पश्चिम

​डेढ सय वर्षपछि सदरलाइन...

लोकबहादुर सुनार ३ चैत्र २०६८ मा नेपालगञ्ज नगरपालिकाको कार्यकारी प्रमुख भएर  आए । ‘म त स्थानीय । नेपालगञ्जको विकास गर्न कुनै कसर बाँकी राख्दिन’, उनी भन्ने गर्थे । नेपालगञ्जको ‘मुहार फेर्न’ एशियाली विकास वैंक (एडीबी) को सहयोगमा नगरभित्र सडकको स्तरोन्नतिसँगै ढल निकासको कामहरु थालिए ।  यही अभियानमा जोडियो, नेपालगंजको मुटु सदरलाइन विस्तार । जसलाई व्यवस्थित गर्दा नेपालगञ्जीयाको ‘सान’ बढ्छ भन्नेमा नेता, कर्मचारी, स्थानीय अगुवा सबैको… विस्तृत समाचार

​आफ्नै सहकर्मीले बलात्कारपछि लिए मायाको ज्यान

धनगढी । यौनको आवेगमा एउटा निर्दोष महिलामाथि एकान्त जंगलमा पाँच जनाले पशुवतशैलीमा यौन प्यास मेटाएपछि हत्या गर्छन् भन्ने कल्पनाभन्दा बाहिरीको कुरा हो । झट्ट सुन्दा फिल्मी कथाजस्तै लाग्ने यो धनगढीको सत्य घटना हो । जो एक अवला नारी आफ्नै सहकर्मीबाट सामुहिक बलात्कारपछि हत्या गरिएकी छन् । घटना १२ असारको हो । १२ गतेदेखि बेपत्ता पारिएकी कैलाली गौरीगंगा नगरपालिका ११ स्थित जहरी कटानकी २१ वर्षीया माया… विस्तृत समाचार

​सरसफाइमा आएको जागरण

नेपालगञ्ज –१२ बेलासपुरका चिडिमारहरु एक वर्षअघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । बस्तीमा एक सय घरधुरी थिए । कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्, ‘धेरै त बस्ती नजिकैको खेतमा दिशा गर्न जान्थे । कतिले नजिकै नालामै दिशापिसाब गर्थे । टोल नै दुर्गन्धित हुन्थ्यो ।’  नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घरघरमा शौचालय बनाइयो । वयोबृद्ध देवीदिन चिडिमार भन्छन्, ‘अहिले खुला ठाउँमा कसैले दिशापिसाब गर्दैनन् । वस्तीमा… विस्तृत समाचार

​सरकारको कर्णाली विरोधी नीति

सरकारले आर्थिक वर्ष २०७०-०७१ देखि लागू गरेको कर्णाली किसानको कृषि उत्पादन खरिद गर्ने सरकारी कार्यक्रम आर्थिक वर्ष ०७५÷०७६ को बजेटबाट हटाएको छ । नेपाल खाद्य संस्थानबाट कर्णाली क्षेत्रका कृषि उत्पादन खरिद गरी काठमाडौसम्म ल्याई बेच्नको लागि भनेर सरकराले ढुवानीमा अनुदान दिँदै आइरहेको थियो । जुन काम सरकारले ग¥यो त्यो काम सिंगो कर्णालीका किसानको हितमा छैन । कर्णालीमा उत्पादन गरेका कृषि उत्पादनलाई बजारीकरण गरी कर्णाली क्षेत्रलाई… विस्तृत समाचार

​बंगलादेबाट फर्कियो प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डल

काठमाडौँ । बंगला एकेडेमी, बंगलादेशको निमन्त्रणामा साहित्यिक आदान प्रदानका लागि ढाका गएको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक प्रतिनिधि मण्डल पाँच दिने भ्रमण पूरा गरी राजधानी फर्किएको छ । उक्त प्रतिनिधि मण्डल गत बुधबार ढाकातर्फ प्रस्थान गरेको थियो ।  प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीको नेतृत्वमा सद्भाव भ्रमणमा गएको प्रतिनिधि मण्डलमा प्राज्ञ परिषद्का सदस्यहरू प्राज्ञ प्रा. दिनेशराज पन्त र प्राज्ञ नर्मदेश्वरी सत्याल तथा प्राज्ञसभाका सदस्यहरू प्राज्ञ धु्रव… विस्तृत समाचार

