पूर्व

​माइखोलामा डुंगा डुब्यो, ८ को शव फेला

भद्रपुर, २८ असोज । इलामको दानाबारी–९ स्थित माइखोलामा शुक्रबार दिउँसो २ बजे थुप्रै यात्रु सवार एक डुंगा डुबेको छ । डुंगामा ४० यात्रु रहेको अनुमान गरिएको छ ।  नेपाली काँग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ । अहिले झापाको दोमुखामा साडी, थैली, चप्पल र मोबाइल भेटिँदै गरेका कारण त्यहाँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय पार्टी… विस्तृत समाचार

इलामको घरेलु चियाको माग विदेशसम्म

इलाम, २८ असोज । घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्रा्ष्ट्रियस्तरमा बढ्दै गएको छ ।  अन्तर्रा्ष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गा्निक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गा्निक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो दुई सय ५० देखि दुई सय ८० रूपैयाँमा… विस्तृत समाचार

भाउजू हत्या प्रकरणः बेल्टार तनावग्रस्त

–हरिकुमार राई  गाईघाट (उदयपुर), २७ असोज । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टार बजार बुधबार रातिदेखि तनावग्रस्त बन्न पुगेको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ ।  बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । उनको शव ल्याउने क्रममा बेल्टार बजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि तनावग्रस्त बन्न… विस्तृत समाचार

झापा दुर्घटनाका ६५ घाइते नै सकुशल

भद्रपुर, २७ असोज । झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भए पनि सबै जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  विपरीत दिशाबाट आइरहेका ना ५ ख १८९८ र ना ५ ख ६५६१ नंको बस ठोक्किएको दुर्घटनामा घाइते भएका ३३ जनाको बी एन्ड सी अस्पताल विर्तामोडमा, १० जनाको मनमोहन अस्पतालमा, छ जनाको कञ्चनजङ्गा अस्पतालमा र… विस्तृत समाचार

झापामा बस ठोक्किँदा ६० जना घाइते

भद्रपुर, २६ असोज । झापाको विर्तामोडस्थित पश्चिम काँटामा बुधबार बिहान बस दुर्घटना हुँदा ६० जना घाइते भएका छन् ।  विपरित दिशाबाट आइरहेका ना अ ख १८९८ र ना। अ। ख ६५६१ नं को बस ठेक्किदा बसमा रहेका यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको उपचार स्थानीय बिएण्डसी अस्पतालमा भइरहेको र प्रहरीले तिनकोे विवरण सङ्कलन गरिरहेको जनाइएको छ । विस्तृत समाचार

बुहारीको हत्यापछि परिवारै हिरासतमा

गाईघाट (उदयपुर), २६ असोज । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिनअघि मोरङस्थित सिजुवाको बेतौना जंगलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।  इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिनअघि भाउजु भीम कुमारीलाई फोनबाट सिजुवामा… विस्तृत समाचार

कहिले बन्ने हो दूधकोसीमा पक्की पुल ?

दूधकोसी किनारमा आयोजना हुँदै आएको व्याकुल माइला गोल्ड कपको फाइल तस्बिर । खोटाङ, २६ असोज । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल नबन्दा जिल्लाको भौतिक पूर्वाधार निर्माणमा बाधा पुगेको छ ।  सहरसँग सिधा यातायात जोड्ने यो पुल नबन्दा जिल्लामा निर्माणाधीन सडक, भवनलगायत भौतिक निर्माणमा बाधा पुगेको हो ।  २०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्ष्भित्र सक्ने गरी सम्झौता गरे पनि सम्झौताको आठ… विस्तृत समाचार

इनरुवाको रक्सी पसलमा आगलागी

इनरुवा, २४ असोज । सुनसरी सदरमुकाम इनरुवा–५ महेन्द्रचोकमा आइतबार मध्यराति भीषण आगलागी आगलागी हँुदा करिब १५ लाख बराबरको क्षति भएको छ ।  स्थानीयवासी सीताराम पाठकको दन्तकाली सप्लायर्स अर्थात् रक्सीको थोक पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा को१२प २८५६ नंको पल्सर मोटरसाइकल सहित विभिन्न ब्रान्डका रक्सी, बियर, रेडबुल लगायत सामग्री पूर्ण रुपले जलेर नष्ट भएको छ ।  आगलागी स्थानीयवासी, प्रहरी र… विस्तृत समाचार

दसैंको बेला मध्यरातमा आगलागी, लाखौं क्षति

File Photo ताप्लेजुङ, २४ असोज । ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन् ।  आइतबार राति करिब १ बजे अचानक भएको आगलागीले खेवाङ–४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । घरसँगै रहेको पसल, घरभित्र रहेका अन्य सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।  स्थानीयले बताएअनुसार कृष्णप्रसाद… विस्तृत समाचार

मोटसाइकल दुर्घटनामा दाजुभाइको ज्यान गयो

इनरुवा, २३ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकै घरका दाजुभाइको मृत्यु भएको छ ।  धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नंको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।  राति र र बिहान अत्यधिक मापसे गरी… विस्तृत समाचार