पश्चिम

​कांग्रेस नेतालाई अन्तर्घात हुने चिन्ता

काठमाडौं, ३१ चैत । नेपाली कांग्रेसका शीर्ष नेताहरूले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र अन्तर्घात हुन सक्ने भन्दै कार्यकर्तालाई सचेत गराउन थालेका छन् ।  पोखरामा बुधबार आयोजित प्रदेशस्तरीय आमसभामा सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत नेताले अन्तर्घात नगर्न चेतावनी दिएका हुन् । सभापति देउवाले जिल्ला÷क्षेत्रबाटै सहमति गरेर निर्वाचनमा जित्ने उम्मेदवार उठाउन सुझाव दिँदै  टिकट पाएको व्यक्तिलाई जिताउने अभियानमा लाग्न… विस्तृत समाचार

​सीमामा साख गुमाउँदै प्रहरी

भैरहवा, २९ चैत । रुपन्देहीको बेलहियास्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको इलाका प्रहरी कार्यालयको लापरबाहीका कारण पछिल्लो समय प्रहरी साख गुम्दै गएको छ । इलाका प्रमुखको रूपमा प्रहरी निरीक्षक रविन विष्टको पोष्टिङसँगै उक्त कार्यालय विवादित बनेको छ । लाइन मिलाएर चोरी तस्करी गर्नेहरूलाई सहज वातावरण बनाउन सक्रिय विष्टले सीमा क्षेत्रको आधारभूत सुरक्ष्ाँ सतर्ककतामा समेत लापरबाही गर्न थालेका छन् ।    विष्टका बद्मासी चैत १९ गते शनिबार युपी… विस्तृत समाचार

​हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य

म्याग्दी, २६ चैत । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य पुग्ने बताएका छन् ।  म्याग्दी उद्योग वाणिज्य सङ्घले बेनीमा आयोजना गरेको राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र सेवाग्राहीबीचको अन्तक्र्रियामा डेपुटी गभर्नर श्रेष्ठले यस्तो बताएका हुन् । सरकारले स्थानीय तह पुनःसंरचना गरेपछि ग्रामीण भेगमै सरकारी सेवा सुविधा पुग्ने भएकाले राष्ट्र बैंकले समेत हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंकको… विस्तृत समाचार

​‘निर्वाचनलाई अप्ठ्यारो पार्ने काम कसैले नगरौं’

पोखरा, २१ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् ।  प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोग पनि वैशाख ३१ गतेका दिन स्थानीय निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई… विस्तृत समाचार

​'संशोधनभन्दा निर्वाचनलाई प्राथमिकता दिऊँ'

वालिङ, २० चैत । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधनभन्दा पनि निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।  “देशलाई संवैधानिक सङ्कटबाट जोगाउनका लागि पनि आगामी माघभित्र तीनवटै निकायको निर्वाचन सक्नुपर्ने बाध्यता छ”, नेता नेपालले भने–“अब बहाना गरेर निर्वाचनलाई अल्मल्याउनभन्दा तोकिएको समयमै निर्वाचन गर्नुपर्छ ।”  स्याङ्जाको गल्याङमा तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा… विस्तृत समाचार

ट्रकले बसलाई ठक्कर दिँदा ५ को मृत्यु

कावासोती, १९ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।  इलाका प्रहरी नवलपुरका अनुसार पश्चिमबाट काठमाडौँ हिँडेको ना४ख ३९९५ नंको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भारतीय ट्रकले ठक्कर दिँदा दाङका १६ वर्षीय राम चौधरी, १७ वर्षीय वीरबल चौधरी, सुर्खेतका ३८ वर्षीय हरिराम राम्जाली… विस्तृत समाचार

नेवि संघकै महामन्त्रीले मागे गृहमन्त्रीको राजीनामा

जाजरकोट, १८ चैत । नेपाली कांग्रेस जाजरकोटका वेदराज सिंहले जाजरकोटका कांग्रेस नेता रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा मागेका छन् ।  नेपाल विद्यार्थी संघले सदरमुकामको ठाँटीबजारमा आयोजना गरेको विरोधसभामा सिंहले राजिनामा मागेका हुन् । त्यस्तै, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले पनि गृहमन्त्रीको राजीनामा मागेका छन् । शाहको हत्या भएको ४८ घन्टा बितिसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै उनले पनि गृहमन्त्रीको राजीनामा मागेका… विस्तृत समाचार

​एमाले पर्वतले स्थानीय तहमा संयोजक तोक्यो

फलेवास (पर्वत), १६ चैत । मुलुक सङ्घीय संरचनामा गएपछि नेकपा (एमाले) पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचनाअनुसार पुनर्गठन कार्य सुरु गरेको छ ।  मंगलबार सदरमुकाम कुस्मामा बसेको पार्टीको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकेको उपाध्यक्ष भक्त कुँवरले जानकारी दिए । बैठकले वरिष्ठ सचिवालय सदस्यको संयोजक र दोस्रो वरिष्ठ सदस्यलाई सहसंयोजक चयन… विस्तृत समाचार

​गौतमबुद्ध विमानस्थल निर्माणमा कालो बादल

नरेश केसी/ भैरहवा १५ चैत । चिनियाँ ठेकेदार पक्षको बदमासीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा नयाँ विवाद देखापरेको छ । सन् २०१७ को जुन २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेड चाइनाले लागत भेरियसन र समय थप गराउने ध्येयले गौतमबुद्ध विमानस्थल निर्माणमा विवाद निकालेको स्रोतको भनाइ छ । उसले आफ्नो अभिष्ट… विस्तृत समाचार

परीक्षाअघि नै बजारभरि छ्यापछ्याप्ती प्रश्नपत्र

दाङ, १५ चैत । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् ।  आज हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ । त्यसैगरी, बुधबार हुने पेसा व्यवसाय र… विस्तृत समाचार