समय

अनुभूतिः माइजूबिहीन मेरो मावलीघर

वितेको साता हामीले निकै सकसपूर्ण अबस्था गुजा¥यौं । माइजूको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो । अनेक प्रयासका बाबजुद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं । उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो बनाउनु भयो । मेरो ९९ बर्षको मावली हजुरबुबा सहाराबिहीन हुनुभयो । हामी भान्जाभान्जी मावलमा माइजूबिहीन भयौं । राजधानीको नख्खुस्थित मेडिसिटी अस्पतालमा मेरी… विस्तृत समाचार

भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनुभएको छ । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताउनुभएको छ । ‘भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु… विस्तृत समाचार

मदन भण्डारीः राष्ट्रिय राजनीतिको केन्द्रभागमा पुग्दा...

को–अर्डिनेशन केन्द्र (को.के.)को तेस्रो सम्मेलनको केही समयपछि अर्थात् २०३५ साल पुस ११–१४ मा त्यसले आयोजना गरेको ‘राष्ट्रिय सम्मेलन’ बाट नेकपा (एमाले) को गठन गरियो । मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । र, यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदन भण्डारीले गर्नुभएको थियो । पार्टीको संगठित शक्तिको कडा सुरक्षा प्रवन्धभित्र गरिएको त्यो कार्यक्रममा जिल्लाका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्मेलन अवधिमै हामीले… विस्तृत समाचार

यसरी म प्रधान सम्पादक भएँ

काठमाडौं र विराटनगरको पत्रपत्रिकामा लामो समयदेखि लेखहरु लेख्दै आएको थिएँ । तर, सम्पादक नै भएर काम भने गरेको थिइनँ । लेखनमा रुचि भएकाले केही न केही लेख्ने मेरो आदत थियो । त्यसैले लेखिरहन्थें । ‘दृष्टि’ साप्ताहिक त्यो बेला नेकपा एमालेको मुखपत्र थियो । त्यसका सम्पादक नारायण ढकाल हुनुहुन्थ्यो । म दृष्टिमा जाँदा उहाँ बिरामी हुनुभयो । त्यसकारण उहाँ आउन सक्नु भएन । मदन भण्डारी पार्टीको… विस्तृत समाचार

​लण्डनमा पहिलो दिन

रात छिप्पिसकेको छ । मलाई विजयको घर एजवयरमा पु¥याएर कृष्णसर वाटफोर्डतर्फ लाग्नु भयो । उहाँको भोलि काम छ । प्लेनमा खाना खाएको हुनाले भोक लागेको थिएन । घरमा पनि कोही रहेनछन्, उनीहरु सबै कसैकोमा पाहुना लाग्न गएका थिए । विजय र म मात्र थियौँ । हामी दाजुभाइको कुरा अनवरत चलि नै रहेको थियो, धेरै वर्षपछि भेट जो भएको थियो । शरीरमा थकाइ भए पनि दिमागचाहिँ… विस्तृत समाचार

​इक्यानलाई कर्पाेरेट कल्चरमा लैजानुको विकल्प छैन :शेषराज भट्टराई

काठमाडौं, ५ चैत।   शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्था नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को आगामी शनिबार निर्वाचन हुँदैछ। निर्वाचनमा बिष्णुहरी पाण्डे र सरोजकुमार बस्नेतको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ।  दुवै प्यानलका उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त छन्।    पाण्डेको प्यानलबाट महासचिवमा शेषराज भट्टराई उम्मेदवार बनेका छन्। उनी पुतलीसडकस्थित अर्बिट इन्टरनेशनलका निर्देशक हुन्।  भट्टराई आमसञ्चार र पत्रकारीतामा स्नातकोत्तर गरेका युवा व्यवसायी हुन्।  स्मार्ट इक्यान बनाउने उदेश्यका साथ आफुले महासचिवमा उम्मेदवारी दिएको… विस्तृत समाचार

के कारणले धावनमार्गमा जोतियो बंगला विमान ?

नबराज न्यौपाने काठमाडौं, ६ चैत । दुर्घटना आफैमा एउटा दुःखद् संयोग हो । अनपेक्षित धेरै कुराको संयोगबाट कुनै पनि राम्रो वा नराम्रा घटनाहरु हुने गर्दछन् । गत साताको सोमबार काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै एउटा दुःखद् संयोगका कारण बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि आएको युएस बंगला जहाज अतवरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा चार दर्जनभन्दा बढिको ज्यान गयो भने, डेढ दर्जनभन्दा बढी अस्पतालमा उपचाररत… विस्तृत समाचार

​शुभकामना महिला हिमाल पत्रकारहरुलाई

बिन्दिया प्रधान । प्रथम महिला पत्रकार सगरमाथा आरोहण– २०१८ । यो नाम लिएर अगाडि बढेका छन् केही पत्रकार नानीहरु ।  अरुले सक्छन् भने हामीले किन नसक्ने ? ‘यू क्यान नट’ लाई ‘यू क्यान’ मा बदल्न तम्सेका महिला पत्रकारहरु सो आरोहणको लागि आवश्यक रकमको जोहो गर्न हाल काठमाडांैमा प्रयास गरिरहेका छन् । बिभिन्न सञ्चार माध्ययमका पाँच जना नेपाली महिला पत्रकारहरु अर्थात् उमेरको हिसाबले फुच्ची नानीहरुको साहसलाई… विस्तृत समाचार

पहिलो चरणको निर्वाचन : ३७ मा १२ सिट जित्ने कांग्रेसको दाबी

काठमाडौं, १२ मंसिर । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले कम्तिमा १५ स्थान जित्ने हिसाब किताब निकालेको छ । वाम गठबन्धनसहित नेकपा एमालेले भने ३७ मध्ये ३० सिट जित्ने दाबी गरेको छ । नेपाली कांग्रेसका निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले ३७ वटा निर्वाचन क्षेत्रमध्ये १२ स्थानमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने बताएका छन् । खाँणका अनुसार कांग्रेसले… विस्तृत समाचार

जेएनयूमा बिताएका ६ वर्ष

दीपेश केसी । ‘आफूलाई चिन । ज्ञान, शक्ति, शान्ति र सामथ्र्य तिमीभित्रै छ,’ ६ वर्ष जेएनयू बस्दा पंक्तिकारले सुपरभाइजर प्राध्यापक रेणुका सिंहबाट पाएको टिप्स हो यो । आफूले टेक्ने धर्तीलाई चिन्न सके मात्र व्यक्तिले जीवन सार्थक बनाउन सक्छ भन्ने ज्ञानको सार लिएर आउँदो महिना फर्कनेछु । जेएनयू जीवनमा तीतामीठा क्षणहरू ताजा स्मरण रहने नै छन् । अन्तरमनमा छचल्किरहेका भावना यदाकदा पोखिएर अक्षर बनेका छन् ।… विस्तृत समाचार