संगीत

पन्ध्रौं गीति एल्बमको टेस्ट

गायक रामकृष्ण ढकाल आफ्नो १५ औं गीतिसंग्रह ‘आवरण’को विमोचन कार्यक्रममा गीत गाउँदै । तस्बिर : रासस विस्तृत समाचार

बेलायतबाट ‘मायाको संसार’

काठमाडौं, ७ असोज । तीन दशकदेखि बेलायतमा बसोबास गर्दै आएका स्याङ्जा क्याक्मीका  घनबहादुर थापा मगर गीति एल्बम ‘मायाको संसार’ लिएर दर्शक÷श्रोतामाझ आएका छन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उक्त एल्बमको विमोचन गरे ।  एल्बम विमोचनपछि गायक तथा संगीतकारसमेत रहेका रसिकले विदेशमा रहेका कवि÷कलाकारले नेपाली साहित्य तथा संस्कृतिलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए । भने, ‘घनबहादुरजी त्यसैको… विस्तृत समाचार

जुहारी गीतभन्दा बढी साहित्य हो : मुकारुङ

काठमाडौं, ४ असोज । गायिका, मोडल तथा नाट्यर्मी पविता पुमा राईले दोस्रो गीति एल्बम ‘मौकैले हो कि’ बजारमा ल्याएकी छन् ।  चिन्डो म्युजिकले आयोजना गरेको कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, संगीतकार पारस मुकारुङ, गीतकार रमेश पौडेल र गायिका राईले संयुक्त रुपमा एल्बम विमोचन गरे । प्राज्ञ मुकारुङले एल्बममा रहेको पूर्वेली जुहारी गीतको चर्चा गर्दै भने, ‘जुहारी गीत संगीतभन्दा बढी साहित्य हो । गाउँमा मेला–पातमा एउटै लय… विस्तृत समाचार

‘मनोकांक्षा २’ ल्याउँदै मुकेश

काठमाडौं, २१ भदौ । यूकेको अक्सफोर्डमा बसोबास गर्दै आएका इलाम पशुपतिनगरका कवि तथा गीतकार मुकेश राई दोस्रो गीति एल्बम बजारमा ल्याउने तयारीमा छन् ।  ‘म खेलेको आँगनको फूल’, ‘ओइली सबै झ¥यो होला’, ‘यो मुटुमाझ तिमीलाई राखी’जस्ता गीतबाट श्रोताको माया बटुलेका गीतकार राई चाँडै ‘मनोकांक्षा २’ लिएर संगीतका पारखीमाझ आउन लागेका हुन् । तीन वर्षअघि बजारमा आएको उनको ‘मनोकांक्षा’ नामक एल्बमले निकै चर्चा पाएको थियो । … विस्तृत समाचार

‘सैलुङपारि हिमाल’मा जितबहादुर

काठमाडौं, २१ भदौ । जितबहादुर खड्का ‘गोपाल’ गीति एल्बम ‘सैलुङपारि हिमाल’ लिएर बजारमा आएका छन् । यस एल्बमको हालै राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गरे । उनले खड्का प्रतिभाशाली व्यक्ति भएको उल्लेख गरे । दोलखा घ्याङ् सुकाथोकर–७ का खड्काको यसअघि ‘हृदयको आँसु’ एल्बम आइसकेको छ । उनको एल्बमबारे प्राज्ञ तथा कवि श्रवण मुकारुङले भने, ‘खड्काको गायनमा दम छ । यो… विस्तृत समाचार

​शाक्यका दुई एल्बम विमोचित

काठमाडौा, १३ भदौ । गायिका अप्सरा शाक्य ( काप्री) को गीति एल्बम ‘कति राम्रो’ र ‘तीजको झल्को’ सोमबारदेखि बजारमा आएको छ ।  गायिका शाक्यको शब्द, सङ्गीत र स्वरमा सजिएका दुवै कृतिमा नेपाली लोककला, साहित्य तथा वेशभूषालाई समेटिएको छ । ती एल्बममा लोकआधुनिक गीत समेत समावेश गरिएको छ । ‘झल्को’मा छायाङ्कन पनि भएको छ ।  यहाा सोमबार आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले एल्बम विमोचन गर्दै नेपालीपनलाई… विस्तृत समाचार

प्रज्ञा भवनमा गुञ्जियो ‘वारि जमुना, पारि जमुना’

काठमाडौं, १२ भदौ । गायक खेमराज गुरुङलाई अन्तिम श्रद्धाञ्जलीका लागि राजधानीको कमलादी स्थित नेपाल प्रतिष्ठानको प्रांगणमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रह्यो । त्यहाँ गायक गुरुङलाई श्रद्धाञ्जली स्वरुप चर्चित गीत ‘वारि जमुना, पारि जमुना जमुनाको फेदैमा मनकामना’ गाइयो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।  गीतकार तथा सञ्चारकर्मी तुल्सी बस्नेतको फेसबुकबाट साभार   विस्तृत समाचार

गायक खेमराज गुरुङको अन्त्येष्टि आज

काठमाडौं, १२ भदौ । ‘वारि जमुना, पारि जमुना, जमुनाको फेदैमा मनकामना’लगायत चर्चित गीतका गायक खेमराज गुरुङको आज (आइतबार) अन्त्येष्टि गरिँदै छ । यही भदौ ९ गते उपचारका क्रममा राजधानीको एक अस्पतालमा ४२ वर्षको उमेरमा उनको निधन भएको थियो । पर्देशमा रहेका उनका परिवारका सदस्य पर्खिंदा उनको अन्त्येष्टि आज मात्र हुन लागेको हो । नेकपा (एमाले)ले गुरुङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिने… विस्तृत समाचार

एमालेको बुझाइमा यस्ता थिए खेमराज गुरुङ

–एक जना आशालाग्दो प्रतिभा मात्र होइन, सामाजिक जागरण र राजनीतिक परिवर्तनको आन्दोलनका अभिन्न सहयात्री थिए  –उनले राजनीतिक पूर्वाग्रहका कारण झुटा मुद्दा झेलेर तीन वर्ष जेल जीवन पनि बिताए काठमाडौं, ११ भदौ । दर्जनौं गीत गाए खेमराज गुरुङले, तीमध्ये ‘वारि जमुना पारि जमुना’ बोलको गीत सर्वाधिक चर्चित बन्यो । उनै चर्चित गायक गुरुङको यही भदौ ९ गते ४२ वर्षको उमेरमा राजधानीमा उपचारका निधन भयो । उनका… विस्तृत समाचार

​योञ्जनका गीत नयाँ पुस्ताका स्वरमा

काठमाडौँ, २ भदौ । सङ्गीतकार गोपाल योञ्जनद्वारा सङ्गीतबद्ध गीत यहाँ आज नयाँ पुस्ताका आठ गायकगायिकाका स्वरमा गुञ्जिएका छन् ।  सङ्गीतकार योञ्जनको ७४औँ जन्मजयन्तीका अवसरमा शुभारम्भ म्युजिकल जर्नीद्वारा आयोजित कार्यक्रमको सुरुआत ११ वर्षीय आयुष्मान विष्टले गाएको गीत ‘बनेको छ पहराले यो छाती मेरो’बाट भयो । उहाँले गाएको राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीतपछि बेनुशा राईले ‘तारी नदेउ ए माझी दाइ माइतीको पाप लाग्ला है’ गाउनुभएको थियो ।… विस्तृत समाचार