पूर्व

दानपेटिका चोरिएको चोर्‍यै

ताप्लेजुङ, ९ भदौ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ ।  ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । रातको मौका छोपेर चोरी भएको बताइएको छ । लामो समयदेखि… विस्तृत समाचार

धर्म परिवर्तन गराउन खोज्ने अमेरिकी झापाबाट पक्राउ

सुरुंगा (झापा), ८ भदौ । धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप… विस्तृत समाचार

झापामा ७८ वटा धार्मिक विद्यालय

दमक, ६ भदौ । झापामा हालसम्म विभिन्न धार्मिक विद्यालयको संख्या ७८ वटा पुगेको छ ।  जिल्ला शिक्षा कार्यालयसँग अनुमति लिएर गत आव २०७२÷०७३ सम्म जिल्लाभरि ७८ वटा धार्मिक विद्यालय पठनपाठनका लागि सञ्चालनमा छन् । तीमध्ये केही विद्यालय भने आफैँ बन्द भएका छन् ।  कार्यालयले दिएको जानकारीअनुसार झापामा २६ वटा गुरुकुल विद्यालय, दुई वटा गुम्बा विद्यालय र ५० वटा मदरसाले सञ्चालन अनुमति लिएका विद्यालय छन् ।… विस्तृत समाचार

बिपी प्रतिष्ठानका कुलपतिको कर्तुत

 धरान, ३२ साउन । देशका विभिन्न मेडिकल कलेजमा अनुसन्धानको नाममा हस्तक्षेप गर्ने तर, कारबाही नगर्ने भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि लाग्ने गरेको आरोप धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा पनि लागु भएको छ । प्रतिष्ठानका उपकुलपति डा बलभद्र दासले व्यापक आर्थिक अनियमितता गरी  प्रतिष्ठानलाई धरासायी वनाउन लागेको भनेर विभिन्न पत्रपत्रिकामा आएको समाचार  र लिखित उजुरीको आधारमा  अख्तियारको पूर्वी क्षेत्रीय कार्यालय इटहरीले छापामारेर अनुसन्धान थालेको … विस्तृत समाचार

आगलागीबाट तीस लाखको नोक्सानी

इटहरी, साउन ३१ । इटहरी उपमहानगरपालिका–८ स्थित धरान–विराटनगर सडकखण्डमा रहेको दुईवटा कवाडी पसलमा बिहान ३ बजेतिर लागेको भीषण आगलागीमा कम्तीमा रु ३० लाखको नोक्सानी भएको अनुमान गरिएको छ ।  आगलागीमा रमेश डङ्गोलको पसल ध्वस्त हुादा उहााको रु २० लाख बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।  डङ्गोलसंगै उत्तरतर्फ जोडिएको दीपक चौधरीको विशाल पसलको पनि रु १० लाख बराबरको नोक्सानी भएको सञ्चालक… विस्तृत समाचार

पचास प्रतिशत उद्योग बन्द

इलाम, ३० साउन । घरेलु तथा साना उद्योग विकास समिति इलाममा विगतमा दर्ता भएका उद्योगमध्ये आधा मात्र उद्योग सञ्चालनमा रहेको पाइएको छ ।  समितिमा दर्ता भएका दुई हजार ८३७ वटा उद्योगमध्ये एक हजार ४५२ वटा उद्योगमात्र सञ्चालन भएका हुन् । बाँकी उद्योग बन्द रहेको घरेलुले जनाएको छ ।  चियाका ७९ वटा, राइस मिल २६२ वटा, कम्प्युटर प्रशिक्षणका ६३, दूध डेरीका १७० वटा उद्योग सञ्चालमा आएका… विस्तृत समाचार

​सञ्चय कोषबाट दुई अर्ब भन्दा बढी लगानी

विराटनगर, २९ साउन । कर्मचारी सञ्चय कोष विराटनगरले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा रु दुई अर्ब ६५ करोडको हाराहारीमा रकम लगानी गर्नुका साथै सापटीबापत रु ६० करोड ३२ लाख असुली गरेको छ ।  सो अवधिमा १९ हजार ९२९ जना सञ्चयकर्तालाई रु दुई अर्ब विशेष सापटी, २०५ जना सञ्चयकर्तालाई रु २९ करोड घर सापटी, ३० जना सञ्चयकर्तालाई रु तीन करोड ७४ लाख शैक्षिक सापटीमा लगानी गर्नुका… विस्तृत समाचार

​इलाममा गर्भवतीलाई मोबाइलबाट सेवा

इलाम, १९ असार । गर्भवतीले कुन–कुन समयमा गर्भ परीक्षण गराउने, खोप लगाउने भन्नेलगायत सम्पूर्ण विषयमा अब मोबाइलबाटै जानकारी पाउने भएका छन् ।  मोबाइलबाट जानकारी पाउने मात्र होइन, गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मितिसमेत मोबाइलबाटै थाहा पाइने भएको छ । जिल्लामा पहिलोपटक गर्भवतीका लागि घर–घरमै मोबाइल सेवा पु¥याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा… विस्तृत समाचार

पैसा र पावरको आडमा रोकियो अनुसन्धान

रविन्द्र ढकाल, इटहरी ४ जेठ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको आर्थिक अनियमितताको छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी क्षेत्रीय कार्यालयले फाइल थन्क्याएपछि छानबिन प्रक्रिया रोकिएको छ । व्यापक आर्थिक, शैक्षिक  अनियमितना हुने गरेको उजुरी परेपछि अख्तियारले गत वर्ष छापा मारेर अनुसन्धान थालेका थियो । तर, लामो समयदेखि अनुसन्धान रोकिएको छ । प्रतिष्ठानका फाइलमाथिको छानबिन किन रोकियो भन्नेबारे अख्तियारका अधिकारीले आधिकारिक जवाफ दिएका छैनन्… विस्तृत समाचार

नक्कली हस्ताक्षर गरेर ६ लाख झ्वाम पार्दा अख्तियार मौन

सञ्जिव मण्डल/जनकपुरधाम ।  झोले विद्यालय खडा गरी सरकारी रकम दुरुपयोग गर्नेहरूमाथि कडाइका साथ प्रस्तुत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग झोले क्याम्पसका विषयमा भने मौन देखिएको छ । प्रसंग धनुषाको गिद्धा गाविसमा रहेको तिनकौरिया बहुमुखी क्याम्पस गिद्धा बेलापट्टीको हो । स्रोतका अनुसार क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामसागर पण्डितले नक्कली भुक्तानी विलको सहारामा ६ लाख रुपैयाँ झ्वाम पारेका छन् । गिद्धा गाविसबाट गैरकानुनी प्राप्त अनुदान ६ लाख… विस्तृत समाचार