पश्चिम

​बूढीगण्डकी प्रभावितले पुसभित्रै मुआब्जा पाउने

गोरखा, १९ पुस । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् ।  जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । तीन गाविसमा गरी एक हजार हाराहारीमा मुआब्जा पाउन योग्य प्रभावित छन् ।… विस्तृत समाचार

​भूकम्पको दुई वर्षपछि लगत संकलनको तयारी

फलेवास (पर्वत), १८ पुस । भूकम्प गएको झन्डै दुई वर्ष पछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन गर्न २९ जना इन्जिनियर परिचालन गर्ने तयारी गरिएको छ ।  सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत सङ्कलन गर्न थालिएको हो । तत्कालिन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरकफरक भएपछि भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत राष्ट्रिय… विस्तृत समाचार

​कर्णालीमा जाडो बढ्यो तर हिमपात हुन सकेन

जुम्ला, १७ पुस । कर्णाली क्षेत्रका पाँच जिल्लामा कालीकोटका माथिल्लो भेकसहित हुम्ला, मुगु, डोल्पा र जुम्लामा बढ्दै गएको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।  मङ्सिर १५ देखि पुस १५ गतेसम्म हिमपात भइसक्नुपर्ने मौसमी अनुमान गरिए पनि हिउँ पर्न सकेको छैन, तर जाडो अत्यधिक बढिरहेको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख एपी चौरसियाका अनुसार जाडोले जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री… विस्तृत समाचार

जापानले दिएको १० हजार बोरा चामल थन्कियो

File Photo नेपालगन्ज, १५ पुस । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ ।  कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उनले भने, “प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा… विस्तृत समाचार

​भैरहवा विमानस्थल ६ महिना धकेलियो

काठमाडौं, १५ पुस । सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि ६ महिना अतिरिक्त समय दिएको छ ।  गत वर्षको भूकम्प र मधेस आन्दोलनका कारण निर्माण ठप्प भएको आधारमा ठेकेदारले अतिरिक्त समय मागेको र यसको मूल्यांकनपछि नागरिक उड्डयन प्राधिकरणले यो समय दिएको हो । नयाँ तालिकाअनुसार अब ठेकेदारले भैरहवा विमानस्थल २०१८ को जुन १५ सम्म निर्माण गरिसक्नुपर्नेछ । कारोबार दैनिकमा खबर छ… विस्तृत समाचार

गिट्टी बालुवामै अल्झियो तल्लो मोदी जलविद्युत् आयोजनाकोको काम

फलेवास (पर्वत), १२ पुस । पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ ।  आयोजनाको सुरुङमा कंक्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको हो । आयोजनाको सुरुङ निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार कात्तिक महिनादेखि पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन… विस्तृत समाचार

सरकारले कठोर निर्णय लिन्छ : प्रचण्ड

काठमाडौं, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले केही दिनभित्र कठोर निर्णय लिने बताएका छन् । शुक्रबार सुरु भएको नवौँ गोरखा महोत्सवको उद्घाटन गर्दै उनले मुलुक अनिर्णयको बन्दी हुन नसक्ने बताए । ‘सकेसम्म सबैलाई मिलाएर लैजाने हाम्रो चाहना हो, कसैले मेरो गोरुको बाहै्र टक्का गरेर बस्छ भने त्यसलाई हेरेर बस्न सकिन्न, सरकारले कठोर निर्णय लिन्छ ।’   संविधान संशोधन, अख्तियार प्रमुख लोकमानसिहं कार्की्विरुद्ध अविश्वासको… विस्तृत समाचार

प्रेम सम्बन्ध खुलेपछि गाउँनिकाला

काठमाडौं, ८ पुस । दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन् । अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएका हुन् । न्यौपानेका आफन्तको दबाबमा सुनारको घरसमेत भत्काइएको छ । कान्तिपुर दैनिकमा खबर छ । गुल्मी… विस्तृत समाचार

​छाउपडीका नाममा करोडौं स्वाहा, समस्या झन् विकराल

खेम बम  डोटी, ७ पुस । प्राकृतिक रूपमा महिला महिनावारी हुनु स्वाभाविक नै हो । प्रायः १२ देखि १४ वर्षको उमेरबाट किशोरी महिनावारी हुने गर्दछन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने भएका कारण स्वास्थ्यको दृष्टिकोणले सरसफाइमा सुरक्षित हुनु अनिवार्य हुन्छ ।  पहिलोपटक महिनावारी हुँदा अलि बढी संवेदनशील बन्नुपर्ने हुन्छ । यो समयमा किशोरीलाई पारिवारिक माया र स्नेहकोे खाँचो परेको हुन्छ । तर सुदूरपश्चिमका जिल्लामा भने… विस्तृत समाचार

कस्ता हुन् यी ​बाबुआमा ?

​बाबुआमाले दोस्रो बिहे गरे, छोराछोरीको बिचल्ली काठमाडौं, ७ पुस । बाआमाले नै दोस्रो बिहे गरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ । पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरले पनि कान्छीआमा ल्याएर हिँडेपछि पुतलीसँगै उनका दाइदिदीको बिचल्ली भएको हो । पुतलीलाई अहिले हजुरआमा धनमाया चेपाङले पालिरहेकी छन् । ‘बिहान खोलेफाँडो पकाउँछु । साँझमा उसिनेको पिँडालु खान्छौं’ धनमायाले भनिन्, ‘बाआमाले नै छाडेपछि नातिनातिनीको बिजोग… विस्तृत समाचार