छरछिमेक

छोरोको स्कुलको पहिलो दिन

घरमा उति सारो पढ्न मन गर्दैनथ्यो । ढोकासम्म पुग्दा पढ्नुपर्छ भनेर रोएको होला भन्ने लागेको थियो  । तर, बाबा खै भनेको अन्तिम आवाजले पार्कमा रोएको झसंग सम्झें । भिडमा एक्लै हुँदा आत्तिएको सम्झें । एक प्रकारको डर उसको अनुहारमा झल्केको सम्झें । आज ऊ त्यसरी नै रोयो । त्यो सम्झेर मन भारी भयो । वास्तवमा अघिसम्म उसलाई नबुझेको रहेछु । म गलत रहेछु । –सुरेश… विस्तृत समाचार

नेपालले खोज्यो आयोजकबाटै सार्क सम्मेलनको सुनिश्चितता

अध्यक्षको हैसियतले नेपालले आफ्ना तर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार काठमाडौं, १४ असोज । नेपालले सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित हुने गरी चाँडोभन्दा चाँडो सार्क शिखर सम्मेलन आयोजना गर्नेतर्फ सहज वातावरण तयार गर्न आह्वान गरेको छ ।  सार्कको अध्यक्ष राष्ट्रको हैसियतले विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आयोजक राष्ट्रका तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुने विश्वास व्यक्त गर्दै वर्तमान अध्यक्षको हैसियतले नेपालले आफ्ना तर्फबाट पूरा… विस्तृत समाचार

भारत–पाकिस्तान तनाव तीव्र

काठमाडौं, १४ असोज । भारतले काश्मीरस्थित पाकिस्तानी सीमा क्षेत्र (लाइन अफ कन्ट्रोल)मा बिहीबार ‘सर्जिकल आक्रमण’ गरेपछि दक्षिण एसियाली दुई आणविक शक्तिबीच तनाव बढेको छ । तनावसँगै दुई देशबीच युद्धको छनक देखिन थालेको छ ।  भारतीय गृहमन्त्री राजनाथ सिंहले ट्विट गरेका छन्, ‘पाकिस्तान आतंकवादी मुलुक हो, यसलाई त्यही रूपमा लिएर एक्ल्याउनुपर्छ ।’ उता पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार सर्ताज अजिजले विज्ञप्ति निकाल्दै आफ्ना नागरिकलाई भनेका छन्,… विस्तृत समाचार

भारत–पाक तनावले सार्क सम्मेलन नहुने

काठमाडौं, १२ असोज । नोभेम्बर पहिलो सातका लागि निर्धा्रित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो । कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत… विस्तृत समाचार

नेपालले चासो नदेखाएकोमा चीनको असन्तुष्टि

काठमाडौं, ८ असोज । चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ ।  नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ । चीनका लागि कार्यबाहक राजदूत हरिश्चनद्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए… विस्तृत समाचार

नेपाल–भारत सम्बन्धले चीन खुसी

काठमाडौं, ५ असोज । चीनले नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकोमा खुसी व्यक्त गरेको छ । बेइजिङमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणप्रति सकारात्मक टिप्पणी गरेका हुन् । ‘चीनका मैत्रीपूर्ण छिमेकीका रुपमा रहेका नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकामा हामी खुसी छौं, यसले यस क्षेत्रको शान्ति, स्थिरता र आर्थिक विकास अघि बढ्नेमा हामी… विस्तृत समाचार

भारतमा नेपालीको गुनासो– प्रहरी–प्रशासन हामीमाथि आक्रामक

हरि लामिछाने नयाँ दिल्ली (भारत), ३१ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार यहाँका विभिन्न राजनीतिक दलका नेता एवम् यहाँस्थित नेपाली प्रवासीसँग अन्तक्र्रिया गरे । भेटघाट तथा अन्तक्र्रियाका क्रममा उनले नेपाल–भारत सम्बन्धका विविध आयाम एवम् द्विपक्षीय हितका विषयमा कुराकानी गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली जनता र आफ्नो मुलुकको हितका लागि आफू निरन्तर संघर्ष गरिरहने यहाँस्थित नेपालीलाई… विस्तृत समाचार

यौन काण्डका कारण मन्त्री बर्खास्त

काठमाडौं, १७ भदौ । भारतका एक मन्त्री सन्दिप कुमारको यौन काण्डले नयाँ दिल्ली सरकारका तहल्का मच्चिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । उनको यौन सिडी सार्वजनिक भएपछि मुख्य मन्त्री अरविन्द केजरीवालले बिहीबार महिला एवम् बाल विकासमन्त्री सन्दीप कुमारलाई पदबाट हटाएको खबर छ । चुनाव प्रचार अभियानको क्रममा सन्दीप कुमार आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए । यहाँसम्म कि उनले… विस्तृत समाचार

​बेलायतमा जनसंग्रह : ईयूमा बस्ने कि नबस्ने

काठमाडौं, ९ असार । बेलायत युरोपेली संघ (ईयू)मा रहने वा निस्किने भन्ने विषयमा बेलायतमा बिहीबार जनमत संगह सुरु भएको छ ।  यस विषयमा बिहीबार बिहान ७ बजे मतदान सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्यालय, पुस्तकालय, चर्च र सामुदायिक केन्द्रहरूमा जनमत संग्रहका लागि मतपेटिका राखिएका छन् । यस जनमत संग्रहमा दशौं लाख बेलायतीले मतदान गर्ने जनाइएको छ ।  मतदान सकिएपछि गणनाको कार्य जतिसक्दो चाँडै… विस्तृत समाचार

​गुजरात हत्याकाण्डमा डेढ दशकपछि फैसला

काठमाडौं, ३ असार । भारतीय अदालतले सन् २००२ मा गुजरातमा भएको हिंसामा संलग्न भएको आरोप लागेका ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।  उक्त अदालतले शुक्रबार ११ जनालाई आजन्म र १२ जनालाई सात वर्षको कैद सजाय सुनाएको हो । अदालतले कारबाहीको फैसला गरेका यी सबैजसो हिन्दू धर्मावलम्बी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको संलग्नता पुष्टि हुन लामो समय लागेको थियो । करिब ३०० जनासँग बयान… विस्तृत समाचार