साहित्य

लेखनकुञ्जमा गुन्जिए सिक्किमका गायक

काठमाडौँ । ग्रामीण भेगका विद्यालयमा पुस्तकालय सञ्चालन गर्ने र त्यसका लागि अक्षयकोष  निर्माण गर्ने उद्देश्य राखेर उर्वरा फाउन्डेसन नेपालले गत वर्षबाट एकल सांगीतिक साँझको आयोजना गर्दै आएको छ । यसै क्रममा शनिबार भारतको २२औँ राज्य सिक्किमका गायक तथा संगीतकार जीवन शर्मालाई निम्त्याएर फाउन्डेसनले सांगीतिक साँझको आयोजना गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित कार्यक्रममा पाहुना गायक शर्माले प्रतिष्ठानका सदस्य सचिव तथा प्रसिद्ध… विस्तृत समाचार

​राल्फाकै राज

भोकै मर्ने महाकविका पेटका सारङ्गीहरु हाम्रा गीतहरु नाङ्गै मर्ने गाइने दाइका झुत्रा लुगाहरु हाम्रा गीतहरु(मञ्जुल) राल्फा–अर्थहीन शब्द तर अर्थयुक्त अभियान, वैचारिक आन्दोलन, नेपाली विटल्स,  साहित्य र सङ्गीतको । शुरुमा रेडियो नेपालमा गीत गाएर उचित पारिश्रमिक नपाएकोमा विद्रोह गरे केही  सङ्गीतकर्मीले, पछि निरङ्कुश पञ्चायती व्यवस्थाका बेला विसं २०२४मा राल्फा जन्माए । गितार, हार्माेनियम र तबला बोक्ने राल्फाले पञ्चायती व्यवस्थाविरुद्ध समाजमा विद्यमान कुरीति, अन्याय र अत्याचारविरुद्ध सडक,… विस्तृत समाचार

​महामण्डल साहित्य सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ, २० जेठ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिका निमित्त उल्लेखनीय योगदान पु¥याएबापत विभिन्न सात स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको  शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकपछि प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार ‘महामण्डल राष्ट्रिय साहित्य सम्मान’बाट हिरण्यकुमारी पाठक (काठमाडौँ), नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ), गंगाप्रसाद… विस्तृत समाचार

​क्यान्सरग्रस्त डा उपेन्द्र देवकोटालाई बेडमै पुरस्कार

काठमाडौं ।  आफ्नो जीवन नेपाली जनताको स्नायु उपचारमा खर्चेर हाल कलेजो क्यान्सरबाट पीडित डा. उपेन्द्र देवकोटा पुरस्कृत भएका छन् । यस वर्षको डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार डा. देवकोटालाई अस्पतालको बेडमै पुगेर प्रदान गरिएको छ । मंगलबार विहान बाँसबारीस्थित न्यूरो अस्पतालमै डा देवकोटालाई पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानकी संरक्षक चन्द्रकुमारी जोशी र संस्थापक अध्यक्ष अंगुरबाबा जोशीले उक्त पुरस्कार डा. देवकोटालाई अर्पण गरेका… विस्तृत समाचार

​काव्यांकुराको पहिलो शृंखलामा कवि अस्मिताले सुनाइन् १० कविता

काठमाडौं । अभिनय, कविता र संगीतलाई मिश्रण गरेर एउटै मञ्चमा उतार्न तीनवटा संस्था सांस्कृतिक संस्थान, लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र एम आर्ट थिएटरले मंगलबार ‘काव्यांकुरा’ आयोजना गर्यो । युवा कवि अस्मिता माली मानन्धरले काव्यांकुराको पहिलो शृंखलामा कवि अस्मिताले १० वटा कविता सुनाइन् । ती सबै कवितामा १० वटै फरक नाटक मञ्चन गरिएको थियो । सांस्कृतिक संस्थानका कलाकार वीरेन्द्र हमालको संयोजकत्वमा कलाकारलाई कवितामा उतारिएको थियो… विस्तृत समाचार

