प्रोफाइल

​आयल निगममा बोनसका नाममा ब्रम्हलुट गर्ने तयारी

काठमाण्डौ, ७ माघ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर सर्बसाधारणबाट उठाएको गत वर्षको नाफाबाट १ सय १० करोड रुपैयाँभन्दा बढी बोनसको नाममा ब्रम्हलुट गर्ने भएको छ । सधैं घाटामा रहने निगम ऋण मुक्त भएकै वर्ष लगभग १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रकम कर्मचारीलाई बोनसका रुपमा छुट्याइएको बुझिएको छ । गत वर्ष ९० करोड रुपैयाँ बोनसका रुपमा छुट्याइएको हाल सम्म बाँड्न बाँकी नै छ… विस्तृत समाचार

​जलेश्वरको बजेट रु २३ करोड, दशरथ चन्दको रु १३ करोड

गौशाला, २३ पुस । महोत्तरीको जलेश्वर नगरपालिकाले आगामी आव २०७४/०७५ कालागि २३ करोड ४३ लाख २१ हजार ५ सय रुपैया बजेट प्रस्तुत गर्दै शुक्रबार आफ्नो २१ औं नगरपरिषद् सम्पन्न गरेको छ ।  नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले चालु खर्चतर्फ आठ करोड नौ लाख २५ हजार रुपैया र पुँजीगत खर्चतर्फ १५ करोड ३३ लाख ९६ हजार पाँच सय रुपैयाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेटभित्र नगरपालिका… विस्तृत समाचार

​फरक लाहुरे

उनी सिंगापुरे लाहुरेमा पहिलो लेखक रहेछन् । तर, आफूलाई लेखक ठान्दैनन् । ‘म आफूलाई लेखक हुँ भन्ने नै लाग्दैन,’ उनी भन्छन्, ‘भोगाइलाई किताबमा उतारेको मात्र हुँ ।’ –सचित राई काठमाडौं । पुग–नपुग १८ वर्षमा भर्ती । २७ वर्ष नोकरी । ४५ वर्षको उमेरमा अवकाश । त्यसपछि लेखन र अनुसन्धान ।  झट्ट सुन्दा कुनै लाहुरेको जीवन यात्राजस्तो । लेखन र अनुसन्धान भन्दा होइन कि जस्तो पनि… विस्तृत समाचार

बैंककदेखि कोलेम्बोसम्म पुग्ने तयारीमा हिमालय एयरलाइन्स

काठमाडौं, १२ साउन ।   हिमालय एयरलाइन्स र अमेडियस ट्राभलबीच टिकट बुकिङ सेवाका लागि टिकट वितरण सम्बन्धि सम्झौता भएको छ ।  अमेडियस ट्राभल क्षेत्रमा सेवा प्रदान गर्ने अन्तराष्ट्रिय ख्यातीप्राप्त कम्पनी  हो ।  ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धताबारे जानकारी दिनको लागि एअरलाइन्सले पहिलो पटक ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम (जिडिसी) साझेदारको रुपमा अमेडियसलाई छनौट गरेको जनाएको  हो ।  नेपाल–चीनका व्यवसायीको संयुक्त… विस्तृत समाचार

समृद्धिको मार्गचित्र कोर्दै अर्थमन्त्री बिष्णु पौडेल

भारतको नाकाबन्दीले देशको अवस्था अस्तव्यस्त थियो । गत ११ मंसिरमा अर्थमन्त्री बिष्णु पौडेलसहितको टोली उत्तरी नाका केरुङको अवलोकनमा रसुवा पुग्यो । त्यसको एक सातापछि नै सरकारले निर्णय गर्‍यो– रसुवागढी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने । अर्थमन्त्री पौडेल देश विकासमा कति हतारोमा छन् भन्ने कुराको उक्त ‘द्रूत’ निर्णयबाट थाहा हुन्छ । सरकारको सोही निर्णयका कारण अहिले धमाधम बेत्रावती, मैलुङ, स्याफ्रुवेशी हुँदै रसुवागढीसम्मको सडकको ट्रयाक खोल्ने… विस्तृत समाचार

