पूर्व

‘सहमतिबिना संविधान संशोधन भए आन्दोलन’

लहान, २८ कात्तिक । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको सहमतिबिनाको संविधान संशोधन मान्य नहुने बताएका छन् ।  शनिबार साँझ सिरहाको लहान आइपुगेएका अध्यक्ष ठाकुरले पत्रकारसँग कुराकानी गर्दै सहमति नलिई संविधान संशोधन भए  आन्दोलनमा जाने बताए । संविधान संशोधनको मस्यौदा तयार भइसकेको प्रधानमन्त्रीबाट फोनमार्फत जानकारी प्राप्त भएको बताउँदै उनले सरकारले ल्याउन लागेको संविधान संशोधनको मस्यौदाको ‘कन्टेन्ट’को बारेमा हालसम्म मधेसी मोर्चासँग कुनै छलफल नभएको दाबी… विस्तृत समाचार

अनाहकमा पाँच महिना जेल !

काठमाडौं, २६ कात्तिक । फरार अभियुक्तसँग नाम र ठेगाना मिलेकै भरमा अनाहकमा एक निर्दोष व्यक्ति पाँच महिना १९ दिन जेल जीवन बिताउन बाध्य भएका छन् । सुन्दै अनौठो लाग्ने यो घटना सप्तरी जिल्ला अदालतको तहसिल शाखाको त्रुटि र लापरबाहीको कारण हुन गएको हो । अभियुक्तसँग नाम र उनको ठेगाना जुध्दा निर्दोष भएर पनि सप्तरीको कञ्चनरुप नगरपालिका ६ पिप्रा पूर्वटोल बस्ने फिरंगी मल्लाहका छोरा ५० वर्षीय… विस्तृत समाचार

सोलुखुम्बुमा आठ स्थानीय तहको सहमति

सोलुखुम्बु, २३ कात्तिक । लामो समयको छलफलपछि सोलुखुम्बु जिल्लालाई आठवटा स्थानीय तह बनाउने सहमति भएको छ ।  सर्वदलीय बैठकको लामो प्रयासपछि साविकको एक नगरपालिका र ३० वटा गाविसलाई एक नगरपालिका र सात वटा गाउँपालिका बनाउने सहमति भएको स्थानीय तह पुनःसंरचना तथा प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले जानकारी दिए । निर्धारित संरचनाअनुसार गोली, चौलाखर्क र भकान्जेको चौलाखर्क केन्द्र रहने गरी लिखु… विस्तृत समाचार

मुआब्जाले बनायो एकाएक करोडपति

संखुवासभा, २२ कात्तिक । पाथीभरा गाविस–४ का लीलाबहादुर राई हुलाकका पूर्वकर्मचारी हुन् । श्रेणीविहीन उनले गत वर्ष मात्र जागिरबाट अवकाश पाएका थिए । केही वर्षयता सपरिवार सदरमुकाम खाँदबारीमै बस्दै आएका उनी गाउँ फर्कने मनस्थितिमा थिएनन् । गाउँमा पाखोबारी त थियो तर तीन महिना पनि खान नपुग्ने । तर, आज उनी एकाएक करोडपतिमा दरिएका छन् । नयाँ पत्रिका दैनिकमा नवीन गुरुङले समाचार लेखेका छन । बहुचर्चित… विस्तृत समाचार

​जोगवनी–धरान सडक चार लेनको मात्रै हुने

–गोपालप्रसाद पोखरेल  पथरी (मोरङ), १९ कात्तिक । विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ ।  दुहवी र इटहरी बजार क्षेत्रका धेरै घर संरचना सडक फराकिलो बनाउने क्रममा भत्काउनुपर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो । सडक आयोजना प्रमुख दीपक भट्टराईले सरकारको निर्णय आउन अझै बाँकी रहेपनि स्थानीयवासीको असहयोगले ६ लेन सडक निर्माण… विस्तृत समाचार

गाडीको ठक्करबाट मोरङमा दुईको मृत्यु

मोरङ, १८ कात्तिक । मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।  उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहरा बजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट उर्लाबारीतिर आउँदै गरेको को ७ प ५७०८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार चालक इटहरा–२ का १८… विस्तृत समाचार

आगोमा जलेर एक बालिकाको मृत्यु

राजविराज, १८ कात्तिक । सप्तरीको बेल्हीचपेना–६ मा आगलागीमा परी बुधबार एक बालिकाको मृत्यु भएको छ ।  स्थानीयवासी शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एकतले कच्चीघर जल्नुका साथै सोही आगलागीमा परी उनकी १२ वर्षीया छोरी सङ्गीता मण्डलको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको… विस्तृत समाचार

दीपावली मनाउँदा मनाउँदै शोक

कश्मीरमा मारिए भारतीय गोर्खा काठमाडौं, १८ कात्तिक । घर–घरमा तिहारको तयारी चल्दै थियो । धरान–११ सोलिङ सुकुम्बासी बस्तीस्थित विष्णुचोकका बलबहादुर तामाङको परिवार पनि त्यही मेसोमा थियो । सोमबार साँझ अचानक भारतीय कोड नम्बरबाट फोन आयो । फोनमा बोल्नेले भन्यो– ‘भारत–पाकिस्तानबीचको सीमामा सोमबार बिहान पाकिस्तानी सेनाले गरेको फायरिङमा तपाईंको छोराले वीरगति प्राप्त ग‍र्यो ।’ कान्तिपुर दैनिकमा प्रदीप मेन्याङ्बोले समाचार लेखेका छन ।   आफ्नो कान्छो छोरा… विस्तृत समाचार

इटहरीको होटलमा गोली चल्यो

इटहरी, १६ कात्तिक । इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।  हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । घाइते दुवैको बिपी… विस्तृत समाचार

मोरङमा दुई किशोरको हत्या

उर्लाबारी (मोरङ), १६ कात्तिक । मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ ।  राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो ।  खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा आज… विस्तृत समाचार