कविता

कोकाकोला गणतन्त्र – रमेश लम्साल ..................................... टाउका भरी बमका छर्रा  शरिरभरी गोली बोकेर  भीर पाखामा लड्दै  तिम्ले ल्याएको गणतन्त्र टुडिखेलमा मार्च पास गर्छ ।  पर तिम्रो बस्ती तिर  दाम्ला मै मरे पशु चौपाया मान्छे जंगल भरी  याद छ नी होइन साथी ! तिम्ले हाम्ले ल्याएको गणतन्त्र  आजकल कोकाकोला जस्तै  भट्टीमा मात्छ र भन्छ  के तिमी खाँदैछौ इतिहासको व्याज ? तिम्ले देखेनौ र  टुडिखेलमा मार्च पास … विस्तृत समाचार

​समृद्धि र खुशीको परिभाषा

‘सीप शिल्प सँगालेर फेरि बन्छ धरोहर आफैँभित्र गरौँ खोजी, समृद्धि छैन बाहिर ।’ (विधान आचार्य, समृद्धि छैन बाहिर, भानु–४ तनहुँ, हालःलपु)  सार्कअन्तर्गतको मुलुक भुटानले आफ्नो मुलुकको समृद्धि कूल गार्हस्थ उत्पादन(जिडिपी) नभई जनताको सुखको स्तर नापेर गर्छ । भुटानले सन् १९७१देखि जिडिपी मात्र प्रगतिको मापक बनाउनाको सट्टा कूल राष्ट्रिय सुख वा खुशी तथा आध्यात्मिक, भौतिक र जनताको सामाजिक–वातावरणीय स्वास्थ्य र प्राकृतिक वातावरणलाई पनि विकासको नयाँ दृष्टिकोण… विस्तृत समाचार

​युगकवि जयन्तीमा बहुभाषी कवि गोष्ठी

काठमाडौं । गत बिहीबार प्रज्ञा भवनको प्रवचन कक्ष–१ मा नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा जेष्ठ १० युगकवि सिद्धिचरण श्रेष्ठ १०७औँ जन्मजयन्तीको अवसरमा ‘बहुभाषिक कवि गोष्ठी’ आयोजना गरियो । गोष्ठीमा संस्कृत, नेपाली, मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारू, गुरुङ, बान्तवा, सुनुवार, डोटेली, थुलुङ र अंग्रेजीमा भाषाका २९ कविले कविता सुनाउनुभएको थियो । प्रा. मोहनप्रसाद लोहनी, कवि उषा शेरचन, विप्लव… विस्तृत समाचार

रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ शुक्रबार सार्वजनिक गर्नुभएको छ  । ‘त्रिशूली प्रवाह’ साप्ताहिक नुवाकोटद्वारा प्रकाशित कृतिमा राहतमा भएको अनियमितता, राजधानीका सम्पदामा पुगेको क्षति, भूकम्पले ल्याएको नयाँ अवसर जस्ता विषयमा लेखिएका २१ कविता समाविष्ट छन् । ‘धरहरा’, ‘रानीपोखरी’, ‘काष्ठमण्डप’, ‘काठमाडौँलाई भूकम्प सुहाउँदैन’ ‘पाटन’, ‘योगनरेन्द्र मल्लको चरो’ ‘टेको  भादगाउँ’, ‘वेह्युल’ (ला¬ङटाङ), ‘घर’,… विस्तृत समाचार

वामदेवले देखेको सपना

श्याम रिमाल । विकास र  समृद्धिको उदाहरण दिँदा हामीकहाँ दक्षिण कोरियाका पार्क चुङ– ही, मलेसियाका महाथीर मोहम्मद, सिङ्गापुरका लि क्वान यु, चीनका सी चिनपिङ र  भारतका नरेन्द्र मोदीको उदाहरण दिइन्छ । नेपालकै हाराहारीमा नयाँ राजनीतिमा प्रवेश गरेका चीन र भारत विश्वका शक्तिशाली राष्ट्रमा गनिन पुगेका छन् र संसारमा तिनको चर्चा भइरहन्छ । त्रियासी हजार मेगावाट विद्युत् उत्पादन गर्ने सक्ने जलस्रोत, सबै मौसम र तापक्रम भएको… विस्तृत समाचार