पश्चिम

एमाले मुस्ताङमा पुनः गौचन

मुस्ताङ, १६ असोज । नेकपा (एमाले) मुस्ताङका अध्यक्षमा पुनः चन्द्रमोहन गौचन निर्वा्चित भएका छन् ।  सदरमुकाम जोमसोममा सम्पन्न पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट गौचन दोस्रो पटक अध्यक्षमा निर्वा्चित भएका हुन् । त्रिचालिस सदस्यीय जिल्ला कमिटीका उपाध्यक्षमा देवबहादुर गुरुङ, सचिवमा आसबहादुर थकाली, सहसचिवमा आसमाया परियार चयन भएका छन् ।  सदस्यमा नवीन भट्टचन, टसी स्याङ्मो गुरुङसेनी, तिलक विक, भूपेन्द्र शेरचन, छाङरिङ्जिन गुरुङ, हेमन्त शेरचन, रामप्रसाद विक, रत्न गोतामे,… विस्तृत समाचार

गुगलबाट ज्ञान लिएर हाँस र टर्की फार्म

पाल्पा, १६ असोज । पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् ।  हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । गुगलमा हाँस र टर्की पालन गर्ने… विस्तृत समाचार

कालीगण्डकी प्रसारण करिडोरको सबस्टेसन निर्माण सुरु

फलेवास (पर्वत), १६ असोज । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ ।  आयोजनाकोे २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्डको काम सुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोटस्थित २२०÷१३२÷३३ केभी सबस्टेसनको निर्माण कार्य औपचारिक रुपमा सुरु भएको आयोजनाले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटमा स्थापना हुने सब–स्टेसनको… विस्तृत समाचार

गाडीले किचेर मृत्यु भएपछि शव राखेर प्रदर्शन

बैतडी, १६ असोज । गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ ।  ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले किचेर ज्यान गएको हो । गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले… विस्तृत समाचार

राप्रपाले माग्यो दसैं मान्न कोटाको चामल

हुम्ला, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले हिन्दूको चाडपर्वका लागि खाद्यान्न नभएकाले आपूर्तिमन्त्रीलाई दसैं–तिहारमा सर्वसाधारण जनता, कर्मचारी, व्यापारीलाई बिक्री–वितरणका लागि कोटाको चामल माग गर्ने निर्णय गरेको छ ।  हवाईजहाजबाट आउने खाद्यान्न हप्तामा चार फ्लाइट मात्र आएपछि नेपालगन्ज तथा सुर्खेत विमानस्थलमा नै थन्किएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिका अध्यक्ष नैनसिंह रावतले दसँैका लागि आपूर्तिमन्त्रीसँग अनुरोध गरिसकेको जानकारी गराए । उक्त खाद्यान्न तत्काल तीन… विस्तृत समाचार

पहिरोमा हराएकी रञ्जनाको शव भेटियो

गोरखा, १२ असोज । मनास्लु पदमार्गअन्तर्गत गोरखाको केरौँजा–उहियाखण्डमा झरेको पहिरोमा परी बेपत्ता भएकी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेतको शव भेटिएको छ ।  बिहीमा रही क्यान नेपाल नामक संस्थामा काम गर्दै आएकी बस्नेत बिहीबाट आरुघाटतर्फ फर्कंदै गर्दा असोज ६ गते पहिरोमा परी बेपत्ता भएकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बूढीगण्डकी नदीबाट शवलाई बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक… विस्तृत समाचार

बाँदर धपाउन सर्वोच्चमा गुहार !

काठमाडौं, १२ असोज । बाँदरले खाद्यान्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका… विस्तृत समाचार

​‘गाउँले दिदी सभामुख, आफूलाई घर चलाउनै गाह्रो’

–कविता उपाध्याय  लिबाङ (रोल्पा), ११ असोज । “गाउँकै दिदी ओनसरी घर्ती मगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालिरहँदा आफूलाई घर चलाउनै गाह्रो छ,” जंकोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भनिन् ।  कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययन बीचमै रोकिएकोमा पछुतो रहेछ । “ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ,” उनले… विस्तृत समाचार

देउवा एकलौटी गर्दै छन् : पौडेल

नेपालगन्ज, ११ असोज । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुुर देउवाले एकलौटी रूपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । कारोबार दैनिकमा खबर छ ।  कैलाश मानसरोवर जानका लागि नेपालगन्ज आइपुगेका नेता पौडेलले सोमबार बिहान कार्यकर्तासँग सबैलाई समेटेर पार्टी सञ्चालन गर्न आग्रह गर्दा पनि सभापति देउवाले बेवास्ता गरेको सुनाए । पौडेलले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्दा पनि नबोलाएपछि देउवाले एकलौटी गर्न खोजेको प्रस्ट… विस्तृत समाचार

टीकापुर हत्या प्रकरणः ‘दंगा भड्काएर नरसंहार’

काठमाडौं, ११ असोज । गत वर्ष भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानबिन प्रतिवेदनमा किटानी छ, ‘उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने बचन, निर्देशन दिने प्रतिवादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुनुपर्ने अनुसन्धान तथा छानबिन समितिको ठहरका साथ यो प्रतिवेदन पेश गरेका छौं ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ… विस्तृत समाचार