राजनीति

​नेकपाको केन्द्रीय सचिवालय बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक सोमबार विहान सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संगठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाउने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समिति बैठकले कूल ४४१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय अनुमोदन गरिएको जनाइएको छ ।  पार्टीको नियमावली बनाउन गठित समितिमा महासचिव विष्णु पौडेल, नेताहरु देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा रहेको पार्टी… विस्तृत समाचार

ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेताहरुको व्यवस्थापन गर्नकै लागि अब सचिवालयको सदस्य नबढाउने स्पष्ट पारेका छन् । उनले भोलिसम्ममा पार्टीको स्थायी कमिटि सदस्य र केन्द्रिय सदस्यहरुको टुँगो लगाईसक्ने बताए । साथै उनले आगामी पाँच वर्षसम्म केपी ओली प्रधानमन्त्री भइरहने समेत बताए । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘हामीले केन्द्रिय सदस्यहरु टुँगो लगाईसकेका… विस्तृत समाचार

​नेकपाका अध्यक्षद्वयद्वारा पदभार ग्रहण

काठमाडौं । पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले कोटेश्वरस्थित पेरिसडाँडामा पदभार ग्रहण गरेका छन् । तत्कालिन माओवादी केन्द्रको मुख्यालयमा पुगेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले जनयुद्ध स्मारकमा माल्यार्पण गर्दै शहिदको प्रतिमामा पुष्पगुच्छा चढाएका थिए । दुवै अध्यक्षसहित सचिवालय टोलीद्वारा दुवै पार्टीको कार्यालय अवलोकनको क्रममा पेरिसडाँडामा पदभार ग्रहण गरिएको हो । निवर्तमान नेकपा माओवादी केन्द्रका अध्यक्षसहितको टोली धुम्बाराही समेत… विस्तृत समाचार

​एकता प्रक्रिया सहभागी माओवादी केन्द्रलाई बिप्लवले दिए चेतवानी

काठमाडौं ।  नेकपा एमालेसँग पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनाउने महान अभियानमा सहभागी भएको नेकपा माओवादी केन्द्रलाई सोही पार्टीबाट विगतमा विभाजन भएर बनेको पार्टीका महासचिव बिप्लवले कडा चेतावनीसहित गालीगलौजको बक्तव्य निकालेका छन् ।  थवाङ् महाधिवेशनबाट एकीकृत जनक्रान्तिको मार्गदिशा पास गरेर अघि बढेको बिप्लव नेतृत्वको नेकपाले शुक्रबार एक बक्तव्य जारी गर्दै पार्टी एकताको विरुद्धमा प्रतिक्रिया दिएका छन् । महासचिव बिप्लवद्वारा बक्तव्यमा सबैभन्दा धेरै गाली माओवादी… विस्तृत समाचार

​प्रम ओली पेरिसडाँडा, प्रचण्ड धुम्बाराही भ्रमण गर्दै

काठमाडौं । पार्टी एकता घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली निवर्तमान माओवादी केन्द्रको मुख्य कार्यालय पेरिसडाँडा भ्रमण गर्ने भएका छन् । त्यस्तै निवर्तमान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै धुम्बाराहीको भ्रमण गर्नेछन् । नवगठित नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्षद्वयले एकअर्काको पार्टी कार्यालय अवलोकन गर्न लागेका हुन् । नेकपा स्रोतका अनुसार अध्यक्षद्धय अपरान्ह ४ बजे तत्कालिन एमाले मुख्यालय रहेको धुमबाराही पुग्नुहुनेछ भने त्यसपछि तत्कालिन माओवादी केन्द्रको मुख्यालय… विस्तृत समाचार

​संयोजन समितिको बैठकद्वारा पार्टी एकता ​विधान अनुमोदन

काठमाडौं ।  आजै पार्टी एकता गर्ने अभियानमा रहेका नेकपा एमाले र माओवादीको संयुक्त पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकता सम्बन्धी यसअघि भएका सबै सहमति अनुमोदन गरेको छ ।  साथै सोही बैठकले नयाँ पार्टीका विधान समेत अनुमोदन गरेको छ । अब नयाँ पार्टीको प्रक्रिया समेत सुरु भएको छ । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता संयोजन समितिको बैठकले पार्टीको सांगठानिक संरचना, निर्वाचन… विस्तृत समाचार

​बल्खु पुगेर प्रचण्डले भने, ‘मदन आश्रितप्रति गर्व छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज विहानै नेकपा एमालेको पुरानो मुख्यालय पुगेर मदन भण्डारी र जीवराज आश्रितप्रति आफू र आफ्नो पार्टीको गर्व रहेको धारणा व्यक्त गरेका छन् । साथै उनले स्व. मदन भण्डारीप्रति आफ्नो उच्च सम्मान भएकै कारण मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको लागि प्रस्ताव गरेको बताएका छन् ।  जेठ ३ अर्थात दास ढुंगामा जीप दुर्घटनामा परी नेकपा एमालेका तत्कालिन महासचिव मदन… विस्तृत समाचार

आजै पार्टी एकता गर्ने एमालेको निर्णय, ४३ स्थायी समिति र ४४१ केन्द्रीय समिति हुने

काठमाडौं ।  नेकपा एमालेको आज बसेको स्थायी समितिको बैठकले भोलि बिहिवार पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको छ ।  बैठकपछि एमालेका उपाध्याक्ष वामदेव गौतमले दिएको जानकारी अनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरी पार्टी एकता घोषणा गरिनेछ । दुई पार्टीका अध्यक्षबीच अब बन्ने पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ, जसमा २४१ एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन्। यसरी नै ४३ सदस्यीय… विस्तृत समाचार

​आजै ४ बजे एमाले स्थायी कमिटी, भोलि केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । पार्टी एकता र सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गर्न आज अपरान्ह ४ः०० बजे स्थायी समिति बैठक आह्वान गरिएको एमाले पार्टी कार्यालयले जनाएको छ ।  आजै विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि डाएिको एकता संयोजन समितिको बैठकको अघिल्लो दिन स्थायी समिति बैठक आह्वान गरिएको हो ।  उता, अपरान्ह ४ः०० बजेकै समयमा माओवादीले समेत… विस्तृत समाचार

​आकस्मिक रुपमा माओवादी केन्द्रले बोलायो कार्यालय बिस्तारित बैठक

काठमाडौं ।  नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको नेकपा माओवादी केन्द्रले आज आकस्मिक रुपमा पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार आजै अपरान्ह ४ः०० बजेका लागि केन्द्रीय कार्यालयको विस्तारित बैठक आह्वान गरिएको हो । पार्टी अध्यक्ष निवास खुमलटारमा बोलाइएको बैठकमा पार्टी एकता सम्बन्धमा छलफल हुने जनाइएको छ । आज विहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष प्रचण्डले लामो छलफल गरेपछि… विस्तृत समाचार