पूर्व

कर्मचारीकै कारण वीपी प्रतिष्ठान धरासायी हुँदै

धरान, ३ असोज।  केही कर्मचारी र डाक्टरहरुले राजनीतिक कार्यकर्ताको जस्तो चलखेल गर्नाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र समस्या आएको औल्याउँदै अव यस्ता विकृतिहरुवाट प्रतिष्ठानलाई मुक्त राख्नुपर्नेमा बुद्धिजीवीहरुले सुझाव दिएका छन् । पूर्व उपकुलपति वीपी दासको डिजाइनमा केही कर्मचारीले प्रतिष्ठान धरासायी बनाउन खोजेका छन् । त्यसकै प्रकट रुप हो, प्रतिष्ठानमा सुरु गरेको आन्दोलन ।   हाल वीपी प्रतिष्ठानमा कर्मचारीहरुले विभिन्न २१ सूत्रीय माग राखी गरिरहेको आन्दोलन र त्यसबाट… विस्तृत समाचार

​तथ्यांकमा दुई नम्बर प्रदेश : जनताका समस्यामा दल बेखबर

महेश दास, वीरगन्ज, १९ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको भोलि बुधबार उम्मेदवार मनोनयन दर्ता हुँदै छ । प्रदेश न २ को आठ जिल्लामा हुन लागेको १३६ स्थानीय तहको निर्वाचनमा प्रमुख दल नेकपाएमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र अन्य दलहरु अधिकांश तह जित्न मधेस केन्द्रित भएर रणनीतिक योजना बनाउँदै छन् । नेकपा एमालेको नेतृत्व  १ महिना अघि देखि मधेस झरेका छन भने माओवादीको… विस्तृत समाचार

विश्व बैंकले उर्लाबारीमा दुई सय करोड लगानी गर्ने

उर्लाबारी (मोरङ), १९ भदौ ( विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा रु. २०० करोडसम्मको लगानी गर्न लागेको हो । मन्त्रालयले पूर्वका चार शहरलाई नमूना शहरका रुपमा विकास गर्ने योजनाअन्तर्गत उर्लाबारी नगरपालिकालाई समेत छनोट गरिएको थियो । विश्व बैंकले लगानी गर्ने भएपछि उर्लाबारी नगरपालिकाले नगरभित्रका विभिन्न २० वटा योजना… विस्तृत समाचार

​दर खाने रुपैया बचाएर महिलाहरुले वितरण गरे बाढी पीडितलाई राहत

झापा १८ भदौ । झापाको अर्जुनधाराका स्थानिय महिलाहरुले शरणामतीका बाढी पिडितहरुलाई राहत बितरण गरेका छन् । तिज बिशेष कार्यक्रममा संकलन भएको बाढि पिडित राहत सहयोग रकम बाट बाढी पिडित बनेका सो क्षेत्रका स्थानियहरुलाई अजुर्नधारा नगरपालिका का चेली बेटी ग्रुप ले राहत बितरण गरेको हो ।  सो ग्रुपले झापा गाउ पालिका को शरणामती ७ मदरगाछ भन्ने ठाउमा पुगेर सो क्षेत्रका बाढी पिडित दश परिवारलाई राहत साम्रगी… विस्तृत समाचार

​जिप दुर्घट्ना हुदा मोरङमा दुईको मृत्यु

मोरङ १८ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इप्रका बेलबारीका प्रहरी… विस्तृत समाचार

​वीपी प्रतिष्ठान डुवाउने षडयन्त्रमा पूर्वउपकुलपति दास

धरान, १३ भदौ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बलभद्र दासले आफू उपकुलपति वन्न नपाएको झोंकमा प्रतिष्ठानको हितविपरीत कार्य गर्न थालेपछि प्रतिष्ठानलाई करोडौंको नोक्सान हुन थालेको छ ।  विगत पाँच बर्षसम्म प्रतिष्ठानको उपकुलपति भएका डा. दासले यसपटक पनि भीसी वन्न ठूलो कसरत गरेका थिए । तर उनले आफ्नो कार्यकालमा अनगिन्ती आर्थिक अनियमितता गरेर अख्तियारको कारबाहीको सूचीमा परेका कारण तत्कालीन सरकारले उनलाई… विस्तृत समाचार

​परिवार मोहमा डुबेपछि...

आलोक नेपाली  । प्रचण्ड अझै पुष्पकमल बन्न सकेका रहेनछन् । थिए भने उनले छोरीका लागि आफूले स्थापित गरेको राजनीतिक उचाईलाई घटाउने क्रियाकलाप देखाउने थिएनन् । सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्ने झुटा सपना देखाउँदै सामान्य नेपालीका छोराछोरीलाई ‘जनयुद्ध’को अग्निमा होमेका थिए । दुनियाँका छोराछोरीलाई बुर्जुवा शिक्षा भन्दै पठनपाठनबाट वञ्चित गरेर जीन्दगी बर्बाद गरिदिएका उनी सन्तान मोहमा परेर राजनीतिक मूल्य मान्यतालाई राग बनाउन पुगे ।  भरतपुर महानगरपालिकाको चुनावमा… विस्तृत समाचार

​विराटनगरको कार्यपालिकामा कसको कति ?

विराटनगर, ३ साउन । विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ ।  नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वा्चित भएपछि कांग्रेसलाई स्पष्ट बहुमत पुगेको हो । कार्यपालिकाको गठनसम्बन्धी व्यवस्थाअनुसार महानगरपालिकाको प्रत्येक वडाबाट निर्वा्चित पाँच जना सदस्यमध्येबाट कार्यपालिकाको सदस्यका लागि निर्वाचन गर्नुपर्ने हुन्छ । सो नगर कार्यपालिकामा काँग्रेसबाट १८, सङ्घीय समाजवादी फोरमबाट छ, नेकपा (एमाले)बाट तीन, नेकपा (माओवादी केन्द्र)बाट दुई… विस्तृत समाचार

​घच्चपच्च बिर्सिन ओलीको आग्रह

काठमाडौं, २ साउन । काठमाडौँ महानगपालिकाको  आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न बसेको प्रथम नगरसभा बैठकको पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । सभाको उद्घाटन गर्दै ओलीले पाँच वर्षमा नमूनायोग्य काम गर्न सुझाव दिनुभयो । ‘पाँच वर्षमा महानगर बनाउने जिम्मा पाउनु भएको छ,’ उहाँले भन्नुभयो, ‘निर्वाचनका बेला गरेको घच्चपच्चलाई अब विर्सिएर काम गर्नुहोला । सहमति र समझदारीका… विस्तृत समाचार

धरान उपमहानगरमा एमालेको जित

इनरुवा, २७ असार । स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।  सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको हो । यससँगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ । एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएका छन् ।  प्रमुखमा निर्वा्चित… विस्तृत समाचार