रंगमञ्च

निकिता भइन् मिस नेपाल

काठमाडौं, २० जेठ । यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दकले मिस नेपालको ताज आफ्नो पोल्टोमा पारेकी हुन् । त्यसैगरी फर्स्ट रनरअपको उपाधि रोजिना श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि नीति शाहले प्राप्त गरेका छन् । विस्तृत समाचार

​चुनावले करिश्माको डिभोर्स ?

काठमाडौं, २ जेठ । आइतबार सम्पन्न पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा भाग लिएपछि धेरै कलाकारहरुले खुशी व्यक्त गर्दै भोट हालेको फोटो सामाजिक सञ्जालमा  पोष्ट गरेका छन् । नायक राजेश हमालदेखि नायिका रेखा थापासम्मले भोटपछि फेसबुकमा आ–आफ्नो भोट हालेको फोटो हालेर खुशी व्यक्त गरेका छन् ।  तर, नायिका करिश्मा मानन्धरले भने आइतबार बिहानै फेसबुकमा आक्रोश व्यक्त गरिन्, त्यो पनि आफ्नै श्रीमान बिनोद मानन्धरविरुद्ध । बिनोदका कारण… विस्तृत समाचार

एलिसा बनिन् मिस राई

काठमाडौं, २१ वैशाख । यसपटक मिस राईको ताज एलिसा राईले पहिरिएकी छन् । राजधानीमा हालै आयोजित अन्तिम प्रतिस्पर्धामा सहभागीलाई ११ जनालाई उछिन्दै एलिसा उपाधि विजेता बन्न सफल भएकी हुन् । उनले ताज र ट्रफीसँगै यामाहाको फेसिनो स्कुटर प्राप्त गरेकी छन् । प्रतियोगितामा फस्र्ट रनरअप इसारा राई, सेकेन्ड रनरअप अस्मिता राई र थ्रर्ड रनरअप रोजी राई बनेका छन् । प्रतियोगिता किरात राई मौलिक कला संस्कृति केन्द्रले आयोजना… विस्तृत समाचार

छैटौं अक्षरा जुनीयर स्कुल प्रिन्सेज

‘छैटौं अक्षरा जुनीयर स्कुल प्रिन्सेज–२०१७’ का बिजेताहरु । तस्बिर: प्रदिपराज वन्त, रासस विस्तृत समाचार

​शरदका पातहरुको शुभमुहुर्त

काठमाडौं, ८ चैत । राज्य राई देमिनको निर्देशनमा चलचित्र ‘शरदका पातहरु’ बन्ने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभमुहुर्त भयो ।  बरिष्ठ कलाकार मोहन निरौलाई प्रमुख अतिथि बनाउनै गरिएको चलचित्रको कार्यक्रममा कलाकार सुभास मेचे र श्रेया दुलालले चलचित्रको एक सम्बाद बोल्दै मुर्हत सट दिए । समाजिक बिषय र प्रेमकथामा निर्माण हुन लागेको चलचित्रको कथा टिएन भण्डारीले तयार गरेका हुन् । चलचित्रमा सुभास… विस्तृत समाचार

​भुटानी शरणार्थीमाथिको चलचित्र जेठमा

–ट्रेलर र गीत सार्वजनिक काठमाडौं, २५ चैत । प्रकाश आङ्देम्बेद्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उक्त चलचित्रका ट्रेलर र गीत सार्वजनिक गरिएको हो । ट्रेलर र गीतमा हेमन्त बुढाथोकी र बाबु बोगटी मुख्य भूमिका देखिएका छन् । स्वरुपराज आचार्यले गाएको गीत श्रवण मुकारुङले लेखेका हुन् भने संगीत आभासको छ ।  निर्देशक आङ्देम्बेले भुटानी… विस्तृत समाचार

रकहाउसमा सांस्कृतिक धमाका

काठमाडौं, २३ चैत । विगतका बर्षहरुमा झैं यो वर्ष पनि रक हाउस क्याफे रातोपुलमा नयाँ वर्ष २०७४ को अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । क्याफेका सञ्चाल सुमन राईका अनुसार ‘यस पटक पृथक ढङ्गले कार्यक्रम आयोजना गर्न लागिएको छ । उनका अनुसार ‘विगतमा गायनलाई मात्र प्राथमिकता दिइएको थियो भने यो पटक ख्यातिप्राप्त कलाकारहरुको साथमा बिविध मनोरञ्जनात्मक साँस्कृतिक खुराक पस्केर ग्राहक एवं स्रोता, दर्शकलाई भरपूर… विस्तृत समाचार

पत्रकार कमलको ‘लजालु रूप’ (भिडियोसहित)

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्  काठमाडौं, २१ चैत । एक दशक लामो सांगीतिक यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘प्रभाव’ राष्ट्रिय दैनिकसँग आवद्ध  सञ्चारकर्मी श्रेष्ठले गाएको नयाँ गीत ‘लजालु रूप’को भिडियो आइतबार भाइब्स क्रिएसनमार्फत सार्वजनिक गरिएको हो । आधुनिक गीत–संगीतमा राम्रै जमेका गायक श्रेष्ठले वैशाखको अन्तिमसम्ममा अर्को म्युजिक भिडियो पनि सार्वजनिक गर्ने जानकारी दिए ।… विस्तृत समाचार

हङकङमा ‘न्याउली रोयो’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् काठमाडौं, १६ चैत । दिनेश सुब्बाको संगीत तथा स्वर र टंक सम्बाहङ्फेको शब्द रचना रहेको ‘न्याउली रोयो’ बोलको गीतको  भिडियो सार्वजनिक भएको छ ।  एक वर्षअघि बजारमा आएको गायक तथा संगीतकार सुब्बाको ‘नितान्त’ नामक गीति एल्बममा संग्रहित उक्त गीतको म्युजिक भिडियो गीतकार सम्बाहङ्फेको युट्युब च्यानलमाफत हङकङबाट रिलिज गरिएको हो । यो गीत ड्रिम प्रोजेक्टअन्तर्गत बनेको गीतकारले बताए । नेपाली साहित्य… विस्तृत समाचार

मैच्याङको बारुली कम्मर !

सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा नृत्य गर्दै तामाङ कलाकार । विस्तृत समाचार