पूर्व

​त्रियुगा र बेलका नपामा पनि एमाले

गाईघाट (उदयपुर), २३ असार । बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उदयपुरका त्रियुगा र बेलका नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।  जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा (एमाले)का प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गरे । यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११… विस्तृत समाचार

​तीन बालबालिकाको सामूहिक हत्या रहस्यमै

काठमाडौं, २३ असार । भोजपुरको अरुण गाउँपालिका १ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ । कान्तिपुरमा खबर छ । असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप… विस्तृत समाचार

यसरी सहमति जुट्यो धरान उपमहानगरमा

इटहरी, २२ असार । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ ।  बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद… विस्तृत समाचार

ओरालो लाग्दै राप्रपा

काठमाडौं, २० असा । चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दोस्रो चरणको स्थानीय चुनावले केही राहत दिने भएको छ । पहिलो चरणको निर्वाचनमा धादिङको रुबीभ्याली गाउँपालिका जितेर चित्त बुझाएको राप्रपाले दोस्रो चरणमा झापाको केचनाकवल र हल्दीबारी गाउँपालिका जितेको छ । नेपालगंज उपमहानगरपालिकाको प्रमुखमा पनि राप्रपाका धवलशमशेर राणाले अरु सबै पार्टीलाई उछिनेका छन्, त्यहाँ मतगणना जारी छ । पहिलो चरणको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षदेखि बरिष्ठ… विस्तृत समाचार

माङ्सेबुङमा कांग्रेसबाट इदिङगो निर्वाचित

इलाम, १८ असार । इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो निर्वाचित भएका छन् । इदिङ्गोले नेकपा (एमाले)का हेमन्त माक्रिहाङ राईलाई पराजित गरेका हुन् । उपाध्यक्षमा भने एमालेकी सुनिता योङहाङले जित हासिल गरेकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादीका विनोद नेम्बाङलाई पराजित गरेकी हुन् ।  यो क्षेत्रमा एमाले नेता सुवास नेम्बाङको प्रभाव रहँदै आएको थियो भने राष्ट्रिय विभूति फाल्गुनन्द जन्मथलो पनि यहीं पर्छ… विस्तृत समाचार

इलामको सन्दकपुरमा एमालेका राई निर्वाचित

इलाम, १७ असार । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार उदय राई निर्वाचित भएका छन् । ४५२० मत ल्याएका राईले नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र सुवेदीलाई भारी मतअन्तरले पराजित गरेका हुन् । सुवेदीको पक्षमा २३५४ मत मात्र परेको छ । उपाध्यक्षमा पनि नेकपा (एमाले)कै शोभा पराजुली निर्वाचित भएकी छन् । पराजुलीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता गुरुङलाई पराजित गरेकी हुन् । विस्तृत समाचार

​माङ्सेबुङ ६ मा प्रदीपको जित

इलाम, १७ असार । इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका प्रदीप राई विजयी भएका छन् । युवा उम्मेदवार राईले  ६२९ मतका साथ नेकपा (एमाले)का किरण राईलाई हराएका हुन् । २९० मत पाएका किरण साविक बाँझो गाविसका अध्यक्ष थिए ।    त्यस्तै वडा नम्बर ५ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट वडाध्यक्ष नरेन्द्र राईसहितको प्यानलले विजय हासिल गरेको छ । यसअघि वडा नम्बर १ कांग्रेसका भक्तबहादुर लिम्बूसहितको प्यानलले… विस्तृत समाचार

​इलाम–१२ मा कांग्रेसको प्यानल विजयी

इलाम, १६ असार । स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।  सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला… विस्तृत समाचार

​धरानमा लालकिल्ला कायमै राख्ने प्रयास

धरान, १३ असार । २०१७ सालमा नेपालमा भएको पहिलो स्थानीय निर्वाचनदेखि वामपन्थीहरुले एकछत्र विजय हासिल गर्दै आएको धरानमा यसपटक पनि वामहरुकै बर्चस्व हुने स्पष्ट संकेत देखिएको छ ।  सधैं राज्यको मूलधारभन्दा अलग भएर राजनीति गर्ने विद्रोही स्वभावका धराने जनताले यसपालि कसलाई धरान उपमहानगरपालिकाको जिम्मेवारी दिने हुन् भन्ने विशेष चासोको विषय बनेको छ । हाल १२ जना प्रमुखका उम्मेदवार खडा भएको यस उपमहानगरमा नेकपा एमालेबाट तारा… विस्तृत समाचार

​विराटनगरमा त्रिपक्षीय प्रतिष्पर्धा

विराटनगर, १३ असार । ठूला तीन दलमध्ये दुईले चुनावी तालमेल गरेपछि विराटनगर महानगरको चुनावी चर्चा यतिबेला धेरैको चासोको विषय भएको छ । दोस्रो चरणअन्तर्गत निर्वाचन हुन लागेको महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेका छन्  ।  कांग्रेस एक्लै चुनावी मैदानमा छ । राजनीतिक परिवर्तनको आन्दोलनको सुरूवातमा महत्व राख्ने नगर भएकाले यहाँको स्थानीय तहमा आफ्ना उम्मेदवारको विजय सिंगो… विस्तृत समाचार