साहित्य

‘युनिक’ लिएर आए सानु

काठमाडौं, २३ वैशाख । भोजपुरका सानु तिवारीले आफ्नो पहिलो गीति एल्बम ‘युनिक’ बजारमा ल्याएका छन् । राजधानीमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त एल्बमको विमोचन गरियो ।  एल्बममा ‘एक धरको सिन्दुर’, ‘जवानीमा’, ‘भोजपुर जिल्ला’, सिमसिमलगायत पाँच गीत समावेश छन् । सबै गीतमा डिजराज पौडेलको स्वर र संगीत सुन्न सकिन्छ । लामो समयदेखि गीति लेखनमा लागे पनि अन्य व्यवसायमा व्यस्त हुँदा एल्बम ल्याउन नसकेको उनले बताए… विस्तृत समाचार

काव्यमेलामा सुनिए पाँच कवि

काठमाडौं, १९ वैशाख । राजधानीको बागबजारमा सोमबार आयोजित ‘काव्यमेला’मा युवा पुस्ताका पाँच कविले पाँच÷पाँच कविता सुनाए । उर्वरा फाउन्डेसन नेपालसँगको सहकार्यमा अराजक अक्षर समूह र कर्मी नाट्य समूह भरतपुर चितवनले आयोजना गरेको मेलामा कविहरू सुदीप कोइराला ‘सुको साइबर’, लक्ष्मी रुम्बा, मुकुन्द खलपात्र, सुशील कुँवर र अञ्जना राई प्रस्तुत भएका हुन् । वैदेशिक रोजगारीका क्रममा कतारमा कार्यरत कुँवरले ‘आज मजदुर दिवस, हामी पनि एक मजदुर नै… विस्तृत समाचार

लोकवार्ता सम्मान समर्पण

काठमाडौं, १७ वैशाख । लोकवार्ता परिषद् नेपालले विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरेको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा परिषद्लाई योगदान पुर्याउनेहरूलाई सम्मान गरिएको हो ।  सम्मानित हुनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रज्ञा–प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक संस्थान (नाचघर), पर्यटन बोर्ड, गोल्डेनगेट कलेज, अक्सिडेन्टल पब्लिक स्कुल, उपलब्धि बचत तथा ऋण बहुद्देश्यीय सहकारी संस्था, ताप्लेजुङ सरोकार केन्द्र, द… विस्तृत समाचार

नवराजले ल्याए ‘धरा’

काठमाडौं, १७ वैशाख । सञ्चारकर्मी एवं कवि डा. नवराज लम्सालको महाकाव्य ‘धरा’ बजारमा आएको छ ।  लम्सालले १० वर्ष लगाएर लेखेको ४३८ पृष्ठको महाकाव्य कवि तुल्सी दिवस, साहित्यकार डा. गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुंगाना, डा जगमान गुरुङ, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, पत्रकार धर्मेन्द्र झालगायतले सार्वजनिक गरे । कवि दिवसले ‘धरा’मा टुक्रा–टुक्रा नभई सिंगै नेपालका बारेमा मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको बताए । उनले… विस्तृत समाचार

​कथामा समाजका विकृति

छविरमण सिलवाल । समकालीन साहित्य प्रतिष्ठान बेलायतको अध्यक्ष तथा समकालिन साहित्य डट कम डिजिटल पत्रिकाका सम्पादक कृष्ण बजगाईको कर्मभूमि बेलायत हो । धेरै समय बेल्जियममा विताएका उनी अहिले बेलायतमा बसाई सरेका छन् ।     विदेशको व्यस्त समयमा पनि उनी नेपाली साहित्यमा निकै सक्रिय  छन् । यन्त्रवत, हिउँको तन्ना र रोडम्याप लघुकथासंग्रह पछि चौथो लघुकथासंग्रह हो कवच । कवच लघुकथासंग्रह उनको चौथो संग्रह भएपनि कृतिको हिसावले… विस्तृत समाचार