भारत-ईयु संयुक्त वक्तव्यमा नेपालकाे अान्तरिक मामलामा हस्तक्षेप

नेपालको संविधान अपूर्ण रहेको भन्दै भारत र युरोपेली युनियनले संयुक्त वक्तव्य जारी गरेका छन् ।  बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित भारत—ईयु शिखर सम्मेलनपछि मार्च ३१ मा नेपालकाे अान्तरिक मामलामा हस्तक्षेप गर्नै किसिमले नै संयुक्त वक्तव्य जारी गरिएकाे छ । संयुक्त वक्तव्यकाे १७ औं नम्बर बुँदामा नेपालको नयां संबिधान अपूर्ण रहेको भाषा प्रयोग गर्दै भनिएकाे छ, ‘नेपालमा दीगो र समावेशी संवैधानिक ब्यवस्थापन होस् ताकि संविधानमा मिल्न बाँकी… विस्तृत समाचार

शेयर बजार, सिभान्त र मेघराज

विजनेशमा चार वर्ष लामो अवधि होइन । तर यो अवधिमा एक कम्पनीले गरेको प्रगति भने साँच्चिकै लोभलाग्दो छ । मर्चेन्ट बैंकिङका लागि चार वर्षअघि खुलेको एनआईबीएल क्यापिटलले यो अवधिमा लक्ष्यभन्दा धेरै सफलता हात पारेको छ । दुई युवाहरु सिभान्तराज पाण्डे र मेघराज थापाले एनआईबीएल क्यापिटललाई एउटा सफल मर्चेन्ट बैंकिङ कम्पनी बनाएका छन् । पाण्डे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा थापा महाप्रबन्धक (जिएम)का रुपमा कार्यरत… विस्तृत समाचार

तीन दशकका आरोह अवरोध-हरिभक्त शर्मा, अध्यक्ष, देउराली जनता फर्मास्युटिकल्स्

नेपालजस्तो देशमा व्यवसाय गरेर स्थापित हुन निकै कठिन छ । पाइला–पाइलामा समस्या झेल्नुपर्छ । तर  अनेक समस्या झेलेर केही व्यवसायीहरुले आफ्नो लगाव छाडेका छैनन्, स्थापित भएका छन् । तिनैमध्ये एक हुन्, देउराली जनता फर्मास्युटिकल्सका अध्यक्ष हरिभक्त शर्मा । देशमै व्यवसाय गर्ने चाहनाका कारण अमेरिकाबाट अध्ययन पूरा गरी स्वदेश फर्किएर उनले देउराली जनता सुरु गरेका हुन् । देशको अग्रणी औषधी कम्पनी बनाउन उनले धेरै नै दु:ख… विस्तृत समाचार

फोटोबाटै नेपाल चिनाउने फोटोग्राफर

मीनरत्न बज्राचार्य, नेपाली फोटोग्राफीमा सुपरिचित नाम । फागुन २० देखि ३० गतेसम्म जो–जो पर्यटन बोर्ड पुगे, उनीहरूले मीनरत्न बज्राचार्यलाई अझ नजिकबाट चिन्ने मौका पाए । यो अवधिमा उनका त्यस्ता फोटो प्रदर्शनी गरिएको थिए, जसले संसारभर नेपाल चिनाए । बज्राचार्यले ०४७ यता यात्राका क्रममा खिचेका प्रकृति र सम्पदासम्बन्धी ७७ वटा फोटो प्रदर्शनीमा राखिएका थिए । फोटोमा नेपाल हेर्न त्यहाँ पुग्नेहरूले उनको फोटोग्राफी कलाको खुलेर प्रशंसा गरेको… विस्तृत समाचार

जीवित संग्रहालय बनाउने सपना

काठमाडौं । मृत्यु साश्वत छ, सत्य छ । त्यो सबैका निम्ति आउँछ । तर, कोही कोही मरेर पनि बाँच्छन्,  पाइलट दिनेश न्यौपाने र सन्तोष राना जस्तो । यी दुवैको भौतिक शरीर यो दुनियाँमा छैन, तर आफू मरेर पनि नौ यात्रुलाई जीवन दिलाएका उनीहरू अमर बनेका छन्, सधैँका लागि । फागुन १४ गते नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमानमा गडबढी आएपछि यी दुईले कालिकोटको तिलखा–२… विस्तृत समाचार