रंगमञ्च

​पहिलोपटक ‘मिस ग्रान्ड नेपाल’

काठमाडौँ, ६ भदौ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ को आयोजना हुने भएको छ ।  मेरो लुक्स प्रालिको आयोजनामा मंगलबार होटल ह्यात रिजेन्सीमा उक्त प्रतियोगिता हुने भएको हो ।  संस्थाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१५’ का विजेता क्यायर एलिजावेथ पार्करले नेपालमा पहिलोपटक हुन लागेको यस प्रतियोगितामा आफू निर्णायकका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।  संस्थाका निर्देशक… विस्तृत समाचार

शिल्पाले गरिन् एनआरएनसँग इन्गेजमेन्ट ?

काठमाडौं, २ चैत । नेपाली चलचित्र क्षेत्रकी सम्भावना बोकेकी नायिकका रूपमा हेरिएकी शिल्पा पोखरेल विवाह बन्धनमा बाँधिन लागेको चर्चा फिल्म उद्योगमा चैते हुरी झैँ फैलिएको छ । छविराज ओझाले रजतपटमा भित्र्याएकी यी नायिकाले आफ्नो जीवनसाथीको रूपमा एनआरएन विनोद कार्कीसँग गोप्य इन्गेजमेन्ट गरिसकेको दावी गरिएको छ । नेपाली फिल्म उद्योगमा चलेको चर्चाअनुसार यी दुई जोडीले चाँडै विवाह गर्दैछन् । नर्बेमा बस्दै आएका विनोद एनआरएन सम्मेलनको क्रममा… विस्तृत समाचार

बर्लिन फिल्म फेस्टिभल— फायर एट सीले जित्यो गोल्डन बियर

एजेन्सीहरू । यूरोपको आप्रबासी संकटको कथामा बनेको फायर एट सी उत्कृष्ट फिल्म बन्दै बर्लिन फिल्म फेस्टिभलमा गोल्डन बियर अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपमा प्रतिस्थित मानिन्छ । गेन्फान्को रोजीको यो फिल्मले  मेडिटेरियन आइल्यान्ड स्थित लाम्पेडुसा टापुको जीवनलाई चलचित्रमा उतारेको छ । उत्कृष्ट निर्देशकको ट्रफि थिङ्स टु कमको लागि मिया हानसेन–लभले हात पारिन् । उत्कृष्ट नायकको उपाधी ट्यूनिसियन मज्द मास्तौराले इनहेबेक हेदीको लागि… विस्तृत समाचार

पत्रकार पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, २१ भदौ । पत्रकार एवम् वृत्तचित्र निर्देशक गणेश पाण्डेले अन्तर्राष्ट्रियस्तरको ‘द मार्स अवार्ड’ तिजेका छन् । मलेसियाको राजधानी क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा शनिबार आयोजित समारोहमा एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ)ले पाण्डेलाई सो सम्मान प्रदान गरेको हो । एसियाका पेसाकर्मीहरूलाई प्रदान गरिने सो सम्मानका लागि ३२ राष्ट्रका सञ्चारकर्मी, वृत्तचित्र निर्माता, विभिन्न पेसाकर्मी, उद्यमी एवम् व्यवसायी प्रतिस्पर्धामा थिए । खोजमूलक वृत्तचित्रमार्फत सामाजिक, मानवीय तथा… विस्तृत समाचार

‘रंगीन रागिनी र रंगहीन भूकम्प’

रेजिना पाण्डे । ब्रस र पानी रंगहरूसँग खेल्दै सुरु हुने रागिनी उपाध्यायको दैनिक हिजोआज फेरिएको छ । हिजोआज उनी क्यान्भासमा रंग पोत्न होइन, विनाशकारी भूकम्पका पीडितहरूका मनहरू सम्हार्न लागि परेकी छन् । ललितकला प्रतिष्ठानकी कुलपतिसमेत रहेकी रंगसाधिका रागिनीलाई १२ वैशाखको पीडाले अरुलाई झैं दुख्यो । प्रकृतिका अनुपम सुन्दरतालाई हजारौं पटक क्यान्भासमा उतारेकी रागिनीले यसपटक प्रकृतिको विद्रुप रुप आफैंले महसुस गर्नुपर्‍यो, त्यो पनि निकै कष्टपूर्वक ।… विस्तृत समाचार

अभिनयको नयाँ इनिंगमा सुनील

डा. प्रदीप भट्टराई कुनैबेला गुरुकुलका कुलगुरु रहेका सुनील पोखरेल यतिबेला मण्डला थियटरमा प्रिन्सिपल बनिरहेका छन् । तर, मण्डलाकै प्रिन्सिपल भने हैन, कोही किन बर्बाद होस् को प्रिन्सिपल सुन्दरका रुपमा । अर्थात्, रंगकर्मी सुनील फेरि एकपटक पर्दापछाडिबाट हैन, अगाडिबाटै रंगकर्मको नयाँ इनिंगमा छन् । पाँच वर्षअघि सहधर्मी अनुप बरालको निर्देशनमा जात सोध्नु जोगीकोमा अभिनय गरेपछि लगभग उनी पर्दाअगाडि आएनन् नै भने पनि हुन्छ । सुनीललाई मञ्चमा… विस्तृत समाचार

थियटर मलमा बदरंग….

८ पुस, काठमाडौं । इतिहास बलियाहरुको घोडा हो जसको हातमा चाबुक हुन्छ त्यसैको सवारी चलाउँछ भन्ने दर्शनमाथि आधारित नाटक हो, ‘बदरंग : लोचनवंशको साक्ष्य’ । साहित्यकार राजव लिखित यही नाटकलाई आफ्नो सिग्नेचर नाटक बनाउँदैछ, सुन्धारास्थित थिटर मल । असत्यलाई सत्य सावित गराउन रचिएका अनेकौ हर्कतहरुको कथा हो, बदरंग ः लोचनवंशको साक्ष्य । धेरै पहिले लेखिए पनि सर्वकालिक छ यो नाटक । शायद यसैले पनि यो… विस्तृत समाचार

उडिसामा कोमा : मन जित्यो सबैको

८ पुस, काठमाडौं । भारतको उडिसामा जारी इन्टरनेसनल थिएटर एन्ड डान्स फेस्टिभल(२०१४ को तेस्रो दिन सोमबार नेपाली नाटक कोमाः अ पोलिटिकल सेक्स मञ्चन भएको छ । नेपालको सहभागिता जनाउँदै फेस्टिबलमा पुगेका शिल्पी थियटरका आर्टिस्टिक डाइरेक्टर घिमिरे युवराजका अनुसार उनकै निर्देशनमा मञ्चन भएको नाटकले ठूलो समर्थन पायो । राउरकेलाको सिभिक सेन्टरमा कोमाः अ पोलिटिकल सेक्स मञ्चन हुँदा ठूलो संख्यामा नेपालभिाषी दर्शकको पनि उपस्थिति थियो । नाटकलाई… विस्तृत समाचार