपछि बेलायतको वेल्सस्थित नेपाली लोकसंस्कृतिकी जानकार भ्यालेन्टाइन हार्डिङले आफ्नै घरमा सुरक्षित राखेको अवस्थामा भेटिएको हो । ‘द लिभिङ ट्रेडिसन’ नाममा… विस्तृत समाचार

‘गायकगायिका खोज्न बाहिर जानुपर्दैन’

‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा’ बोलको गीतबाट सांगीतिक दम्पती गणेश पराजुली र यशोदा पराजुलीलाई सम्झिरहन्छन् श्रोता÷दर्शक । यति मात्र होइन, ‘सुन माया जाँदै छु म टाढा’, ‘तिमीलाई अपनाऊँ भनेर’, ‘आज फेरि तिम्रो’लगायत थुप्रै चर्चित गीतका यो जोडी हङकङमा बस्दै आएको छ । इलामबाट सांगीतिक यात्रा थालेका गणेशले यशोदासँगको सहयात्रामा ‘गाउँको माया’ २०५६, ‘सहयात्रा’ २०६२ र ‘फुर्सदमा’ २०६८ गरी तीनवटा एल्बम निकालिसकेका… विस्तृत समाचार

बुङ्वाखा पुरस्कारहरू घोषणा

काठमाडौं, १ मंसिर । भाषासेवी डिक बान्तावा ३० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७३’बाट पुरस्कृत हुने भएका छन् ।  बुङ्वाखा पुरस्कार छनोट उपसमितिको बैठकले हालै भोजपुरका बान्तावालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बान्तावा भाषामा लामो समयदेखि कलम चलाउँदै आएका उनको ‘किरात राई बान्तावा शब्दकोश’, ‘बान्तावा राई व्याकरण’लगायत कृति प्रकाशित छन् । उनले बान्तावा चलचित्रहरू ‘सायाबुङ’, ‘सिम्मा’ र ‘साइमा’को लेखन तथा निर्देशन… विस्तृत समाचार

प्रवासीको सहयोगबाट गायनमा अवसर

काठमाडौं, २१ कात्तिक । खोटाङकी बालिका सुस्मिता राई दृष्टिविहीन हुन् । उनी गीत गाउने क्षमता राख्छिन् । शारीरिक अपांगता भएका भोजपुरका नीलमणि भण्डारी पनि गायनमा कम छैनन् ।  यी दुवै जनाले शनिबार भने एकै थलो अर्थात् ‘नवप्रतिभा साँझ’मा आआफ्नो गायन क्षमता प्रस्तुत गरे । प्रवासी नेपालीको आर्थिक सहयोगमा दिया मिडियाले राजधानीमा आयोजना गरेको कार्यक्रममा सुस्मिता र नीलमणिले आआफ्नो गायन क्षमता देखाउने अवसर पाएका हुन् । … विस्तृत समाचार

​हास्यकलाकार धितालको दर्शकलाई अर्को कोसेली

मेलम्ची, ७ कात्तिक । रङ्गकर्मी एवम् मेरी बास्सैका हास्यव्यङ्ग्य कलाकार धिताल चिरिच्याँट्टको दोस्रो साङ्गीतिक गीति कोसेली ‘मलाई छ चर्को’को अडियो बजारमा आएको छ ।  ‘बाउले भन्छन् मलेसिया जा’ भन्ने गीतको अपार सफलतापछि धेरै श्रोताको मन जित्न सफल धितालको अर्को गीति कोसेली सार्वजनिक भएको हो । देशमा भएको बेतिथि र देशमा सिस्टम नभएको कारण युवाले भोग्नु परेको समस्या यस गीतको प्रमुख विषयका रुपमा रहेको छ ।… विस्तृत समाचार

समाचारवाचकलाई लालुपातेले लोभ्याउँदा (भिजुअल)

काठमाडौं, २८ असोज । डीआर मूलतः फोटो व्यवसायी हुन् । राजधानीको अनामनगर चोकमै उनको डीआर फोटो स्टुडियो लामो समयदेखि सञ्चालनमा छ । उनी सफल व्यवसायी त हुन् नै उत्तिकै साहित्य सिर्जनामा पनि तल्लीन छन् । उनको गीतिकारिताले लामो यात्रा तय गरिसकेको छ । उनै गीतकार डीआरको हालै एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । डीआर म्युजिक सेन्टरले युट्युबमार्फत सार्वजनिक गरेको ‘लालुपाते फूलै फुल्यो डाली लर्काई–लर्काई’… विस्तृत समाचार

‘म त मान्दिनँ’ भन्दै छन् राजेश पायल

काठमाडौं, १६ असोज । गायक राजेशपायल राई उर्फ ‘राई इज किङ’को ‘म त मान्दिनँ’ भन्दै दर्शक तथा श्रोतामाझ आएका छन् । यो गीतको भिडियो यू– ट्युबबाट सार्वजनिक भएको छ । ‘दर्शन नमस्ते–२’ एल्बममा समावेश यो गीतमा पदम किरातीको शब्द, विनोद खम्बूको संगीत छ ।  चर्चित गायक राईको केही दिनअघि मात्र ‘दर्शन नमस्ते–३’ एल्बम सार्वजनिक भएको छ । यो म्युजिक भिडियो पूर्वका भेडेटार र इटहरीको मनोरम… विस्तृत समाचार

पन्ध्रौं गीति एल्बमको टेस्ट

गायक रामकृष्ण ढकाल आफ्नो १५ औं गीतिसंग्रह ‘आवरण’को विमोचन कार्यक्रममा गीत गाउँदै । तस्बिर : रासस विस्तृत समाचार