संगीत

एमालेको बुझाइमा यस्ता थिए खेमराज गुरुङ

–एक जना आशालाग्दो प्रतिभा मात्र होइन, सामाजिक जागरण र राजनीतिक परिवर्तनको आन्दोलनका अभिन्न सहयात्री थिए  –उनले राजनीतिक पूर्वाग्रहका कारण झुटा मुद्दा झेलेर तीन वर्ष जेल जीवन पनि बिताए काठमाडौं, ११ भदौ । दर्जनौं गीत गाए खेमराज गुरुङले, तीमध्ये ‘वारि जमुना पारि जमुना’ बोलको गीत सर्वाधिक चर्चित बन्यो । उनै चर्चित गायक गुरुङको यही भदौ ९ गते ४२ वर्षको उमेरमा राजधानीमा उपचारका निधन भयो । उनका… विस्तृत समाचार

​योञ्जनका गीत नयाँ पुस्ताका स्वरमा

काठमाडौँ, २ भदौ । सङ्गीतकार गोपाल योञ्जनद्वारा सङ्गीतबद्ध गीत यहाँ आज नयाँ पुस्ताका आठ गायकगायिकाका स्वरमा गुञ्जिएका छन् ।  सङ्गीतकार योञ्जनको ७४औँ जन्मजयन्तीका अवसरमा शुभारम्भ म्युजिकल जर्नीद्वारा आयोजित कार्यक्रमको सुरुआत ११ वर्षीय आयुष्मान विष्टले गाएको गीत ‘बनेको छ पहराले यो छाती मेरो’बाट भयो । उहाँले गाएको राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीतपछि बेनुशा राईले ‘तारी नदेउ ए माझी दाइ माइतीको पाप लाग्ला है’ गाउनुभएको थियो ।… विस्तृत समाचार

ज्योति ​ मगर प्रहरीको शरणमा

काठमाडौं, २ भदौ । गायिका ज्योति मगर कसैले आफ्नो फेसबुक ह्याक गरेर अश्लील सामग्री पोस्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छन् । गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट ह्याक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोस्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकोे नेपाल समाचारपत्र दैनिकमा खबर छ । ह्याकरले अश्लील सामग्री पोस्ट… विस्तृत समाचार

गाउँबाटै निरन्तर छिनाम (भिजुलसहित)

भिजुअल हेर्न यहाँ क्लिक गर्नुहोस् । काठमाडौं, २३ साउन । संगीतकार शरण छिनामलाई ‘बाटो हिँड्ने बटुवा’ बोलको गीतले दर्शक÷श्रोतामाझ चिनाएन मात्र कि संगीत र शब्दतर्फ ‘हिट्स अवार्ड’ नै दिलायो । योसहित सातवटा गीत समेटिएको एल्बम ‘बटुवा’ उनले २०६४ सालमा बजारमा ल्याएका थिए । अहिले उनी अर्को एल्बमको तयारीमा जुटेका छन् । ‘बटुवा २’ बजारमा ल्याउने तयारी रहेको उनी सुनाउँछन् ।  ‘बटुवा’ एल्बम निकालेर जन्मथलो पाँचथर… विस्तृत समाचार

​खेमराज गुरुङ ‘घुमफिर’मा झुल्किए

काठमाडौं, ७ असार । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’जस्ता लोकप्रिय गीतका गायक खेमराज गुरुङ पर्यटन प्रवद्र्धन गर्ने गीत–संगीतको सिर्जनातिर लागेका छन् । यसै क्रममा गायक गुरुङले ‘घुमफिर’ नामक पर्यटन गीतको एल्बम बजारमा ल्याएका छन् ।  नेपाली हिमाली म्युजिकले बजारमा ल्याएको एल्बममा ६ वटा गीत संग्रहित छन् । एउटा गीत कुमार विवाहितको शब्दबाहेक अन्यमा शब्द, संगीतका साथै स्वर गुरुङकै छ । उक्त एल्बमका गीतहरूमा… विस्तृत समाचार