जुम्लामा अनसन बस्न खोजेका डा. केसीलाई प्रहरी अबरोध

काठमाडौं । काठमाडौं उपत्यका केन्द्रीत मेडिकल शिक्षालाई देशैभरि विस्तार गर्नुपर्ने मागसहित अनसन बस्न लागेका डा. गोविन्द केसीलाई स्थानीय प्रहरीले अबरोध गरेको छ । स्थानीय प्रशासनले भने डा. केसीको अनसनमा राजनीतिक घुसपैठ भएको आरोप लगाएको छ । अनसनस्थलमा सयौंको संख्यामा स्थानीयबासीहरु समेत भेला भएपछि घुसपैठ भएको स्थानीय प्रशासनले आरोप लगाएको हो । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न खोजेको डा. केसीलाई प्रहरीले अबरोध गरेको… विस्तृत समाचार

​भत्ता नदिने र एनजिओको भत्ता बहिस्कार गर्ने कर्णाली सरकारको निर्णय

सुर्खेत । सुरुदेखि नै गैर सरकारी संस्थाको विरोध गर्दै आएको कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले कुनै पनि सरकारी कार्यक्रमका सहभागीलाई भत्ता नदिने तथा एनजिओले दिने भत्ता बहिस्कार गर्ने निर्णय गरेको छ ।  शनिवार बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला… विस्तृत समाचार

​धनगढी उपमहानगरपालिकाले दियो सास्ती

धनगढी । जनताले तिरेको करबाट तलब खाने कर्मचारीहरु नै कार्यालयमा नबसेपछि जनताले राज्यको सेवा पाउन सास्ती भोग्न बाध्य हुँदै आएका छन् । धनगढी उपमहानगरपालिकाका कर्मचारीहरु कार्यालय समयमा सम्बन्धित फाँटमा नभेटिदा विभिन्न कामका लागी आउने सेवाग्राहीहरुले रित्तोहात घर फर्किनु परेको गुनासो ब्यक्त गरेका छन् ।   घरको नक्सापास, जग्गाको मालपोत, बैकिङ कार्यका लागि सिफारिस लगायत अन्य विकास निर्माणका लागि कार्यलय प्रमुख र जनप्रतिनिधिहरु कार्यालयमा नभेटिँदा उनिहरुले सास्ती… विस्तृत समाचार

चीनको लुसान र तानसेनबीच भगिनी सम्वन्ध

पाल्पा । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको लुसान नगरका कार्यकारी मेयर ची लुन पीन र तानसेन नगर प्रमुख अशोककुमार शाहीद्वारा असार ७ गते दुई नगरबीच सौहार्दपूर्ण सम्बन्ध कायम भएको विज्ञप्ति जारी गरिएको छ । असार ६ र ७ गते लुसान नगरबाट कार्यकारी मेयर ची लुन पीनको नेतृत्वमा काठमाडौं, लुम्बिनी हुँदै तानसेन आएको चिनिया टोलीको सम्मानमा तानसेनस्थित होटल श्रीनगरमा असार ६ गते आयोजित स्वागत कार्यक्रममा दुबै नगरका… विस्तृत समाचार

शिव माविका छात्राहरुमा अपरिचित काँप्ने रोगको समस्या

वीरेन्द्र रावल निगाली, कैलाली । कैलालीको चुरे गाउँपालिका वडानम्बर १ किम्तोलास्थित शिव माध्यामिक विद्यालयका छात्राहरुमा अपरिचित काप्ने रोग देखा पर्न थालेको छ । मंगलबारका दिन विद्यालय सुरु भएको  १५ -२० मिनेटको समय सो विद्यालयका २ जना छात्राहरु पढाई सुरु भइरहेको अवस्थामा कक्षा कोठाबाट निस्केर काप्दै  विद्यालयको चौरमा पल्टिन पुगेका थिए ।  गर्मी महिना लाग्ने वित्तिकै सुरु हुन थालेको काप्ने समस्याले विद्यालयका ३०÷४० जना छात्राहरुमा हप्तै… विस्तृत समाचार