साहित्य

छोरोको स्कुलको पहिलो दिन

घरमा उति सारो पढ्न मन गर्दैनथ्यो । ढोकासम्म पुग्दा पढ्नुपर्छ भनेर रोएको होला भन्ने लागेको थियो  । तर, बाबा खै भनेको अन्तिम आवाजले पार्कमा रोएको झसंग सम्झें । भिडमा एक्लै हुँदा आत्तिएको सम्झें । एक प्रकारको डर उसको अनुहारमा झल्केको सम्झें । आज ऊ त्यसरी नै रोयो । त्यो सम्झेर मन भारी भयो । वास्तवमा अघिसम्म उसलाई नबुझेको रहेछु । म गलत रहेछु । –सुरेश… विस्तृत समाचार

अदालत परिसरमै लेखकको गोली हानी हत्या

अम्मान (जोर्डन), १० असोज । जोर्डनका प्रसिद्ध लेखक तथा व्यंग्य चित्रकार नेहद हेतारको एक अदालत परिसरमा गोली हानी हत्या भएको छ ।  उनलाई इस्लाम धर्मविरोधी व्यंग्यचित्र सामाजिक सञ्जालमा प्रकाशन गरेको आरोपमा अदालतमा मुद्दा थियो । उनीमाथि लागेको आरोपमाथि अदालतमा तारिख बुझ्न पुगेका बेला अज्ञात व्यक्तिले तीन गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको जोर्डनको सरकारी समाचार संस्थाले जनाएको छ । दाह्री पालेको र मुसलमानले लगाउने खैरो कपडा… विस्तृत समाचार

​भ्रष्टाचारमा मुछिए गीतकार दाहाल

काठमाडौं, ८ असोज  गीतकार योगेन्द्रमणि दाहाल अनियमिततामा मुछिएका छन् । नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा हिनामिना गरेको आरोमपा उनीमाथि छानबिन सुरु भएको छ ।  दाहाल उक्त कम्पनीमा लेखा शाखाको बरिष्ठ प्रबन्धकका रुपमा काम गरेका थिए । पदमा रहदा कम्पनीमा हिनामिना गरेर उनी कार्यालय जान छाडेका थिए । कम्पनीले उपस्थित हुन पटक पटक पत्रिकामा सूचना निकाल्दै आएको छ । तर उनी कम्पनीमा गएका छैनन् । कम्पनीले… विस्तृत समाचार

​जरा–कलामाथि कविता

काठमाडौँ,७ असोज । साहित्यकार एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठले रुखका जरा र मुढाबाट बनाएका काष्ठकला ‘दृष्टिकोण’ शीर्षक कला प्रदर्शनीमा रहेका कलामाथि कविता सिर्जना गरेका २२ कविहरुले आआफ्ना कविता वाचन गर्नुभयो ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाले आयोजना गरेको ‘जरा–कला काव्यगोष्ठी’मा कविहरुले कलालाई आधार बनाई राष्ट्रियता, देशप्रेम, महँगी, अभाव, मातृत्व–वात्सल्य, बुद्ध, बोधिसत्व, प्रकृति विनाश, गतिशीलता, मृत्यु, कुकुरप्रतिको प्रेम भाव आदि विषयका कविता पाठ गर्नुभयो ।  श्रेष्ठका… विस्तृत समाचार

बेलायतबाट ‘मायाको संसार’

काठमाडौं, ७ असोज । तीन दशकदेखि बेलायतमा बसोबास गर्दै आएका स्याङ्जा क्याक्मीका  घनबहादुर थापा मगर गीति एल्बम ‘मायाको संसार’ लिएर दर्शक÷श्रोतामाझ आएका छन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उक्त एल्बमको विमोचन गरे ।  एल्बम विमोचनपछि गायक तथा संगीतकारसमेत रहेका रसिकले विदेशमा रहेका कवि÷कलाकारले नेपाली साहित्य तथा संस्कृतिलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए । भने, ‘घनबहादुरजी त्यसैको… विस्तृत समाचार

