पश्चिम

भाइरल ज्वरोको प्रकोप

बर्दिया, भदौ १ ।  बर्दियामा भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएसंगै जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका कारण बालबालिका र वृद्धबृद्धाहरु बढी प्रभावति भएको जनस्वास्थ्य अधिकृत सुनिल पाण्डेले बताउनुभयो ।  अस्पतालमा भाइरल ज्वरोसंगै रुखाखोकी, टाइफाइड, मलेरिया लागेका बिरामीको भीड हुने बताउनुभयो । मौसमका कारण हुने भाइरल ज्वरो आएपछि ज्वरो बढी आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, रिगटा लाग्ने, पेट दुख्ने,… विस्तृत समाचार

कञ्चनपुरमा डुबेर तीन जनाको मृत्यु

भीमदत्तनगर, भदौ १ ।  कञ्चनपुरमा एकै दिन पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले मङ्गलबार चौधर नदीमा नुहाउने क्रममा पुर्नवास नगरपालिका–५ चगाउंका १५ वर्षीय सुनिल तामाङको मृत्यु भएको बताउनुभयो ।  उहांका अनुसार बेलौरी नगरपालिका–२ दिनापुरका ५५ वर्षीय जयलाल चौधरीको पनि स्थानीय नालीमा डुबेर मृत्यु भएको छ । स्थानीय शारदा इाटाभट्टाभित्र रहेका नालीमा डुबेर चौधरीको… विस्तृत समाचार

दर्शनार्थी बडीमालिकाको दर्शन गर्न त्यसतर्फ प्रस्थान

नन्दा थापा, साउन ३२, बाजुरा (मार्तडी) । बडीमालिका माताको दर्शन गर्नको लागि आइतबार दर्शनार्थी त्यसतर्फ त्यसतर्फ लागेका छन् । वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाका दिन भब्य मेला लाग्ने गर्दछ । गंगा दशहरा भन्दा जनैपूर्णिमा दर्शनार्थीहरुको घुईचो बढी हुन्छ । त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेको मन्दीरका पुजारी भानुभक्त पाध्यायले बताए । बाजुरा र… विस्तृत समाचार

राहतका लागि खाद्यान्न वितरण कार्यक्रम सुरु

हुम्ला, साउन ३२ ।  गत वर्षको खडेरीले भोकमरीको चपेटामा परेका राया गाविसका ४२५ घरधुरीले कामका लागि खाद्यान्न कार्यक्रम मार्फत प्रतिव्यक्तिलाई ४६ केजी खाद्यान्न वितरण गरिएको छ ।  जापान सरकारको सहयोगमा खाद्यान्न वितरण गरिएको हो । यसैबीच सिमकोटदेखि उत्तरी भेगमा पर्ने रोडीकोट गाविस–७ का ४५ घरधुरी वर्षाबाट पहिरो जाने डरले आफन्तकहां बस्न बाध्य भएका छन् ।  विस्तृत समाचार

चार वर्षदेखि पुल नबन्दा समस्या

जुम्ला, साउन ३१ । कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडकखण्डको जुविथा–९ खल्लागाडमा निर्माण कार्य सुरु भएको चार वर्षसम्म पनि पुल बन्न सकेको छैन ।  पुल नबन्दा बर्सेनि कर्णालीमा यात्रा गर्ने यात्रु र गाडी व्यवसायीलाई सास्ती हुदै आएको छ । यो वर्ष साउनदेखि खल्लागाडमा पानी बढेपछि गाडी आवातजावतमा अवरोध पुगेको हो । काठमाण्डौं नेपालगन्ज, सुर्खेतदेखि जुम्ला, मुगु आउने यात्रुलाई खल्लागाडबाट भारी बोकेरै घन्टौ पैदल हिड्नु परेको जुविथा– ३… विस्तृत समाचार

​नौलो प्रविधिको सिँचाइ आयोजना निर्माण

कञ्चनपुर, २९ साउन । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ ।  सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्त नगरपालिका–९ ब्रम्हदेवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणकार्य सुरु गरेको हो । फोहराको माध्यमबाट ट्यांकीमा पानी संकलन गरी पाइप मार्फत् किसानका खेतमा यस प्रविधि मार्फत सिँचाइ सुविधा पुर्‍याउने कार्य गरिन्छ, सुप डिभिजन नं १ महेन्द्रनगरका लेखा अधिकृत बंशीधर भट्टले भन्नुभयो… विस्तृत समाचार

मुखमा माड होइन जाँड

लक्ष्मीराज पाध्याय/ बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले एक महिनाको अबधिमा जिल्लाको बिभिन्न ठाउँबाट २ हजार ४ सय ६८ लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले दृष्टिलाई बताएको छ । २ महिनाको अन्तरालमा २ हजार ४ सय ६८ लिटर घरेलु मदिरा र २७ क्वाटर लाइसेन्स नभएको पसलबाट बरामत गरी  नष्ट गर्न सफल डिएसपी दलबहादुर बोगटीको नेतृत्वले गरेको छ । बोगटी… विस्तृत समाचार

भैरहवामा देवकोटाको पुर्ण कदको शालिक निर्माण हुने

लुम्विनी, जेठ ३२/ सिद्धाथ साहित्य परिषदको पहल तथा नेपाल सरकार संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको सहयोगमा भैरहवामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको पुर्ण कदको प्रतिमा निर्माण गरिने भएको छ । देवकोटाको प्रतिमा निर्माणकोलागी परिषदले पर्यटन मन्त्रालय मातहतको कार्यलय पर्यटन कार्यलय भैरहवासंग आवश्यक सम्झौता गरी देवकोटाको शालिक निर्माणको काम अगाडी बढाएको परिषदका उपाध्यक्ष राम बहादुर श्रेष्ठले जानकारी दिए । शालिक निर्माणकोलागी सिद्धार्थ साहित्य परिषदका… विस्तृत समाचार

असुलीमा मस्त सशस्त्रका डिएसपी खनाल

दृष्टि प्रतिनिधि, भैरहवा ४ जेठ । राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी पाएको भैरहवा डण्डापुलमा रहेको सशस्त्र प्रहरी बल राजस्व भन्सार सुरक्षा गुल्म तस्करहरूसँग सेटिङ मिलाएर रकम असुलीमा व्यस्त छ । सरकारले भन्सार चुहावट नियन्त्रण गरी राजस्व संकलन वृद्धि गर्न त्यहाँ गुल्म स्थापना गरेको हो । यसको कार्यक्षेत्र रुपन्देही र नवलपरासीको आधा भाग पर्छ । तर, आपना अधिकार दुरुपयोग गर्दै गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर खनाल… विस्तृत समाचार

पाल्पाको विकासमा राजदूतको चासो

यज्ञमूर्ति/पाल्पा, २३ चैत । सिद्धार्थ राजमार्गको शिद्धबाबा–दोभान खण्डको खतरायुक्त बाटो छिचोल्दै चैत १६ गते बेलुकी पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत समारोहमा सरिक हुन पाल्पा पुगेका नेपालस्थित भारतीय राजदूत रंजीत रेसँग पाल्पालीहरुले बुटवल–पाल्पा खण्डको करिब ३९ किलोमिटर बाटो स्तरोन्नत गर्न माग गरे । हुन पनि शिद्धबाबा–दोभान खण्डको बाटोले धेरैको ज्यान लिइसकेको छ भने पहिरोका कारण वर्षेनी यातायात अवरुद्ध हुँदै आएको छ । भारतीय सहयोगमा… विस्तृत समाचार