साहित्य

लन्डनमा सुनिइन् निर्मला

बेलायत (लन्डन), १३ मंसिर । गीतकार तथा कवि निर्मला परिवेश राईले बेलायतको फोक्सटनमा आयोजित एक कार्यक्रममा आफ्ना सिर्जना सुनाएकी छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वार्षिक रुपमा सञ्चालन गर्दै आएको ‘अभिव्यक्ति शंखला’को नवौं संस्करणमा निर्मला प्रस्तुत भएकी हुन् ।  प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले अध्यक्षता गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) र विशेष अतिथि सेकेन्ड गोर्खा राइफलका गोर्खा… विस्तृत समाचार

पारिजात स्मृति केन्द्रमा रायन

काठमाडौं, ११ मंसिर । पारिजात स्मृति केन्द्रको २३औं साधारणसभाले रायनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  समितिको सदस्यसचिवमा स्नेह सायमी, कोषाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र सदस्यमा सुकन्या वाइबा, डा महेश मास्के, पद्मरत्न तुलाधर, इन्दिरा दली, शार्दुल भट्टराई, मातृका पोखरेल, वदन शर्मा र लक्ष्मी माली चयन भएका छन् । साहित्यकार स्वर्गीय पारिजातले नेपाली साहित्यमा पु¥याएको योगदान र उनका विचारको सुरक्षा, विकास र प्रवद्र्धन गर्न… विस्तृत समाचार

लिखतले सुनाए दर्जन कविता

काठमाडौं, ११ मंसिर । जनसाहित्यिक मञ्च, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को ३१औं शृंखलामा कवि लिखत पाण्डेले एक दर्जन कविता वाचन गरेका छन् ।  पञ्चायती तथा बहुदलीय व्यवस्थाको अवधिदेखि करिब पचासको दशकको सेरोफेरोमा लेखिएका ‘बुद्धभूमिमा रगतको भेल बगाएर’, ‘फेवा तिम्रो सुन्दर माछापुच्छ्रेलाई’, ‘आँसुको दहमा (तिन टुक्रा)’ ‘थाहा छैन गङ्गालाल अझै’, ‘आज प्रजातन्त्र मलाई यसरी दुखि रहेछ’ र ‘सिंहदरवार’ शीर्षकका कविता सुनाए । त्यसपछि शकुन्तला त्रिपाठीले ‘देशलाई… विस्तृत समाचार

जसलाई फेसबुकले कवि बनायो

काठमाडौं, १० मंसिर । रोजगारीका लागि विदेश जानेहरूले नगद त भित्र्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरूपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक कविताको ‘रेमिट्यान्स’ लिएर स्वदेश फर्किएका छन्, बहराइनमा कार्यरत भोजपुर, छिनामखुका युवा सुन्दर गुरुङ । उनै गुरुङको पहिलो कविता–कृति ‘आफूले खोजेको स्वर्ग’ बिहीबार राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले विमोचन गरे ।  सदस्यसचिव… विस्तृत समाचार

पर्वत साहित्य सङ्गमका पाँच पुरस्कार घोषणा

फलेवास (पर्वत), ९ मंसिर । जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ ।  नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली वाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्टालाई प्रदान गर्ने गरी स्थापना गरिएका पुरस्कार यो वर्ष २०७३ का लागि धौलागिरि अञ्चलमा जन्मे–हुर्केर साहित्य तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका पाँचजना व्यक्तित्वलाई प्रदान गर्ने गरी निर्णय… विस्तृत समाचार

