साहित्य

छवि सुधारेर कवि

काठमाडौं, २५ असार । कुनै समय उनी लागूऔषध दुव्यर्सनी थिए । त्यही भएर पाँच वर्ष काराबासको सजायसमेत भुक्तान गरे उनले । तर, अहिले उनी दुव्र्यसनबाट छुट्कारा पाई कविको छवि बनाएका छन् ।  भरतपुर चितवनका उनै युवा मुकुन्द खलपात्रले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो जीवन भोगाइसमेत समेटिएका करिब दुई दर्जन कविता सुनाए । अराजक अक्षर समूह र कर्मी नाट्य समूहद्वारा आयोजित  कार्यक्रममा उनले आफ्ना अप्रकाशित अर्थात्… विस्तृत समाचार

​लेखक संघ मोरङको पुनर्गठन

विराटनगर, २२ असार । नेपाली लेखक संघ मोरङको पुनर्गठन गरिएको छ ।  संघमा आबद्ध लेखक तथा साहित्यकारको विराटनगरमा मंगलबार बेलुका भएको भेलाले गोकुल अधिकारीको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो । यसअघि संघको अध्यक्ष रहेका प्राज्ञ विवश पोखरेल केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए । जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिङ्लाली कान्छो, सचिवमा मीनकुमार नवोदित र कोषाध्यक्षमा कविराज पोखरेल चयन भएका छन् । त्यस्तै, सीमा आभास, मञ्जुश्री गिरी, शुभलक्ष्मी… विस्तृत समाचार

मदन पुरस्कारको ‘फाइनल’मा सात कृति भिड्दै

काठमाडौं, २१ असार । २०७२ सालमा मदन पुरस्कारका लागि उत्कृष्ट सात कृतिको घोषणा गरिएको छ । ‘श्रेष्ठ सूची’ सार्वजनिक गर्ने नियम बनाइएकाले त्यसका लागि गठित समितिबाट सात पुस्तकको नाम प्राप्त भएको मदन पुरस्कार गुठीले विज्ञप्तिमार्फत जनाएको छ ।  छनोटमा परेका कृतिमा आमोई (भुवनहरि सिग्देल), ऐना (रामलाल जोशी), चीरहरण (नीलम कार्की निहारिका), निर्वाण (घनश्याम खड्का), प्रश्नहरुको कारखाना (सरिता तिवारी), फिरफिरे (बुद्धिसागर), सिमानाका रंग सिमानाका तरंग (दामोदर… विस्तृत समाचार

मातृभाषामा कविता

काठमाडौं, २० असार । प्राज्ञ श्रवण मुकारुङले भाषाभन्दा पहिला नै कविता जन्मिएको बताएका छन् ।  नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागसँगको सहकार्यमा नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रले हालै राजधानीमा आयोजना गरेको ‘किरात राई मातृभाषा कवि गोष्ठी एवं भाषिक विमर्श’ कार्यक्रममा प्राज्ञ मुकारुङले यस्तो बताएका हुन् । कविताले भाषालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका प्राज्ञिक विभाग प्रमुख एवं… विस्तृत समाचार

यसकारण अनुवाद अनिवार्य

काठमाडौं, २० असार । साहित्यकार डा. अभि सुवेदीले बदलिँदो विश्व परिवेशमा अनुवाद अपरिहार्य रहेको बताएका छन् ।  नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद साहित्य विभागद्वारा आइतबार आयोजित अनुवादसम्बन्धी विचार गोष्ठीका सुवेदीले ज्याक डेरिडालाई उद्धृत गर्दै भने, ‘अनुवाद गर्नु भनेको अतिथि सत्कार गर्नु जस्तै हो ।’ समालोचक तथा साहित्यकार डा. गोविन्दराज भट्टराईले ‘प्रज्ञा प्रतिष्ठानले आगोजना गरेको  कार्यक्रमले अनुवादको महत्वलाई थप बुझाएको’ उल्लेख गरे । भने, ‘अब आगामी दिनमा… विस्तृत समाचार

