पश्चिम

१ लाख पाउने लोभमा बेपत्ताकै मृत्युदर्ता

काठमाडौं, ८ असोज । तत्कालीन नेकपा माओवादी र राज्यबीच चलेको सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रुकुमले युद्धका कारण धेरै गुमाएको छ । गुमाउने मात्र होइन धेरैले आफन्तको न सासको पत्तो पाए न लास नै  । लामो समय चलेको सशस्त्र द्वन्द्व सकिएपछि सुरु भएको शान्ति प्रक्रियासँगै सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्रालय नै खडा गरेर पीडितका आँसु थामिदिने र दुखिरहेको घाउँमा मल्हम लगाउने कामको थालनी ग‍र्यो । यसैअनुरुप… विस्तृत समाचार

नरभक्षी चितुवा मार्न गएका प्रहरी नै समस्यामा

बैतडी, ७ असोज । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ ।  तल्लोसोराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो । भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि… विस्तृत समाचार

बाढीले दुई महिनामा सातवटा पुल बगायो

बाबियाचौर (म्याग्दी), ६ असोज । म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुंगे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुंगे पुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ ।  बेनी—जोमसोम सडकको बेग खोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उत्तरी म्याग्दी र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बेग–१ मा रहेको लिस्ने खोलाको झोलुंगे पुल भदौ १६ गतेदेखिको निरन्तरको पहिरोसँगै… विस्तृत समाचार

गुल्मीमा पहिरोले पुरिएर एकको मृत्यु, पाँच घाइते

तम्घास (गुल्मी), ५ असोज । वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँच जना घाइते भएका छन् ।  पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा छन् । मंगलबार राति वर्षाका कारण उद्योग माथिबाट ढिस्कोसँगै खसेको पहिरोमा पुरिएर घाइते बनेका थापाको उपचारका क्रममा राति नै स्थानीय स्वास्थ्य चौकीमा ज्यान… विस्तृत समाचार

​आमासहित छोराछोरी गाउ निकाला

बाजुरा ४ असोज । ब्रह्मतोला–६ की विस्नादेवी ल्वार २८ वर्षकी भइन् । उनीस“ग ३ छोरा र १ छोरी साथमा रहेका छन् । उनका श्रीमानले छोडेको पा“च वर्ष भएको छ । घरधन्दा जेनतेन चलाइरहेकी विस्ना अहिले गाउ“ निकाला भएको एकमहिना बित्यो । विस्ना आफू एक्लै मात्र नभईउनीस“ग रहेका बालबच्चासमेत गाउ“बाट निकालिएका छन्। तर उनका छोराछोरीले पढाइसमेत छोडेर गाउ“ छाड्न बाध्य भए । उनका जेठा छोरा कक्षा३ मा… विस्तृत समाचार

फुस्रे खोलाको कटानले १५ घर जोखिममा

पोखरा, ४ असोज । पोखरा र आसपासका क्षेत्रमा केही दिनयता परेको अविरल वर्षाका कारण पोखरा–१७ स्थित दोबिल्लामा रहेका विभिन्न सङ्घसंस्थासहित सिङ्गो बस्ती जोखिममा परेको छ ।  दोबिल्ला भएर बग्ने फुस्रे खोलाको कटानले गर्दा १५ घरको बस्तीसहित पक्की पुल जोखिममा परेको हो । स्थानीयवासी कमल गिरीका अनुसार दोबिल्ला क्षेत्रमा रहेका आफ्नो, धर्मबहादुर क्षेत्री, भूपेन्द्र गिरी, प्रताप राना, तारा गिरी, भीमकुमारी परियार, खेमसिंह गिरी, रेशम गिरी, होमबहादुर… विस्तृत समाचार

‘अन्तरजातीय विवाह’ले सम्बन्धविच्छेद बढ्यो

पोखरा, ४ असोज । स्याङ्जामा एक वर्षका अवधिमा १३१ जोडीको सम्बन्धविच्छेद भएको छ ।  आव २०७२÷७३ को असार मसान्तसम्म १५६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा अब बाँकी २५ थान मुद्दा चालु आवमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए । सम्बन्धविच्छेदमध्ये ६० प्रतिशत प्रेम विवाह गर्ने जोडी रहेको बताइएको छ । अन्तरजातीय विवाह, घरेलु हिंसा, वैदेशिक रोजगार र गरिबीका कारण जिल्लामा सम्बन्धविच्छेद घटना बढ्दै… विस्तृत समाचार

आमाले अपराध गर्दा ६ वर्षीय बालक जेलमा

काठमाडौं, ३ असोज । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छन् । नवलपरासी कावासोती घर र लमजुङ विचौर माइती बताउने ३५ वर्षीया सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य भएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि… विस्तृत समाचार

डेरीमा दूध आउनै छाड्यो, आठ उद्योग बन्द

जाजरकोट, २ असोज । दूधको उत्पादनमा कमी आएपछि जिल्लाका आठ ठाउँमा रहेका दूध डेरी बन्द भएका छन् ।  वनजंगल मासिँदै जाँदा पशुपालन व्यवसाय छाड्दै गएपछि डेरीमा दूधको अभाव भएको हो । धेरैजसो युवा वर्ग कमाइका लागि विदेश र केही भएका भारत पलाएन भएपछि पशुपालन व्यवसाय गर्नेको अभाव पनि उत्पादन घट्नुको अर्को कारण हो । सरकारी अनुदानमा सञ्चालनमा रहेको थलह, दशेरा, पाँचकाटिया, मार्क, मनघाट, रिम्ना, बोहरा… विस्तृत समाचार

१५ दिनदेखि निरन्तर पहिरो, ३० घरधुरीलाई सारियो

बाबियाचौर (म्याग्दी), २ असोज । चारैतिर पहिरोले घेरिएको म्याग्दीको बेग गाविस–१ बाँसबोट र २ लिस्ने गाउँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।  पहिरोको उच्च जोखिममा रहेका ३० घरपरिवारलाई बेगस्थित आफन्तको घर, सामुदायिक भवन र महादेव माविमा सारिएको हो । करिब १५ दिनदेखिको निरन्तरको पहिरोका कारण जोखिममा परेको दुईवटा बस्तीका बासिन्दालाई शनिबार सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लेखबहादुर हमालले जानकारी दिए… विस्तृत समाचार