​सपना र जीवन ः हजुरलाई नमस्ते

ताराबहादुर कुँवर न त विनोद चौधरीजस्ता ठूला उद्योगपति हुन्, न त कर्ण शाक्यजस्ता चर्चित लेखक । तर, पनि आफ्नो जीवनमा उनले भोगेका सुख, दुःखका कथाहरुलाई समेटेर ‘हजुरलाई नमस्ते’ भन्ने पुस्तक प्रकाशित गरेका छन् । गत साता काठमाडौंमा सार्वजनिक गरिएको उक्त पुस्तकको लोकार्पण उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गराउने ठूलो धोको राखेका थिए । तर, उनको धोको अधुरै रह्यो । ओलीका स्वकीय सचिव… विस्तृत समाचार

बुङ्वाखा पुरस्कारहरू घोषणा

काठमाडौं, १ मंसिर । भाषासेवी डिक बान्तावा ३० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७३’बाट पुरस्कृत हुने भएका छन् ।  बुङ्वाखा पुरस्कार छनोट उपसमितिको बैठकले हालै भोजपुरका बान्तावालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बान्तावा भाषामा लामो समयदेखि कलम चलाउँदै आएका उनको ‘किरात राई बान्तावा शब्दकोश’, ‘बान्तावा राई व्याकरण’लगायत कृति प्रकाशित छन् । उनले बान्तावा चलचित्रहरू ‘सायाबुङ’, ‘सिम्मा’ र ‘साइमा’को लेखन तथा निर्देशन… विस्तृत समाचार

​धर्तीमा उज्यालो चहार्ने कवि इकबाल

गायत्री विष्ट  । मुठ्ठीभर माटोको चमकमा सपूतले भरिनेछन् एक दिन  तिनैका पौरखको ताराले धर्ती आकाश बन्ने छ एक दिन । यी कविताका हरफ मार्फत मानिसले नै धर्तीमा तारा उदाउने बनाउँछन् र तारा आकाशमा होइन धर्तीमा हुने छ भनेर मानवताका पक्षमा आफ्ना कविता मार्फत वकालत गर्ने कवि डा. अल्लामा मुहम्मद इकबाल हुन् । उनी आफ्ना कवितामा मानव प्रकृति र राष्ट्रियताका पक्षमा शब्दहरु कुँद्न खप्पिस छन् । उनका… विस्तृत समाचार

भारतमा शशी र बसन्त सम्मानित

काठमाडौं, २८ कात्तिक । भारतको पूर्वोत्तर राज्य असममा कवि तथा प्राज्ञ शशी लुमुम्बू र संगीतकार बसन्त मुकारुङ सम्मानित भएका छन् ।  भारतका प्रख्यात कवि, गायक तथा संगीतकार भूपेन हजारिकाको छैटौं स्मृति दिवसमा उनकै जन्मथलो डिबु्रगढमा श्रुति शिल्पी समाज, असमले आयोजना गरेको कार्यक्रममा दुवै स्रष्टालाई सम्मानित गरिएको हो । असमिया समुदायका हजारिकाको सिर्जनालाई नेपालका साथै विश्वभरका नेपाली समुदायबीच प्रवद्र्धन गर्नुका साथै नेपाल र असमबीचको साहित्यिक, सांस्कृतिक… विस्तृत समाचार

​शताब्दी पुरुषको संस्मरण ः त्यो समयको पाल्पा

कात्तिक २३, काठमाडौं । पाल्पाका शताब्दी पुरुष कविराज दशरथमान सिंहले आफ्नो ९८ औँ जन्मोत्सवको पूर्वसन्ध्यामा ‘त्यो समय त्यो परिवेश’ नामक पाल्पाको संस्मरणात्मक ऐतिहासिक पुस्तक नयाँ पुस्तालाई सुम्पनु भएको छ । १५३ पृष्ठको उक्त पुस्तकमा लेखकले आफ्नो जीवनमा देखेका, सुनेका र भोगेक घटनाहरुलाई तथ्यगत हिसाबले समेट्नु भएको छ । पाल्पाको इतिहास बुझ्न चाहनेहरुका लागि यो पुस्तक निकै उपयोगी बन्ने छ । इतिहास त धेरै लेखिएको छ… विस्तृत समाचार