पुष्पलालमाथि नाटक

काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित नाटक तयार भएको छ ।  १९८१ सालमा रामेछापको भँगेरीमा जन्मेका पुष्पलालको १९९७ पछिका राजनीतिक गतिविधि तथा अन्य महत्वपूर्ण घटनाक्रमलाई विषयवस्तु बनाएर नाटक तयार गरिएको संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ माधवलाल प्रधानले जानकारी दिए । प्रधानले नै निर्देशन गरेको उक्त नाटक एक घन्टा १५ मिनेटको छ । राष्ट्रिय जनसंगीत मञ्चले आगामी साउन ७ गते… विस्तृत समाचार

बंगलादेशसँग प्राज्ञिक सम्झौता

काठमाडौं, १५ असार । नेपाल प्रज्ञा प्रतिष्ठान र बंगलादेशको बंगला एकेडेमीबीच पहिलोपटक प्राज्ञिक आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको छ । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र एकेडेमीका महानिर्देशक समसुजमन खानले बुधबार ढाकामा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापत्रमा भाषा, साहित्य, संस्कृति, इतिहास र दर्शनको खोजअनुसन्धान, अनुवादजस्ता प्राज्ञिक कार्य गर्ने बुँदा समेटिएका छन् । बंगलादेश सरकारको संस्कृति मन्त्रालय तथा बंगला एकेडेमीको निमन्त्रणामा सम्झौताका लागि कुलपति उपे्रती… विस्तृत समाचार

चीन–नेपाल साहित्य चर्चा

काठमाडौं, १४ असार । पाँच दिने नेपाल भ्रमणमा आएका चिनियाँ लेखकसँग मंगलबार राजधानीमा अन्तक्र्रिया गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता फङस्ये मिङले समकालीन चिनियाँ साहित्यमा भ्रष्टाचारविरोधी स्वर प्रखर रूपमा आइरहेको सुनाए । भने, “मानवता, संस्कृति, समृद्धि, सूचना–प्रविधिजस्ता विषयले पनि चिनियाँ साहित्यलाई प्रभाव पारिरहेको छ ।” नेपाली साहित्यिक लेखनबारे प्राज्ञ डा. अमर गिरीले प्रकाश पारेका थिए । “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं… विस्तृत समाचार

​मदन भण्डारीको स्मृतिमा ‘शार्दूल’

काठमाडौं, १३ असार । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले जननेता मदन भण्डारीको ६५औं जन्मजयन्तीका अवसरमा ‘शार्दूल’ शीर्षक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशनमा ल्याएको छ ।  ‘वैचारिक सिर्जनाको संवाहक’का रूपमा लिइएको सो पत्रिकाका प्रमुख संरक्षकमा नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान सम्पादकमा प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बा तथा कार्यकारी सम्पादकमा डा. बिन्दु शर्मा र यशोदा अधिकारी छन् । ‘श्वेतशार्दूल’ नेकपा (एमाले)का तत्कालीन महासचिव एवं… विस्तृत समाचार

चिनियाँ लेखक टोली काठमाडौंमा

काठमाडौं, १२ असार । नेपाल प्रज्ञा प्रतिष्ठानको निम्तोमा चिनियाँ लेखकको प्रतिनिधिमण्डल पाँच दिने भ्रमणका क्रममा काठमाडौं आइपुगेको छ । चिनियाँ लेखक संघको सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक फङ स्ये मिङको नेतृत्वमा उक्त टोली नेपाल भ्रमणमा आएको हो । उनीहरूको सम्मानमा प्रतिष्ठानले शनिबार रात्रिभोजको आयोजना गरेको थियो । चिनियाँ पाहुनाको स्वागत गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘बुद्धको देशमा यहाँहरूलाई स्वागत गर्न पाउँदा हामीलाई हर्ष लागेको… विस्तृत समाचार