जुहारी गीतभन्दा बढी साहित्य हो : मुकारुङ

काठमाडौं, ४ असोज । गायिका, मोडल तथा नाट्यर्मी पविता पुमा राईले दोस्रो गीति एल्बम ‘मौकैले हो कि’ बजारमा ल्याएकी छन् ।  चिन्डो म्युजिकले आयोजना गरेको कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, संगीतकार पारस मुकारुङ, गीतकार रमेश पौडेल र गायिका राईले संयुक्त रुपमा एल्बम विमोचन गरे । प्राज्ञ मुकारुङले एल्बममा रहेको पूर्वेली जुहारी गीतको चर्चा गर्दै भने, ‘जुहारी गीत संगीतभन्दा बढी साहित्य हो । गाउँमा मेला–पातमा एउटै लय… विस्तृत समाचार

भाषा विवादमा अनर्गल प्रचार : प्रज्ञा–प्रतिष्ठान

काठमाडौं, ३ असोज । नेपाल प्रज्ञा–प्रतिष्ठान (एकाडेमी)ले ‘प्राज्ञिक बहसका निष्कर्ष र प्राज्ञिक शैक्षिक संस्थाहरूको राय–सुझावका आधारमा लागू गरिएको वर्ण विन्यास’लाई आफूले पनि अँगालेको जनाएको छ । नेपाली वर्ण विन्यासका सम्बन्धमा भइरहेको विवादबारे ध्यानाकर्षण भएको जनाउँदै प्रतिष्ठान यसबारे बोलेको हो ।  “त्रिभुवन विश्वविद्यालय अनिवार्य नेपाली विषय समितिको सहमतिमा पाठ्यक्रम विकास केन्द्रबाट प्रस्तुत भएको सहमति र प्रतिष्ठानबाट दिइएको सुझावसमेतका आधारमा शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले मन्त्रीस्तरीय निर्णयअनुसार… विस्तृत समाचार

​कोसी बौलाएको बेला

Designed by Subas Sunuwar –सचित राई मध्य साउन ०६५ । आमाको स्वास्थ्य अवस्थामा सुधार आएजस्तो लागेपछि म भर्खरै मात्र घर (बाँझो–६ नागी, इलाम)बाट राजधानी फर्केको थिएँ । गल्फुटारनजिकै स्पेसल चोकमा थियो, डेरा बसाइ । म यता आइपुगेको मात्र के थिएँ उताबाट आमालाई बिरामीले झन् च्यापेको खबर आयो । बर्खा–मास छ । आमालाई उपचारका लागि कसरी झार्ने होला दमकसम्म ? चिन्ता थपियो । आमा भने अस्पताल… विस्तृत समाचार

‘मनोकांक्षा २’ ल्याउँदै मुकेश

काठमाडौं, २१ भदौ । यूकेको अक्सफोर्डमा बसोबास गर्दै आएका इलाम पशुपतिनगरका कवि तथा गीतकार मुकेश राई दोस्रो गीति एल्बम बजारमा ल्याउने तयारीमा छन् ।  ‘म खेलेको आँगनको फूल’, ‘ओइली सबै झ¥यो होला’, ‘यो मुटुमाझ तिमीलाई राखी’जस्ता गीतबाट श्रोताको माया बटुलेका गीतकार राई चाँडै ‘मनोकांक्षा २’ लिएर संगीतका पारखीमाझ आउन लागेका हुन् । तीन वर्षअघि बजारमा आएको उनको ‘मनोकांक्षा’ नामक एल्बमले निकै चर्चा पाएको थियो । … विस्तृत समाचार

पद्मश्री पुरस्कार र सम्मान घोषणा

काठमाडौं, १९ भदौ । खेललाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री पुरस्कार र पद्मश्री सम्मान घोषणा गरेको छ । पुरस्कार चीरहरण उपन्यासका लागि नीलम कार्की निहारिकालाई र सम्मान कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई अर्पण गर्ने निर्णय भएको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले विज्ञप्तिमार्फत जनाएका छन् ।   विस्तृत समाचार