पूर्व

यसरी सहमति जुट्यो धरान उपमहानगरमा

इटहरी, २२ असार । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ ।  बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद… विस्तृत समाचार

ओरालो लाग्दै राप्रपा

काठमाडौं, २० असा । चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दोस्रो चरणको स्थानीय चुनावले केही राहत दिने भएको छ । पहिलो चरणको निर्वाचनमा धादिङको रुबीभ्याली गाउँपालिका जितेर चित्त बुझाएको राप्रपाले दोस्रो चरणमा झापाको केचनाकवल र हल्दीबारी गाउँपालिका जितेको छ । नेपालगंज उपमहानगरपालिकाको प्रमुखमा पनि राप्रपाका धवलशमशेर राणाले अरु सबै पार्टीलाई उछिनेका छन्, त्यहाँ मतगणना जारी छ । पहिलो चरणको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षदेखि बरिष्ठ… विस्तृत समाचार

माङ्सेबुङमा कांग्रेसबाट इदिङगो निर्वाचित

इलाम, १८ असार । इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो निर्वाचित भएका छन् । इदिङ्गोले नेकपा (एमाले)का हेमन्त माक्रिहाङ राईलाई पराजित गरेका हुन् । उपाध्यक्षमा भने एमालेकी सुनिता योङहाङले जित हासिल गरेकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादीका विनोद नेम्बाङलाई पराजित गरेकी हुन् ।  यो क्षेत्रमा एमाले नेता सुवास नेम्बाङको प्रभाव रहँदै आएको थियो भने राष्ट्रिय विभूति फाल्गुनन्द जन्मथलो पनि यहीं पर्छ… विस्तृत समाचार

इलामको सन्दकपुरमा एमालेका राई निर्वाचित

इलाम, १७ असार । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार उदय राई निर्वाचित भएका छन् । ४५२० मत ल्याएका राईले नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र सुवेदीलाई भारी मतअन्तरले पराजित गरेका हुन् । सुवेदीको पक्षमा २३५४ मत मात्र परेको छ । उपाध्यक्षमा पनि नेकपा (एमाले)कै शोभा पराजुली निर्वाचित भएकी छन् । पराजुलीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता गुरुङलाई पराजित गरेकी हुन् । विस्तृत समाचार

​माङ्सेबुङ ६ मा प्रदीपको जित

इलाम, १७ असार । इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका प्रदीप राई विजयी भएका छन् । युवा उम्मेदवार राईले  ६२९ मतका साथ नेकपा (एमाले)का किरण राईलाई हराएका हुन् । २९० मत पाएका किरण साविक बाँझो गाविसका अध्यक्ष थिए ।    त्यस्तै वडा नम्बर ५ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट वडाध्यक्ष नरेन्द्र राईसहितको प्यानलले विजय हासिल गरेको छ । यसअघि वडा नम्बर १ कांग्रेसका भक्तबहादुर लिम्बूसहितको प्यानलले… विस्तृत समाचार

​इलाम–१२ मा कांग्रेसको प्यानल विजयी

इलाम, १६ असार । स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।  सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला… विस्तृत समाचार

​धरानमा लालकिल्ला कायमै राख्ने प्रयास

धरान, १३ असार । २०१७ सालमा नेपालमा भएको पहिलो स्थानीय निर्वाचनदेखि वामपन्थीहरुले एकछत्र विजय हासिल गर्दै आएको धरानमा यसपटक पनि वामहरुकै बर्चस्व हुने स्पष्ट संकेत देखिएको छ ।  सधैं राज्यको मूलधारभन्दा अलग भएर राजनीति गर्ने विद्रोही स्वभावका धराने जनताले यसपालि कसलाई धरान उपमहानगरपालिकाको जिम्मेवारी दिने हुन् भन्ने विशेष चासोको विषय बनेको छ । हाल १२ जना प्रमुखका उम्मेदवार खडा भएको यस उपमहानगरमा नेकपा एमालेबाट तारा… विस्तृत समाचार

​विराटनगरमा त्रिपक्षीय प्रतिष्पर्धा

विराटनगर, १३ असार । ठूला तीन दलमध्ये दुईले चुनावी तालमेल गरेपछि विराटनगर महानगरको चुनावी चर्चा यतिबेला धेरैको चासोको विषय भएको छ । दोस्रो चरणअन्तर्गत निर्वाचन हुन लागेको महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेका छन्  ।  कांग्रेस एक्लै चुनावी मैदानमा छ । राजनीतिक परिवर्तनको आन्दोलनको सुरूवातमा महत्व राख्ने नगर भएकाले यहाँको स्थानीय तहमा आफ्ना उम्मेदवारको विजय सिंगो… विस्तृत समाचार

​केन्द्रमा पहुँच खोज्दै धरान-इटहरी

काठमाडौं, १३ असार । इटहरी र धरानका स्वाभाविक रूपमा आआफ्ना ऐतिहासिक विशेषता छन् र आआफ्नै कमजोरी तथा सम्भावना । प्रधानमन्त्रीहरूको गाउँ भनेर चिनिने विराटनगरका दाँजोमा इटहरी र धरान राजनीतिक रूपमा धेरै पछि रहे पनि लाहुरे बस्ती र भौगोलिक विशेषताका कारण धरान तथा मिहिनेती र आर्थिक केन्द्रका रूपमा इटहरी आआफ्नै विशेषतासाथ अघि बढिरहेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।  अन्नपूर्णसँगको संवादमा धरान र इटहरीका जानकारहरूले… विस्तृत समाचार

​दोस्रो चरणमा पनि एमाले नै पहिलो हुने

इलाम, ८ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको बताएका छन् ।  इलामको घुर्विसे पञ्चमी बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्बाङले एमालेले जति सरकार चलायो, त्यति राम्रा काम ग¥यो, तर अरू पार्टीले त्यसको इष्र्या गरेर सरकारबाट हटाए भने । सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा… विस्तृत समाचार