छरछिमेक

रेल दुर्घटना हुँदा कम्तीमा ४५ को मृत्यु

काठमाडौं, ५ मंसिर । भारतको उत्तर प्रदेशमा इन्डियन एक्सप्रेसको रेल दुर्घटना हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ ।  ........................ भारतको उत्तर प्रदेशमा इन्डियन एक्सप्रेसको रेल दुर्घटना हुँदा ३० भन्दा बढीको ज्यान गएको छ । कानपुरनजिकै भएको दुर्घटनामा एक सयभन्दा बढी गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । विस्तृत समाचार

ठूला नोट प्रतिबधले भारतमा ठूलै सास्ती

नयाँ दिल्ली (भारत), २८ कात्तिक । भारत सरकारले ५०० रुपैयाँ र १ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले नोट साट्न बैंकहरुमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो ।  नयाँ दिल्लीमा पनि नगद साट्न घन्टौँ लाइनमा बसे । तर हजारौंले पालोका लागि अघि बढ्ने क्रममा सामान्य भागदौडको स्थिति बन्यो । ठूलो भीड देखिएका ठाउँमा सरकारले प्रहरीको व्यवस्था ग¥यो ।… विस्तृत समाचार

भारतमा हजार र पाँच सयका नोट प्रतिबन्धित

काठमाडौ, २४ कात्तिक । भारतले जाली नोटको कारोबारलाई निरुत्साहित गर्न मंगलबार राति १२ बजेबाट हजार र पाँच सयको नोटलाई बजारमा चलाउन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीका अनुसार सर्वसाधारणले नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा हजार र पाँच सयका नोट बैंक वा हुलाक कार्यालयमा गएर साटिसक्नुपर्ने छ । सरकारले… विस्तृत समाचार

चीनले नौ देशमा राजदूत पठायो, नेपालमा यु होङ

बेइजिङ (चीन), २३ कात्तिक । चीनले नेपाललगायत नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ ।  चिनियाँ नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले नियुक्त गरेको चीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चीनले नेपालका लागि वु चुन्ताईको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई… विस्तृत समाचार

​हङकङबाट ‘इलाम’ र ‘म फूल हुँ’ (फोटोसहित)

काठमाडौं, १० कात्तिक । इलाम समाज हङकङले गृहजिल्लालाई थप चिनाउने गरी ‘इलाम’ नामक स्मारिका प्रकाशनमा ल्याएको छ ।  पत्रकार÷लेखक सचित राईले सम्पादन गरेको ‘इलाम’ स्मारिकासहित इलामकै स्रष्टा स्वर्गीय डिल्लीराम बाङ्देल राईको कृति ‘म फूल हुँ’को राजधानीमा बुधबार आयोजित कार्यक्रममा लोकार्पण गरियो । राष्ट्रगान सर्जक व्याकुल माइला, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, समाजका सल्लाहकार गायक÷संगीतकार गणेश पराजुली, कवि डम्बर पहाडीलगायतले दुवै कृतिको लोकार्पण गरे । हङकङमै… विस्तृत समाचार

पाकिस्तानको प्रहरी कलेजमा आक्रमण, ४८ को मृत्यु

काठमाडौं, ९ कात्तिक । पाकिस्तानको क्वेटा सहरस्थित प्रहरी तालिम केन्द्र (कलेज)मा आक्रमण हुँदा कम्तीमा ४८ जनाको ज्यान गएको छ ।आक्रमणकारीहरु तालिम केन्द्रमा घुसेर फायर गरेको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तीन जना आत्मघाती आक्रमणरी पनि मारिएको जनाइएको छ ।  विस्तृत समाचार

त्रिपक्षीय सहकार्य आवश्यकः चीन

काठमाडौं, ३ कात्तिक । चीनले नेपाल र भारतसँग सहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय स्थायित्वमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बेइजिङस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुअ चुनयिङले भारतको गोवामा भएको त्रिपक्षीय भेटबारे सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएकी हुन् । कान्तिपुर दैनिकमा खबर छ । ‘हामी विश्वास गर्छौं, द्विपक्षीय सम्बन्धका तीन जोडीहरू (चीन–नेपाल, चीन–भारत र… विस्तृत समाचार

भारतको अस्पतालमा आगलागी हुँदा २३ को मृत्यु

काठमाडौं, २ कात्तिक । भारतको पूर्वी क्षेत्रमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । स्थानीय प्रहरी अधिकारीका अनुसार उडिसा राज्यको भुवनेश्वरस्थित एयूएम अस्पतालको डायलिसिस कक्षबाट आगो लागेको थियो । ‘घटनामा १९ जनाको ज्यान गएको पुष्टि भएको छ,’ भुवनेश्वर प्रहरी कमिस्नर योगेश खुरानियाले भने एएफपीसँग भने । १०६ जना घाइते भएका छन् । अन्य रिपोर्टअनुसार मृतकको संख्या २३ पुगेको छ आगो निभाउन… विस्तृत समाचार

त्रिपक्षीय सहमति भएको छैनः भारत

काठमाडौं, १ कात्तिक । भारतले शनिबार साँझ नेपाल, भारत र चीनका कार्यकारी प्रमुखहरूबीच भएको भेटवार्तामा त्रिपक्षीय साझेदारीलाई लिएर सहमति नभएको प्रतिक्रिया दिएको छ । कान्तिपुर दैनिकमा खबर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल बसिरहेको ‘वेटिङ रुम’ मा पहिले चिनियाँ राष्ट्रपति सी जिनपिङ र केहीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिरेपछि तीन नेताबीच अनौपचारिक कुराकानी भएको थियो । भारतीय विदेश मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा विदेश प्रवक्ता विकास… विस्तृत समाचार

के कुरा भयो चिनियाँ राष्ट्रपतिसँगको भेटमा ?

काठमाडौं, ३० असोज । चीनका राष्ट्रपति सी जिनपिङले नेपालमा गत वर्ष जारी भएको संविधानको प्रभावकारी कार्यान्वयन लागि आन्तरिक एकता आवश्यक रहेको बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ । ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो धारणा व्यक्त गरेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा जारी भएको संविधानको चीनले गतवर्ष स्वागत गरेकोमा खुसी प्रकट गर्दै धन्यवाद व्यक्त गरेका… विस्तृत समाचार