पश्चिम

​मनाङ सडक–खण्ड तीन ठाउँमा अवरुद्ध, यात्रुलाई समस्या

मनाङ । हिमालपारीको जिल्ला मनाङको सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको हुँदा यात्रु समस्यामा परेका छन् । छ । बाढी र पहिरोका कारण मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध छ । ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो । सवारी आवागमनको लागि बनाइएको काठको पुल अड्याउने पर्खाल खोलामा आएको बाढीले भत्काएपछि पुल नै कोल्टिएको हो ।… विस्तृत समाचार

​पहिरोले घर पुरिँदा सासु–बुहारी बेपत्ता

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ स्थित एक घरका पहिरोका कारण सासु बुहारी बेपत्ता भएका छन् । मानबहादुर शाहीको घर बुधबार बिहान गएको पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका हुन् ।  पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उनीहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले… विस्तृत समाचार

​विप्लवको सूचना कसले चुहायो

काठमाडौं । संयोग भन्ने कि के भन्ने ? दोस्रो वार्ताकालमा शाही सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नसोधी रामेछापमा २९ जना माओवादी कार्यकर्ताको हत्या नगरेको भए, शायद न गणतन्त्र आउँथ्यो, न राजतन्त्रले नै यसरी हात धुनुपर्दथ्यो । यस पटक कम्युनिष्ट दुई तिहाईको सरकारले बिप्लव नेतृत्वको नेकपालाई चिढिढ्याउन तीन महिना बम नपड्काउने निर्णय गरे लगत्तै भटाभट केन्द्रीय नेताहरुलाई पक्राउ गरेको छ । यही साउनको मध्यमा अर्घाखाँचीको जंगलमा प्रहरीको… विस्तृत समाचार

​बेनी–जोमसोम सडक अवरुद्ध, तीर्थयात्री बाटोमै अलपत्र

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ । उक्त सडक खण्डमा जताततै पहिरो खसेको छ ।  ७६ किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हँुदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र परेका छन् । म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा… विस्तृत समाचार

​खोलाले बगाउँदा पर्शुराम चौधरीकको मृत्यु

तुलसीपुर  । ग्यार खोलाले बगाउँदा गएराति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । उनलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरी शव आइतबार फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । विस्तृत समाचार

​नगर प्रमुख पाण्डेले भेटे मुख्यमन्त्री पोख्रेललाई

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले  ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई भेटेर  तुलसीपुरको विकासका वारेमा कुरा राखेका छन् । भेटका क्रममा नगरप्रमुख पाण्डेले नेपाल संस्कृत विश्वविद्यालयलाई गुरुकुल आश्रमका साथै वैदिक केन्द्रका रुपमा विकास गर्नका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले सँस्कृत विश्वविद्यालयको खाली जग्गालाई गौशालाका रुपमा विकास गर्ने प्रस्ताव समेत गरेका थिए । उनले तुलसीपुरमा निर्माण हुन लागेको… विस्तृत समाचार

विवाद बढ्दै गएपछि भारतद्वारा सडक निर्माण स्थगन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएमस्तरमा विवादित क्षेत्रमा तत्काल काम रोक्न आग्रह गरेपछि सडक बनाउन रोकेको हो ।  केही महिनाअघि नेपाल–भारत संयुक्त सर्वे टोलीले ३… विस्तृत समाचार

लुम्बिनी बृहत्तर गुरुयोजना तीन वर्षमा पुरा गर्छुः सदस्य सचिव ढकाल

पाल्पा  । लुम्बिनीको बृहत्तर विकासका लागि सन् १९७८ मा तयार भएको गुरु योजना अहिलेसम्म पुरा हुन नसक्दा बौद्ध धर्मावलम्बीको प्रमुख गन्तव्यको विकास प्रभावित भएको छ । सन् १९९५ मै सकिनुपर्ने गुरुयोजना अबको तीन वर्षमा पुरा गर्ने भर्खर नियुक्त भएका लुम्बिनी विकास कोषका सदस्य सचिव बिष्णुप्रसाद ढकालले बताएका छन् ।  नेपालमा धार्मिक, सांस्कृतिक पर्यटक भित्राउने निक्कै सम्भावना छ । बौद्ध धर्मावलम्बीका लागि लुम्बिनीसँगै यसक्षेत्रका अन्य सम्पदासँग… विस्तृत समाचार

​मृतकका आफन्तलाई इन्सुरेन्स र उद्योग वाणिज्य संघको राहत

पाल्पा । गत जेठ १८ गते भएको बस दुर्घटनामा परि मृत्यु भएका मृतकका आफन्तलाई नेको इन्सुरेन्सले बिमाको रकम हस्तान्तरण गरेको छ । नेकोले १३ जनालाई २÷२ लाखका दरले बीमा रकम प्रदान गरेको छ । यस्तै पाल्पा उद्योग वाणिज्य संघले छ जना व्यवसायीका आफन्तलाई १÷१ लाख रुपैयाँका दरले वीमा रकम प्रदान गरेको हो ।  नेकोका शाखा प्रबन्धक सन्दीप केसीले लक्ष्मि बचत तथा ऋण सहकारी संस्थाका शेयर… विस्तृत समाचार

​नेपालगञ्ज : साँढे र सुँगुरदेखि भुस्याहा कुकुरसम्मको चुनौती

नेपालगञ्ज ।  नेपालगञ्ज बजार पुश चौपायाको बजार बनेको छ । पुश छाडा छाडिएका नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको प्रयासमा बुधबारबाट पूर्णविराम लागेको छ ।  बुधवार अपराह्न छाडा चौपाया लिएर… विस्तृत समाचार