​नेपाल-भारत सम्बन्धमा लुकेका कुरा

श्याम रिमाल । –भारतमा अङ्ग्रेजहरु छँदैदेखि उनीहरुले नेपालप्रति जुन दृष्टिकोण लिएका थिए, त्यसमा अहिले पनि कुनै फेरबदल आएको छैन  –नेपालमा आत्मनिर्भरता प्राप्त नगरी भारतसँगको सम्बन्ध बलियो बनाउन सकिँदैन –कुनै पनि राष्ट्र बाँच्ने भनेकै उसको अडानका कारणले हो  –भारतले केही मुठ्ठीभर मानिसहरुको रिपोर्टिङका आधारमा हाम्रो संविधानको विरोध किन गरिरहेको छ –यो ओपन सेक्रेट कुरा हो–हामी बेला बेलामा भारतीय पक्षबाट प्रयोग हुने गरेका छौँ  छिमेकीको नाताले नेपाल¬¬¬–भारत… विस्तृत समाचार

सहिद रत्नको नाममा स्थापित पुरस्कार पत्रकार राईलाई

काठमाडौं, ९ वैशाख । सहिद रत्नकुमार बान्तवाको नाममा स्थापित पुरस्कार पहिलो पटक लेखक तथा पत्रकार सचित राईलाई प्रदान गरिएको छ । ‘आँखा’ विकास पत्रिकाद्वारा स्थापित सहिद रत्न बान्तवा वाङ्मय पुरस्कार अनुसन्धानमूलक कृति ‘माङखिम’का लागि पत्रकार राईलाई प्रदान गरिएको हो । पुरस्कारको राशि नगद ५ हजार १ रुपैयाँ र ताम्रपत्र रहेको उक्त संस्थाले जनाएको छ ।  राजधानीमा शनिबार पाँचथर स्रष्टा मञ्चसँग संयुक्त रूपमा आयोजित कार्यक्रममा पत्रिकाका… विस्तृत समाचार

​तरहरामा सुनिए क्याप्टेन

सुनसरी, २८ चैत । हेभेन्लीपाथ नेपाल संयुक्त इकाई इटहरीद्वारा तराहरामा आयोजित कार्यक्रममा युवा गजलकार तथा गीतकार सुवास राई ‘क्याप्टेन’ एकल वाचन कार्यक्रममा प्रस्तुत भएका छन् । कार्यक्रममा सुवासले संस्कार, संस्कृति र देशप्रेमले ओतप्रोत भएका भावनालाई आफूले गजलमा उतारेको बताउँदै सिर्जना वाचन आरम्भ गरेका थिए । धार्नी–बिसौली जोख्ने तुलो देखिन यो सहरमा  कसैको पनि दिल ठूलो देखिन यो सहरमा । बस्नलाई महल छ, पकाउनलाई भान्सा घर… विस्तृत समाचार

​‘स्रष्टा चैत्र ३०’ सम्मान तमोट र जोशीलाई

काठमाडौँ, २८ चैत । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरणमा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान स्रष्टा श्याम तमोट र नन्दकृष्ण जोशीलाई प्रदान गर्ने भएको छ ।  लेखन र कर्मबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान गरेबापत उनीहरुलाई सम्मान दिइने भएको हो । तमोटको ‘गाउँ गाउँबाट उठ...’ बोलका गीत लोकप्रिय भने जोशीले देउडा गीतबाट जनआन्दोलनमा जनता जगएका थिए । संस्थाका अध्यक्ष… विस्तृत समाचार

​आत्मालोचना, आरोप र अभिमानको अध्याय

श्याम रिमाल । नेपाली कम्युनिस्ट आन्दोलनको एक कालखण्ड झापा आन्दोलनका सचिव, त्यसपछि बनेको नेकपा(माले) र एमाले स्थायी समितिका सदस्य, शाही शासनका शिक्षामन्त्री र नेकपा(माओवादी)का सल्लाहकार एकै व्यक्ति हुन् भन्दा राजनीतिमा चाखो राख्ने तथा लेखक र पाठकहरुलाई आश्चर्य लाग्दैन । घुम्दै फिर्दै एमालेमै पसेका उनको बाल्य जीवन र राजनीतिक जीवन अनि आफ्ना सङ्गतमा परेका राजनीतिक व्यक्तित्वहरुप्रतिको दृष्टिकोण पनि थाहा पाउन सकिन्छ–उनको ‘नलेखिएको इतिहास’बाट ।  नेपाली कम्युनिस्ट… विस्तृत समाचार