पश्चिम

​तरुण दल गोरखामा पूर्वलडाकुको नेतृत्व !

गोरखा, १ असोज । नेपाल तरुण दल गोरखाका अध्यक्षमा यमबहादुर थापा विजयी भएका छन् ।  सदरमुकाममा भएको चौथो अधिवेशनले उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा चित्रप्रसाद भट्ट र कोषाध्यक्षमा प्रेम तामाङलाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए । यस्तै अधिवेशनले कमलप्रसाद अम्गाईँ, जगत बराम, गौरी तामाङ, शान्ति रिजाल, चेतबहादुर गुरुङ, सरोज परियार र रीता अधिकारीलाई केन्द्रीय पार्षद्का रुपमा चयन गरेको छ ।  अध्यक्षमा… विस्तृत समाचार

भारत भ्रमणमा देशको हितमा काम हुने रावलको विश्वास

धनगढी, ३१ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेपालको संविधान छिटो कार्यान्वयन गरेर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।  प्रेस चौतारी नेपालद्वारा कैलालीको बौनियामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले जनताका हक–अधिकारका सवालमा नेपालको संविधान उत्कृष्ट रहेको बताए । उनले सरकारले जनचाहनाअनुसारको काम गरेमा एमालेले त्यसको प्रशंसा गर्ने बताउँदै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीबाट नेपाल र नेपालीको हितमा काम हुने विश्वास व्यक्त गरे  विस्तृत समाचार

​भारतीय प्रहरी जब नेपालीका घरमा छापा मार्न आए

काठमाडौं, ३१ भदौ । कञ्चनपुरको बेलौरीमा एक स्थानीयको घरमा प्रवेश गर्न खोज्ने दुई भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । हतियारसहित एक स्थानीयको घरमा छापा मार्न आएका भारतीय प्रहरीहरुमध्ये दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । बेलोरी नगरपालिका १४ का स्थानीय झुपबहादुर शाहीको घरमा खानतलासी गर्न भन्दै आएका १४ जना भारतीय प्रहरीको जत्था स्थानीयको प्रतिकारपछि भागेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । भारतीय… विस्तृत समाचार

रोल्पा पुगेर बिरामीको उपचार गर्दै डा. केसी

रोल्पा, ३० भदौ । कसैलाई थाहै नदिई डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थालेका हुन् ।  प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. मिलन बज्राचार्यका अनुसार केसी बिहान १०ः३० बजे सुलिचौर पुगेका थिए । स्वास्थ्य केन्द्र पुग्नुभन्दा दुई घन्टाअघि मात्र केसीले इन्चार्जलाई जानकारी दिएका थिए । मंगलबार… विस्तृत समाचार

‘एमालेको साथबिना संविधान संशोधन हुँदैन’

अर्घाखाँची, ३० भदौ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रतिपक्षभन्दा पनि संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।  सरकारमा को छ भन्दा पनि संविधान घोषणामा दलहरु एकमत र एकढिक्का भएजस्तै संविधान कार्यान्वयनका लागि एकजुट हुन नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ । उनले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको र संविधान संशोधन गर्न… विस्तृत समाचार

पर्वतमा स्थानीय तहको किचलो सकियो

File Map फलेवास (पर्वत), २९ भदौ । लामो समयदेखि सहमति जुट्न नसकेको पर्वतको स्थानीय निकाय पुनःसंरचना कार्य स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले टुंगो लगाएको छ । राजनीतिक दलका प्रतिनिधिको आ–आफ्नै अडानका कारण निचोडमा पुग्न नसकेको पुनःसंरचना कार्य सोमबार अबेर राति टुंगिएको हो ।  स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी युवराज पौडेलसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि कुश्मा बजारको होटल बेञ्जुमा… विस्तृत समाचार

​रोल्पा : गाउँ–नगरपालिकाको चित्र

रोल्पा, २८ भदौ । १० वर्षे सशस्त्र द्धन्द्धको उद्गम स्थलमा रोल्पामा अब ६ गाउँपालिका र एक नगरपालिका हुने भएको छ । स्थानीय तह पुन: संरचना प्राविधिक सहयोग समितिले जिल्लामा उक्त गाउँपालिका र नगरपालिका बनाउने प्रस्तावसहितको प्रतिवेदन आयोग केन्द्रमा पठाएको हो । आयोगमा पठाइएको प्रतिवेदनको विषयलाई लिएर जिल्लामा सरोकारवालाबीच पक्ष र विपक्षमा बहस हुन थालेका छन । कतिपय राजनीतिक दलले गाउँ र नगरपालिकाको संख्या बढाउनु पर्ने… विस्तृत समाचार

दार्चुलामा एकको हत्या, तीन अभियुक्त पक्राउ

बैतडी, २८ भदौ । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर छन् । चक्कु प्रहारबाट घाइते कुँवरको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसक्दा भारत रिफर गरिएको थियो । कुँवरको थप उपचारका लागि भारत लैजाँदै गर्दा गएराति बाटोमै ज्यान गएको बताइएको छ । … विस्तृत समाचार

वाह चन्द्रबहादुर ! जसले फर्काए भेटाएको सुन

–वासुदेव पौडेल पोखरा, २८ भदौ । स्याङ्जा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन् ।  यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको झोला बिर्सेकी थिइन् । तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने… विस्तृत समाचार

साउदी पुगेका दुई नेपालीको मृत्यु

नवलपरासी, २६ भदौ । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ ।  साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो । १० वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ ।  त्यस्तै तीन… विस्तृत समाचार