छरछिमेक

केजरीवाल उदयको कारण ‘भ्रष्टाचारविरोधी मुहिम’

काठमाडौं, ५ फागुन/ विश्वको सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको राजनीतिमा गत साता अविश्वसनीय परिवर्तन देखियो । विश्वको महाशक्ति बन्ने होडमा लागेको भारतको राजधानीबासीमाझ विकासका ठूला नारा, पूर्वाधार निर्माणका संकल्प, अत्याधुनिक सुविधायुक्त गगनचुम्बी महल, मेट्रो रेल, आधुनिक सहर निर्माणका सपनाभन्दा पानी, विजुली, ग्यास र दैनिक उपभोग्य वस्तुको महंगाइ कम गर्ने सामान्य नारा लोकप्रिय बन्यो । त्यसैले अमेरिका, चीन, जापान, रुस जस्ता देशसँगको प्रतिस्पर्धालाई चुनावी नारा बनाएको… विस्तृत समाचार

आसाममा आक्रमण, ५२ मारिए, ३ नेपाली घाइते

९ पुस । भारतको उत्तरपूर्वी राज्य आसामको कोकराझार र सोनितपुरमा भएको पृथकतावादी आक्रमणमा ५२ सर्वसाधारण मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । आक्रमणमा तीन नेपाली पनि गम्भीर घाइते भएका छन् । रोजगारीका लागि आसाम पुगेका मोरंगका मनबहादुर राई, पूर्णिमा राई र छत्रमाया राई घाइते भएका हुन् । सरलपाडाको एक होटलमा खाना खाइरहेको बेला उनीहरुमाथि मोटरसाइकलमा आएका पृथकतावादीहरुले ग्रिनेड आक्रमण गरेका थिए ।… विस्तृत समाचार

सीको बल्छीमा झाउ

भ्रष्टाचारविरुद्ध अभियान छेड्ने घोषणा गरेका चिनियाँ राष्ट्रपति सी जिङपिङको बल्छीमा सबैभन्दा ठूलो माछा परेका छन् । उनको बल्छीमा परेका झाउ योङकाङ चीनका पूर्वसुरक्षा प्रमुख हुन् । दुई बर्षअघि सुरक्षा प्रमुखबाट सेवा निबृत्त ७० वर्षीय योङकाङलाई कम्युनिष्ट पार्टीबाट निश्कासित गरिएको छ र उनीविरुद्ध औपचारीक रुपमा अनुसन्धान सुरु गरिएको छ । उनीसँगै काम गरेका पूर्व सहकर्मी र नातेदार पनि अनुसन्धानको घेरामा छन् । पार्टीको शक्तिशाली पोलिटव्यूरो स्ट्यान्डिङ… विस्तृत समाचार