छरछिमेक

​भारतमा रेमिट्यान्स ८७ प्रतिशत घट्यो

काठमाडौं, ३१ जेठ । गैरआवासीय भारतीय (एनआरआई)ले पठाउने रेमिट्यान्स ८७ प्रतिशतले घटेको छ । तेलको मूल्यमा गिरावटका कारण रेमिट्यान्स घटेको रिजर्भ बैंक अफ इन्डियाको तथ्यांकले देखाएको कारोबार दैनिकमा खबर छ ।  विस्तृत समाचार

चिनियाँ राष्ट्रपति 'असोज ३० मा आउने'

काठमाडौं, ३० जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने सम्भावना बढेको छ । विश्वका उदाउँदा राष्ट्रहरूको संगठन ब्रिक्स (ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका)को सम्मेलनमा भाग लिएर फर्किने क्रममा चिनियाँ राष्ट्रपति सीले असोज ३० गते नेपाल भ्रमण गर्ने सम्भावना रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । भारतको गोवास्थित पाणजीमा असोज २८ र २९ गते ब्रिक्स सम्मेलन तय भएको छ । विस्तृत समाचार

उत्तर कोरियाले गर्‍यो थप दुई ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं, २७ फागुन ।  उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने दुई वटा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तरले ती दुई मिसाइल समुद्रमा प्रहार गरेको हो । पूर्वी तटीय क्षेत्रबाट प्रक्षेपण गरिएका दुई मिसाइल पाँच सय किलोमिटर पर गएर समुद्रमा खसेको दक्षिण कोरियाले जनाएको छ । हिजो उत्तर कोरियाका सर्वोच्च नेता… विस्तृत समाचार

अमेरिकी आक्रमणमा १५० सोमालियाली विद्रोही मारिए

एजेन्सी, २५ फागुन । अफ्रिकी मुलुक सोमालियामा अमेरिकाले गरेको हवाई आक्रमणमा एक सय ५० जना विद्रोही लडाकुको ज्यान गएको छ । हवाई आक्रमणको क्रममा विद्रोही संगठन अल शबाबका एक सय ५० भन्दा धेरै लडाकुको ज्यान गएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अल शबाबको तालिम केन्द्रमा लक्षित गरी आक्रमण भएको अमेरिकी सेनाका प्रवक्ता क्याप्नेट जेफ डेविसले बताएका छन् । अल शबाबको ठूलो आक्रमणको तयारीका… विस्तृत समाचार

केजरीवाल उदयको कारण ‘भ्रष्टाचारविरोधी मुहिम’

काठमाडौं, ५ फागुन/ विश्वको सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको राजनीतिमा गत साता अविश्वसनीय परिवर्तन देखियो । विश्वको महाशक्ति बन्ने होडमा लागेको भारतको राजधानीबासीमाझ विकासका ठूला नारा, पूर्वाधार निर्माणका संकल्प, अत्याधुनिक सुविधायुक्त गगनचुम्बी महल, मेट्रो रेल, आधुनिक सहर निर्माणका सपनाभन्दा पानी, विजुली, ग्यास र दैनिक उपभोग्य वस्तुको महंगाइ कम गर्ने सामान्य नारा लोकप्रिय बन्यो । त्यसैले अमेरिका, चीन, जापान, रुस जस्ता देशसँगको प्रतिस्पर्धालाई चुनावी नारा बनाएको… विस्तृत समाचार

आसाममा आक्रमण, ५२ मारिए, ३ नेपाली घाइते

९ पुस । भारतको उत्तरपूर्वी राज्य आसामको कोकराझार र सोनितपुरमा भएको पृथकतावादी आक्रमणमा ५२ सर्वसाधारण मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । आक्रमणमा तीन नेपाली पनि गम्भीर घाइते भएका छन् । रोजगारीका लागि आसाम पुगेका मोरंगका मनबहादुर राई, पूर्णिमा राई र छत्रमाया राई घाइते भएका हुन् । सरलपाडाको एक होटलमा खाना खाइरहेको बेला उनीहरुमाथि मोटरसाइकलमा आएका पृथकतावादीहरुले ग्रिनेड आक्रमण गरेका थिए ।… विस्तृत समाचार

सीको बल्छीमा झाउ

भ्रष्टाचारविरुद्ध अभियान छेड्ने घोषणा गरेका चिनियाँ राष्ट्रपति सी जिङपिङको बल्छीमा सबैभन्दा ठूलो माछा परेका छन् । उनको बल्छीमा परेका झाउ योङकाङ चीनका पूर्वसुरक्षा प्रमुख हुन् । दुई बर्षअघि सुरक्षा प्रमुखबाट सेवा निबृत्त ७० वर्षीय योङकाङलाई कम्युनिष्ट पार्टीबाट निश्कासित गरिएको छ र उनीविरुद्ध औपचारीक रुपमा अनुसन्धान सुरु गरिएको छ । उनीसँगै काम गरेका पूर्व सहकर्मी र नातेदार पनि अनुसन्धानको घेरामा छन् । पार्टीको शक्तिशाली पोलिटव्यूरो स्ट्यान्डिङ… विस्तृत समाचार