​सफलता चुम्दै गायक वली

काठमाडौं, २९ जेठ ।  ४ दर्जन भन्दा धेरै गीतमा स्वर र संगित दिएका गायक तथा संगितकार भद्र वलीले सुगम संगितको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।  उनै वली थप कर्णप्रिय गीतहरु तयार बनाई सार्वजनिक गर्ने तयारीमा छन् ।   ‘टुक्रा टुक्रा भएको मुटु,’ बोलको गीतामा मा गोविन्द विकको शव्द रहेको छ भने  वलीकै स्वर र सगित रहेको छ । त्यस्तै  ‘मेरो कर्ममा  तिइनौं… विस्तृत समाचार

​संगीतकार गुरुङप्रति एमालेको श्रद्धान्जली

काठमाडौं, २५ जेठ । नेकपा एमालेले वरिष्ठ सङ्गीतकार, राष्ट्र गानका सङ्गीत–सर्जक एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति अम्बर गुरुङको दु:खद् निधनले नेपाली सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको जनाएको छ । संगीतकार गुरुङको निधनले एमाले स्तव्ध र मर्माहत भएको छ, एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले जारी गरेको वक्तव्यमा उल्लेख छ । लामो समयदेखि विभिन्न जटिल रोगहरूसाग सङ्घर्ष गरिरहनुभएका अम्बर गुरुङको उपचारकै… विस्तृत समाचार

सामाजिक संजालमा बर्दीको दुरुपयोग

काठमाडौं, १४ जेठ । सालैको पातैले दिए खान्थे मायाको दाहिने हातैले… पानको पात माया तिमलाई सम्झन्छु दिनको रात…. जस्ता लगायतका दर्जनौं चर्चित दोहोरी गीतका गायक प्रेमराजा महत । उनी अमेरिकाको बाल्टीमोरमा बस्छन् । बेला बेलामा नेपाल आउँछन् । अमेरिकाकाको बाल्टीमोर राज्यको नेपालका लागि अवैतनिक दूत पनि हुन् उनी । डा. बाबुराम भट्टराई सरकारका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई बाल्टीमोरको दूतबाट हटाउन लागेका थिए । तर तनहुँका… विस्तृत समाचार

भूकम्पकाे स्मृतिमा अमेरिकी गायिकाकाे कन्सर्ट !

काठमाडाैं, ९ वैशाख । गत वर्ष वैशाख १३ गते गएकाे भूकम्पकाे वार्षिक स्मृतिमा आगामी वैशाख ११ गते राजधानीको भृकुटीमण्डपमा निःशुल्क ‘कन्सर्ट’ हुने भएको छ । अमेरिकी राजदूतावासको आयोजनामा हुने ‘कलादूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’ ‘हिप–पप संस्कृति’ र नेपाली युवाको सक्रियताबीच सम्बन्ध स्थापना गर्न गरिन लागिएको बिहिबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जापानी मूलकी अमेरिकाकी चर्चित ‘हिप–पप’ गायिका आइशा फुकुशिमासहित नेपालको चर्चित ब्यान्ड… विस्तृत समाचार

दिउँसो वकिल साँझमा गायक

जब साँझ पर्दै जान्छ तब बिस्तारै सुरु हुन्छ मानिसहरूको चहलपहल । पूर्वी पहाडी जिल्ला भोजपुरको सदरमुकाम डाँडाबजारमा रहेको ‘भोजपुर शिलिचुङ पाहुनाघर’मा कोही दिनभरिको तनाव र थकाइ मार्न अनि हल्का रामरौस गर्न पुगेकाहरू ये कोही खाजापानीमा भुलिरहेका हुन्छन् भने कोही देशको समसामयिक राजनीतिमाथि गरमागरम बहस गरिरहेका । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूका साथै समाजका विभिन्न क्षेत्रका प्रतिनिधि वर्ग, पाहुनाघरका पाहुना र स्थानीय साथीभाइको… विस्तृत समाचार