रंगमञ्च

पत्रकार पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, २१ भदौ । पत्रकार एवम् वृत्तचित्र निर्देशक गणेश पाण्डेले अन्तर्राष्ट्रियस्तरको ‘द मार्स अवार्ड’ तिजेका छन् । मलेसियाको राजधानी क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा शनिबार आयोजित समारोहमा एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ)ले पाण्डेलाई सो सम्मान प्रदान गरेको हो । एसियाका पेसाकर्मीहरूलाई प्रदान गरिने सो सम्मानका लागि ३२ राष्ट्रका सञ्चारकर्मी, वृत्तचित्र निर्माता, विभिन्न पेसाकर्मी, उद्यमी एवम् व्यवसायी प्रतिस्पर्धामा थिए । खोजमूलक वृत्तचित्रमार्फत सामाजिक, मानवीय तथा… विस्तृत समाचार

‘रंगीन रागिनी र रंगहीन भूकम्प’

रेजिना पाण्डे । ब्रस र पानी रंगहरूसँग खेल्दै सुरु हुने रागिनी उपाध्यायको दैनिक हिजोआज फेरिएको छ । हिजोआज उनी क्यान्भासमा रंग पोत्न होइन, विनाशकारी भूकम्पका पीडितहरूका मनहरू सम्हार्न लागि परेकी छन् । ललितकला प्रतिष्ठानकी कुलपतिसमेत रहेकी रंगसाधिका रागिनीलाई १२ वैशाखको पीडाले अरुलाई झैं दुख्यो । प्रकृतिका अनुपम सुन्दरतालाई हजारौं पटक क्यान्भासमा उतारेकी रागिनीले यसपटक प्रकृतिको विद्रुप रुप आफैंले महसुस गर्नुपर्‍यो, त्यो पनि निकै कष्टपूर्वक ।… विस्तृत समाचार

अभिनयको नयाँ इनिंगमा सुनील

डा. प्रदीप भट्टराई कुनैबेला गुरुकुलका कुलगुरु रहेका सुनील पोखरेल यतिबेला मण्डला थियटरमा प्रिन्सिपल बनिरहेका छन् । तर, मण्डलाकै प्रिन्सिपल भने हैन, कोही किन बर्बाद होस् को प्रिन्सिपल सुन्दरका रुपमा । अर्थात्, रंगकर्मी सुनील फेरि एकपटक पर्दापछाडिबाट हैन, अगाडिबाटै रंगकर्मको नयाँ इनिंगमा छन् । पाँच वर्षअघि सहधर्मी अनुप बरालको निर्देशनमा जात सोध्नु जोगीकोमा अभिनय गरेपछि लगभग उनी पर्दाअगाडि आएनन् नै भने पनि हुन्छ । सुनीललाई मञ्चमा… विस्तृत समाचार

थियटर मलमा बदरंग….

८ पुस, काठमाडौं । इतिहास बलियाहरुको घोडा हो जसको हातमा चाबुक हुन्छ त्यसैको सवारी चलाउँछ भन्ने दर्शनमाथि आधारित नाटक हो, ‘बदरंग : लोचनवंशको साक्ष्य’ । साहित्यकार राजव लिखित यही नाटकलाई आफ्नो सिग्नेचर नाटक बनाउँदैछ, सुन्धारास्थित थिटर मल । असत्यलाई सत्य सावित गराउन रचिएका अनेकौ हर्कतहरुको कथा हो, बदरंग ः लोचनवंशको साक्ष्य । धेरै पहिले लेखिए पनि सर्वकालिक छ यो नाटक । शायद यसैले पनि यो… विस्तृत समाचार

उडिसामा कोमा : मन जित्यो सबैको

८ पुस, काठमाडौं । भारतको उडिसामा जारी इन्टरनेसनल थिएटर एन्ड डान्स फेस्टिभल(२०१४ को तेस्रो दिन सोमबार नेपाली नाटक कोमाः अ पोलिटिकल सेक्स मञ्चन भएको छ । नेपालको सहभागिता जनाउँदै फेस्टिबलमा पुगेका शिल्पी थियटरका आर्टिस्टिक डाइरेक्टर घिमिरे युवराजका अनुसार उनकै निर्देशनमा मञ्चन भएको नाटकले ठूलो समर्थन पायो । राउरकेलाको सिभिक सेन्टरमा कोमाः अ पोलिटिकल सेक्स मञ्चन हुँदा ठूलो संख्यामा नेपालभिाषी दर्शकको पनि उपस्थिति थियो । नाटकलाई… विस्तृत समाचार