पश्चिम

आगलागीबाट घाइतेको उपचारका क्रममा मृत्यु

जाजरकोट, २४ भदौ । आइतबार आगलागीमा परी घाइते भएका कार्कीगाउँ–६ का मानसिंह खत्रीको शुक्रबार बिहान २ बजे मृत्यु भएको छ । खत्रीको कीर्तिपुर अस्पतालमा उपचारका क्रम्मा मृत्यु भएको हो ।  उनकी छोरी संगीता खत्री बोहराको आइतबार नै मृत्यु भएको थियो । यसअघि घाइतेको उपचारका लागि भेरीमालिका नगरपालिकाले सहयोग गर्ने निर्णय बिहीबार गरेको थियो । बिहीबार बसेको सर्वदलीय बैठकले आगलागीमा परी गम्भीर घाइते भएका मानसिंह खत्रीलाई… विस्तृत समाचार

डिन बन्न ‘राजनीतिक भर्‍याङ’ खोज्दै

कञ्चनपुर, २४ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन जना डिनको पदावधि एकसाथ सकिएको छ ।  चार वर्षअघि नियुक्त भएका विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन प्रा डा भवानीचन्द ठकुरी, वाणिज्य संकायका डिन प्रा भारती जोशी र शिक्षाशास्त्र संकायका डिन प्रा डा नारद पाण्डेयको पदावधि सकिएको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७, को दफा २६ को प्रावधानअनुसार कार्यकारी परिषद्ले तीन जनै डिनको नियुक्ति गरेको थियो । यही… विस्तृत समाचार

पहिरोले घर पुरिँदा चार बालबालिकाको मृत्यु

File photo पोखरा, २३ भदौ । कास्कीको लेखनाथ–४ स्थित खरानीफाँट पैतेमा पहिरोले पुरिँदा चार बालबालिकाको मृत्यु भएको छ ।  बुधबार राति ११ बजेतिर पहिरोले घर पुरिँदा १४ वर्षीय निशान सुनार, ९ वर्षीया रविना सुनार, ७ वर्षीया अञ्जिला सुनार र साढे २ वर्षीया सलमान सुनारको मृत्यु भएको कास्की जिल्ला प्रहरीले जनाएको छ । सलमानको आमासँग मावली आएका बेला पहिरोमा पुरिएर ज्यान गएको हो । उनी बुधबार… विस्तृत समाचार

१६ वर्षदेखि निरन्तर मौन

बेनी (म्याग्दी), २२ भदौ । यहाँ एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौन व्रत बस्दै आएका छन् ।  जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५७ सालदेखि मौन व्रत बस्दै आएका हुन् । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौन व्रत लिएको दैनिकीमा लेखेर उनले जानकारी दिए । … विस्तृत समाचार

​पञ्चबहादुर नौ महिनादेखि साउदी जेलमा

रोल्पा, २१ भदौ । थबाङ–४ जुरबाङकी फूला रोकामगर विगत नौं वर्ष देखि आफ्नो दैनिकी एक्लै चलाई रहेकी छिन् । उमेरले ३९ वर्ष पुगेकी फूलाको जन्मघर रुकुम हो भने कर्म घर रोल्पा । उनको साथमा चार कक्षामा पढ्दै गरेको ११ वर्षीय छोरा अमित र कक्षा १ मा पढ्दै गरेकी ८ वर्षीया छोरी सुशीला छिन् । वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुक साउदी पुगेका श्रीमान् पञ्चबहादुर रोकामगर नौं… विस्तृत समाचार

बगेरै भारत पुग्दै छ करोडौंको काठ

मेनका चौधरी  गुलरिया (बर्दिया), २१ भदौ । नेपाली भूमि बर्दियाबाट वर्षायाममा हरेक वर्ष कानुनी अड्चनले गर्दा कर्णाली र बबई नदीबाट भारततर्फ बगेका करोडौंको रुपैयाँ मुल्यका काठ रोक्न सकिएको छैन ।  बर्सेनि काठलगायत अन्य वस्तुको पनि सम्बन्धित निकायले ठोस निर्णय लिन सकेको छैन । स्थानीय स्वायत्त शासन ऐन र वन ऐनबीच कानुनी जटिलताका कारण बर्खायाममा यहाँबाट करोडभन्दा बढीको वन पैदावार बगेर खेर गएको छ । नेपाली… विस्तृत समाचार

जमिन चिरा परेपछि स्थानीयवासी त्रसित

म्याग्दी, २० भदौ । म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् ।  बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पु¥याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी टीका पुर्जा मगरले बताए । उनका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयवासी १०… विस्तृत समाचार

न्यु डायमन्डलाई लगातार भलिबल उपाधि

काठमाडौं, २० भदौ । न्यु डायमन्ड एकेडेमीले लगातार चौथो पटक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  आइतबार पोखराको लामाचौरमा भएको खेलमा डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन् । यसै गरी डायमन्डकी कप्तान ललिता नाथले ८ स्कोर गरिन् । पनमिका राईले ७ स्कोर गरिन् । … विस्तृत समाचार

स्याङ्जामा पहिरोले पुरिएर चारको मृत्यु

काठमाडौं, १९ भदौ । स्याङ्जाको केवरेभञ्ज्याङ–७ उपल्लो ताप्केमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ ।  स्याङ्जा जिल्ला प्रहरीका अनुसार शनिबार राति २ बजेतिर पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारुसहित माइत आएकी ३० वर्षीया हुमकला मस्र्याङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम र छोरा १ वर्षीय मिलनको ज्यान गएको हो । प्रहरी टोली घटनास्थल पुगिसकेको जनाइएको छ । विस्तृत समाचार

पोखरामा गैरकानुनी रुपमा बस्ने पर्यटक बढे

काठमाडौं, १९ भदौ । पोखरामा गैरकानुनी रूपमा बस्ने पर्यटकको संख्या बढेको छ । लामो समय पोखरा बसेका पर्यटकको गतिविधि अनुगमन नगर्दा यो अवस्था आएको पर्यटन व्यवसायीले बताएका छन् । अध्यागमन कार्यालय पोखराको आयोजनामा स्थानीय पर्यटन व्यवसायीसँग भएको अन्तरक्रिया पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा व्यापारिक भिसा नलिएरै व्यापार गर्ने, भिसा अवधि सकिएर पनि लामो समय बस्ने पर्यटक बढ्दै गएको बताएको अन्नपूर्ण पोस्ट दैनिकमा… विस्तृत समाचार